'गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित’
२५ पौष २०७८
•
३ मिनेट पाठ
'गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित’
पाँचदलीय गठबन्धनका उम्मेदवारको पक्षमा मतदानका लागि अपिल गर्न आयोजित पत्रकार भेटघाटमा पाँचदलीय गठबन्धनका प्रदेशस्तरीय नेताहरु। तस्बिरः उमेश पुन/नागरिक
राष्ट्रियसभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरिएको छ। पाँच दलीय गठबन्धनले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशका उम्मेद्वारहरुको जित सुनिश्चित रहेको दाबी गरेको हो।




संसद विघटन गर्ने केपी ओलीको कदमलाई प्रतिगमन भन्दै पाँच दलीय गठबन्धन बनाएर लडेका उनीहरुले राष्ट्रिय सभा सदस्यको निर्वाचनपनि गठबन्धनबाटै लड्दैछन्। गठबन्धनमा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा रहेका छन्। गण्डकी प्रदेशमा भने स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेपनि गठबन्धनमै छन्।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा ३ सिटका लागि निर्वाचन हुँदैछ। जसमा नेकपा माओवादी केन्द्रबाट तनह्ँका सुरेश आलेमगर र गोरखाका भुवनबहादुर सुनार तथा नेपाली कांग्रेसका कमला पन्तले उम्मेद्वारी दिएका छन्।

गण्डकी प्रदेशमा कुल ५ हजार ८ सय ९२ मतभार रहेको छ। प्रदेशमा पाँच दलीय गठबन्धनमा ३ हजार २ सय ५२ मतभार रहेको छ। जुन उम्मेदवार जिताउन काफी छ। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एक प्रदेश सांसद बराबर ४८ मतभार र पालिकाको अध्यक्ष र उपाध्यक्षको मतभार १८ रहेको छ। यो हिसाबले पाँचदलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसको १५ सांसदको मतभार ७२० र ८२ जना अध्यक्ष र उपाध्यक्षको मतभार १ हजार ४ सय ७६ गरेर कुल २ हजार १ सय ९६ मत रहेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रको १२ सांसदको ५७६ र १२ अध्यक्ष र उपाध्यक्षको मतभार २१६ गरी कुल ७ सय ९२ मतभार रहेको छ।

यसैगरी, राष्ट्रिय जनमोर्चाको २ सांसदको मतभार ९६ र ३ अध्यक्ष र उपाध्यक्षको मतभार ५४ गरी कुल १५०, जनता समाजवादी पार्टी (जसपा)को २ सांसदको मतभार ९६ र एकीकृत समाजवादीको एक उपाध्यक्षको १८ मतभार रहेको छ। त्यसबाहेक स्वतन्त्र सांसदको ४८ मतभार रहेको छ भने विपक्षी नेकपा एमालेको २७ सांसदको १ हथजार २ सय ९६ र ७० अध्यक्ष, उपाध्यक्षको १ हजार २ सय ६० गरी कुल २ हजार ५ सय ५६ र राप्रपाको २ अध्यक्ष उपाध्यक्षको ३६ मतभार रहेको छ।

पाँच दलीय गठबन्धनले कम्तिमा ६ सय ९६ मतभारको अन्तरले विपक्षी एमाले उम्मेदवारलाई हराउने दाबी गरेको छ। पाँच दलीय गठबन्धनको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट तीनै जनाको जित सुनिश्चित भएको दाबी गरे। उनले आफूहरुको नीति सकभर अर्काको मत चोर्ने तर आफ्नो मत भने कुनैपनि हालतमा संरक्षण गर्ने भएको बताए।

'हामी गठबन्धनलाई जिताउन एकताबद्ध छौं,' उनले भने, 'अहिले गठबन्धनको विकल्प छैन, त्यसैले एकमतका साथ हामी हाम्रा गठबन्धनलाई जिताउँछौं।’ संविधानमाथि परेको संकट टार्नका लागि बनेको गठबन्धनको आवश्यक्ता अझै रहेको उनले बताए। 'गठबन्धन नगरे फेरीपनि प्रतिगमन दोहोरिन्छ र संकट आउँछ, एक्लाएक्लै लड्दा प्रतिगमन रोक्ने सामथ्र्य पुग्दैन, त्यसैले हामी गठबन्धनलाई निरन्तरता दिन चाहन्छौं, यसलाई टुट्न दिदैनौं’, उनले भने।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीका पाँचदलीय गठबन्धनका नेताहरुको जित सुनिश्चित भएको बताए।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका सुरेश आलेमगरले प्रतिगमनलाई परास्त गर्नका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए। 'हामीबीच वैचारिक मतभिन्नताहरु छन्, यो हिजोपनि थियो र आजपनि छ। तर अहिलेको आवश्यक्ता भनेको प्रतिगमनलाई परास्त गर्नु हो। प्रतिगमनको खतरा नटरिसकेकाले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनै पर्छ’, उनले भने।

अर्का उम्मेदवार भुवनबहादुर सुनारले प्रतिगमनलाई घुँडा टेकाउँदै उत्पीडित जनताको आवाज बुलन्द गर्न आफ्नो उम्मेदवारी भएको बताए।

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य तथा प्रदेश उपसचिव श्रीनाथ बरालले प्रतिगमनकारीले फेरी टाउको उठाउन नसक्ने स्थिति सिर्जना गर्नका लागि पाँचदलीय गठबन्धनलाई जिताउन पार्टी प्रतिबद्ध रहेको बताए।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पाँचदलीय गठबन्धनलाई जिताउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।
अर्को समाचार
शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत
०६ वैशाख २०८१
•
१ मिनेट पाठ
शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्। 




राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा.शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख) मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ।  उनी सत्तारूढ दल नेकपा एमाले विदेश विभाग सचिव हुन्।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस