काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका सुझाव समेटेर प्रतिवेदन तयार पारिएको छ। नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिअन्तर्गत रहेको प्रतिवेदन तयार उपसमितिले तयार पारेको प्रतिवेदन सोमबार समितिको पूर्ण बैठकमा पेस गर्नेछ। समितिले त्यसलाई पारित गरेर सोमबार नै संविधानसभा अध्यक्षलाई बुझाउने तयारी गरेको छ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिनरात खटेर छिटो प्रतिवेदन तयार पार्न समितिलाई ताकेता गरिरहेका छन्। उनले आइतबार पनि समितिलाई छिटो प्रतिवेदन तयार पार्न भनेका थिए।
समितिले सोमबार राति अबेरसम्म भए पनि प्रतिवेदन बुझाउने तयारी गरेको सचिवालय स्रोतले जनाएको छ। सभाध्यक्ष नेम्वाङले पनि आफूले ताकेता गरेको जानकारी दिए। 'मैले ताकेता गरेको छु,' नेम्वाङले नागरिकसँग भने, 'उनीहरुको काम गराईअनुसार भोलि (सोमबार) बेलुकासम्म मेरो हातमा पर्छ।'
नेम्वाङले प्रतिवेदन बुझेपछि संविधानसभाको बैठक बोलाइनेछ। संविधानसभा बैठकमा सुझावसहितको प्रतिवेदन तयार भएपछि सामान्य छलफल गर्दै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पठाइनेछ। संवाद समितिले संविधानमा समावेश गर्ने मुख्य विषय समेटेर तयार पारेको प्रतिवेदन फेरि सभामा पेस गर्नेछ। सभाले संविधानको अन्तिम मस्यौदा तयार पार्न संविधान मस्यौदा समितिलाई दिनेछ। मस्यौदा समितिले तयार पारेको अन्तिम मस्यौदा संविधानसभामा पेस भएपछि संविधान पारितको प्रक्रियामा प्रवेश गर्नेछ।
स्रोतका अनुसार नागरिक सम्बन्ध समितिले जनताले दिएका मुख्य सुझावलाई बुँदागत रूपमा तयार पारेको छ। तर, कुन–कुन बुँदामा कतिजनाले सुझाव दिए भन्ने उल्लेख गरिएको छैन।
धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता, हिन्दुधर्म, प्रत्यक्ष निर्वाचित कार्यकारी, संसदीय व्यवस्थामा जनताले दिएका सुझाव समावेश गरिएको भए पनि कुन विषयमा कतिजनाले सुझाव दिए भन्ने उल्लेख नगरिएको स्रोतले जनायो।
७५ वटै जिल्लाका प्रतिवेदन शनिबार राति प्राप्त भएपछि उपसमितिले आइतबार रातिसम्म एकीकृत प्रतिवेदन तयार गर्ने काम जारी राखेको थियो।
'समितिमा प्राप्त सबै विषय हामीले उपसमितिमा दिएका छौं,' समितिका सचिव एवं संविधानसभा सचिवालयका प्रवक्ता भरत गौतमले भने, 'जिल्लाबाट प्राप्त सुझाव अपडेट गर्ने काम राति अबेरसम्म जारी छ, सोमबार ११ बजे समितिको पूर्ण बैठक बोलाइएको छ।'
समितिले पारित गरेको प्रतिवेदन राति अबेरसम्म भए पनि सोमबारै सभाध्यक्ष नेम्वाङलाई बुझाउने तयारी गरिएको गौतमले जानकारी दिए। 'हामीलाई प्राप्त सबै विवरण समावेश गरिएको छ,' उनले भने, 'जिल्लाबाट प्राप्त सुझावसमेत जोड्दा एकलाख बढीले सुझाव दिएका छन्। सबै सुझाव अभिलेखालयमा राखेर मुख्य–मुख्य विषय समावेश गरी प्रतिवेदन तयार पारेका छौं।'
वेबसाइट, इमेल, टोल फ्री सबैबाट गरी ३३ हजार ७ सय ५३ सुझाव प्राप्त भएको थियो भने बाँकी सुझाव जिल्ला पुगेर संकलन गरिएको थियो।
५८ मुलुकबाट सुझाव आए
विश्वका ५८ मुलुकमा रहेका नेपालीले वेबसाइटमार्फत सुझाव दिएका छन्। कम्प्युटर अधिकृत प्रदीप नेपालका अनुसार ५८ देशबाट वेबसाइटमार्फत सुझाव प्राप्त भएको छ।
वेबसाइटमा प्राप्त २० हजार ७ सय २२ सुझावमध्ये ७५ प्रतिशत नेपालभित्रैबाट प्राप्त भएका थिए। विदेशबाट आएका सुझावमध्ये सबैभन्दा धेरै अमेरिका, त्यसपछि खाडी मुलुकका छन्। सबैभन्दा थोरै अफ्रिकी मुलुक सुडानबाट एउटा सुझाव प्राप्त भएको थियो।