संघीय नेपाल ६ प्रदेशको
२० साउन २०७२
•
१० मिनेट पाठ
संघीय नेपाल ६ प्रदेशको
काठमाडौं- नयाँ संविधानमा सहमति जुटाउने 'अन्तिम चरण' को कसरतमा रहेका संविधानसभाका प्रमुख राजनीतिक दलबीच बुधबार ६ प्रदेशको संघीय संरचनामा राज्यको पुनर्संरचना गर्ने सहमति जुटेको छ।

दलहरुबीच प्रदेशका सीमा (सीमांकन) मा समेत 'मोटामोटी' सहमति जुटेको नेताहरुले बैठकपछि बताएका छन्।

'सीमांकनसहितको संविधान जारी हुन्छ,' बैठकमा सहभागी प्रधानमन्त्री सुशील कोइरालाले साँझ संवाददातासँग भने, 'केही विषयमा अन्तिम छलफलमा छौं।'

यसअघि, संविधानको प्रारम्भिक मस्यौदामा ८ प्रदेश उल्लेख गरेर जनताको राय–सुझाव लिइएको थियो। सर्वोच्च अदालतको फैसला एवं ७५ वटै जिल्लाबाट जनताले प्रदेश संख्या घटाउन सुझाव दिएपछि प्रमुख दल त्यहीअनुसार ६ प्रदेशमा सहमत भएका हुन्।

प्रदेशका नाम भने प्रदेशसभाले टुंग्याउने गरी यसअघि मस्यौदामा रहेकै विषय राखिने सहमति छ।

सीमाका सम्बन्धमा केही विवाद देखिए प्राविधिकसहितको आयोग बनाएर हेरफेर गर्न सकिने विकल्प पनि राखिएको स्रोतले जानकारी दियो।

बुधबार राति सकिएको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको विशेष समिति बैठकले ६ प्रदेशमा जाने सहमति कायम गरेको हो। तर सीमांकनमा केही जिल्लामा विवाद भएपछि अन्तिम निर्णय गर्न बिहीबार बिहान ९ बजे फेरि विशेष समिति बैठक बोलाइएको छ।

प्रदेश संख्या र सिमानासहित विशेष समितिले लगभग सबै विषय टुंग्याए पनि नवलपरासी, सप्तरी र कैलालीका सम्बन्धमा केही विवाद कायमै रहेको स्रोतले जानकारी दियो।

संवाद समिति बैठकमा सहमतिका विषय पेस गर्नुअघि विशेष समितिको निर्णय सार्वजनिक नगर्ने सहमति भएको पनि नेताहरुले प्रतिक्रिया दिए।

संवाद समितिको बैठक बिहीबार बेलुका ५ बजे बोलाउने तयारी छ।

दलहरुले तयार पारेको मोटामोटी सीमांकनमा कुनै पनि जिल्ला नटुक्र्याई राख्ने तयारी गरिएपछि कैलाली र नवलपरासी टुक्र्याउनुपर्ने प्रस्तावमा पनि छलफल भएको स्रोतले जानकारी दियो।

त्यसैगरी, सप्तरीलाई पनि पूर्वको प्रदेशमा समावेश गर्नुपर्ने अडान फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले लिइरहेका छन्।

विवादित जिल्लाबारे बिहान सहमति गरेर बिहीबार बेलुकै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक बोलाउने तयारी विशेष समितिको छ।

अहिलेसम्म झापा, मोरङ, सुनसरीसहित पूर्वका पहाडी जिल्ला समावेश गरेर एउटा प्रदेश बनाउने, सप्तरीदेखि पर्सासम्म अर्को प्रदेश बनाउने सहमति छ। त्यसैगरी, रामेछाप, दोलखा, नुवाकोट, रसुवासहित काठमाडौं, धादिङदेखि चितवनसम्म अर्को प्रदेश बनाउने, नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश र गोरखादेखि प्युठानसम्म अर्को प्रदेश बनाउने लगभग सहमति जुटेको स्रोतले जनाएको छ।

त्यसमा गोरखादेखि प्युठानसम्मको प्रदेशको भारतसँग पहँुच नहुने देखिएकाले नवलपरासीको गैडाकोट–दाउन्नेसम्मको भाग यही प्रदेशमा समेटिनुपर्ने प्रस्ताव गरिएको पनि स्रोतले जानकारी दियो।

एमाओवादी र मधेसवादी दलका नेताले कैलालीको थारू समुदाय रहेको भूभाग मधेस प्रदेशमा समावेश गर्न गरेको प्रस्तावलाई कांग्रेस र एमालेले ठाडै अस्वीकार गरेका थिए।

त्यसैगरी, गच्छदारले सप्तरीलाई पूर्वको प्रदेशमा समावेश गर्नुपर्ने प्रस्ताव गरेका थिए भने कांग्रेसले माथिल्लो प्रदेशमा नवलपरासीका केही भूभाग समेटिनुपर्ने अडान कायमै राखेको स्रोतले बतायो।

'प्रदेश मिलाउँदा केही जिल्ला टुक्र्याउनुपर्ने देखिएको छ,' कांग्रेस उपसभाति रामचन्द्र पौडेलले भने, 'सबै विकल्पमा छलफल भएको छ। टुक्र्याउँदै नटुक्र्याउने भन्ने सहमति भएको होइन। बाँकी रहेका विषयमा भोलि (बिहीबार) बिहान छलफल गरेर टुंग्याउँछौं।'

सप्तरीलाई कोसीपूर्वको प्रदेशमा समावेश गर्ने विषयमा कुराकानी भए पनि टुंगो नलागेको बैठकस्रोतले जानकारी दियो।

'सप्तरी कोसीपूर्वको प्रदेशमा राख्नुपर्छ भन्ने पनि प्रस्ताव आएको छ र सप्तरी–पर्साको अर्को प्रदेश बनाउनुपर्छ भन्ने दोस्रो विकल्प पनि आएको छ,' स्रोतले भन्यो, 'यसमा पनि अब त्यति ठूलो विवाद हुँदैन।'

कैलाली टुक्र्याउने भन्ने प्रस्तावमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रमुख नेता एकठाउँमा उभिएर विरोध गरेका थिए।

कांग्रेसका शेरबहादुर देउवा, रमेश लेखक, पूर्णबहादुर खड्का, एमालेका भीम रावल अखण्ड सुदूरपश्चिमको पक्षमा उभिएपछि कैलाली पनि सबै माथिल्लो प्रदेशमा समावेश गर्ने सहमति जुटेको स्रोतले जानकारी दियो।

त्यसअघि, बुधबारै सुदूरपश्चिमका ३५ सभासदले अखण्ड सुदूरपश्चिम हुनुपर्ने भन्दै प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाएका थिए।

कैलालीका केही गाविस मधेस प्रदेशमा समावेश गर्नुपर्ने अडान एमाओवादी र फोरम लोकतान्त्रिकले अन्तिमसम्म पनि राखेको थियो।

समितिका सभापति बाबुराम भट्टराईले राति अबेरसम्मको छलफलमा करिब–करिब सबै विषय टुंगो लागेको बताए।

'अत्यन्त गम्भीरतापूर्वक प्रयत्न गर्यौंर,' भट्टराईले भने, 'करिब–करिब सबै विषयबस्तु टुंगो लगाएका छौं। प्रस्तावनादेखि नामसम्म अद्योपान्त छलफल गरेर टुंगो लगाएका छौं। केही बाँकी सानातिना विषयमा अझै १/२ घन्टा समय लाग्ने भएकाले भोलि (बिहीबार) बिहान ९ बजेदेखि बसेर टुंगो लगाउँछौं। सम्भव भएसम्म बेलुका नभए पर्सि (शुक्रबार) बिहानसम्म संविधानसभामा पेस गर्छौं।'

उनका अनुसार अझै केही विषयमा सानातिना विवाद देखिएका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिको निकै नजिक रहेको उल्लेख गर्दै बाँकी विषय बिहानको बैठकले टुंगो लगाउने बताए।

'बिहान ९ बजेको बैठकबाट हामी टुंग्याउँछौं,' ओलीले भने, 'हामी सहमतिको नजिक छौं। केही विषय बाँकी छन्।'

ओलीले प्रदेशको संख्या ६ भन्दा माथि नहुने बताए। '६ प्रदेशभन्दा माथि जाँदैनौं,' ओलीले भने,'अहिले जिल्ला टुक्र्याउने कुरा पनि नगरौं।'

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि छलफल गम्भीर रुपमा भएको उल्लेख गर्दै सहमतिको नजिक रहेको बताए।

'आज कुरा गर्दागर्दै केही विषय बाँकी रहे,' दाहालले भने, 'सहमतिको निकै नजिक छौं, बिहान सबै कुरा टुंग्याउँछौं।'

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सबै विषयमा सकारात्मक छलफल भए पनि टुंगिन बाँकी रहेको जानकारी दिए। उनले बिहान बस्ने बैठकले सबै विषय एकमुष्ठ टुंग्याउने बताए।

त्यसैगरी बैठकमा नागरिकता, धर्म, प्रस्तावनालगायत विषयमा देखिएका विवाद पनि टुंगो लागेको छ।

धर्मनिरपेक्ष नराखी स्वतन्त्रताको अर्थ लाग्ने गरी स्पष्ट परिभाषित गर्न सबै दल तयार भएका छन्।

कांग्रेस, एमाले र फोरम लोकतान्त्रिकका नेताहरुले धार्मिक स्वतन्त्रता नै उल्लेख गर्नुपर्ने अडान राखेको स्रोतले जानकारी दियो।
अर्को समाचार
‘प्रदेशको विकासका लागि ऋण ल्याउँछौं’
१९ जेष्ठ २०७५
•
३ मिनेट पाठ
‘प्रदेशको विकासका लागि ऋण ल्याउँछौं’
सुर्खेत– नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले कर्णाली प्रदेशको समृद्धि र विकासका लागि संघीय सरकार र अन्तर्राष्ट्रिय निकायबाट ऋण ल्याउने तयारी भइरहेको बताएका छन्। उनले कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेट्ने ठूला आयोजना निर्माणका लागि संघीय सरकारले उपलब्ध गराएको बजेट अपर्याप्त भएकाले ऋण ल्याउने गरेर छलफल चलिरहेको बताए।

‘कर्णालीको आर्थिक समृद्धिका लागि द्रुतमार्ग, सुरुङमार्गलगायतका ठूला आयोजना निर्माण गर्नु आवश्यक छ’ शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसका लागि संघीय सरकारको बजेटले नपुग्ने भएकाले ऋण ल्याउने तयारीमा हामी छौं।’

पूर्व गृहमन्त्रीसमेत रहेका नेता शर्माले १० वर्षभित्र देशकै धनी प्रदेश बनाउने उद्देश्य अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउँदै सबैलाई साथ दिन आग्रह गरे। कर्णालीको समृद्धि र विकासका लागि यहाँको प्राकृतिक स्रोतको उचित उपयोग गर्नुपर्ने आवश्यकता उनले औल्याए। ‘हामीसँग पर्याप्त प्राकृतिक स्रोत छ, परिश्रमी जनता छन्’ उनले भने, ‘भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम ग¥यौं भने १० वर्षभित्र देशकै धनी प्रदेश बनाउन सक्छौं।’

उनले प्रदेश सरकारले आउने आर्थिक वर्षको बजेटमा कर्णालीको समृद्धिका आधारका रुपमा रहेका ठूला आयोजनाको विस्तृत संभाव्यता अध्ययन गर्न आग्रह गरे। संघीय सरकारले सार्वजनिक गरेको बजेटमा उत्तरी छिमेकी चीनसँग जोड्ने कर्णाली र भेरी करिडोर सडक समेटिएको भन्दै त्यस्तै प्रकारका ठूला आयोजना निर्माणका लागि प्रदेश सरकारले पहिले डिपिआर तयार गर्नुपर्ने बताए।

एक प्रश्नको जवाफमा नेता शर्माले प्रदेशका अहिलेका मुख्यमन्त्री नै नयाँ पार्टीको संसदीय दलको नेता चुनिने संकेत गरे। ‘केन्द्रमा पनि प्रधानमन्त्री नै संसदीय दलको नेता चयन हुनु भएको छ’ उनले भने, ‘प्रदेशको हकमा पनि केन्द्रले चाँडै निर्णय गरेर पठाउँदैछ, यहाँ नेता छान्ने काम हुँदैन्।’

उनले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एक भएर नयाँ पार्टी बनिसकेकाले भागबण्डाका आधारमा भन्दा पनि पार्टीको आवश्यकता र औचित्यताका आधारमा प्रदेश, जिल्ला र मातहतका कमिटीहरु गठन हुने बताए। ‘अब भागबण्डाका आधारमा कमिटीहरु गठन हुँदैनन्, आवश्यकता र औचित्यताका आधारमा हुन्छ’ उनले भने, ‘यो नै अहिलेको आवश्यकता हो।’ शर्माले सचिवालयको संख्या पनि नबढ्ने बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस