काठमाडौं–संविधानसभाले बढीमा पाँच दिनभित्र परिमार्जित मस्यौदा तयार पार्न निर्देशन दिँदै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाएको छ । संवाद समितिले संविधानसभामा पेश गरेको प्रतिवेदनमाथिको छलफल बुधबार सकिएपछि अन्तिम मस्यौदा तयार पार्न मस्यौदा समितिलाई बढीमा पाँच दिनको समय दिएको हो ।संवाद समितिले पेश गरेको प्रतिवेदनमाथिको दफावार छलफलमा १ सय ८१ सभासदले भाग दिएका थिए । सभासदले छलफलमा भाग लिनेक्रम सकिएपछि संविधानसभाले अन्तिम मस्यौदा तयार पार्न मस्यौदा समितिलाई निर्देशन दिएको हो ।
मस्यौदा समितिलाई संवाद समितिको प्रतिवेदनलाई आधार मानेर मस्यौदामा एकरुपता ल्याउन र केही शब्द थपघट गर्न सक्ने अधिकार पनि दिइएको छ । संवाद समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउने निर्णयको नेपकिपाले भने विरोध गरेको थियो । यसअघि संविधानसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलले बैठक बहिष्कार गरेका थिए। चार मधेस केन्द्रित र राप्रपा नेपालले संविधानसभा बैठक बहिष्कार गरेका थिए ।
संवाद समितिको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै संवाद समितिका सभापति बाबुराम भट्टराईले सम्झौताबाट संविधान जारी गर्नुपरेका कारण कतिपय कमिकमजोरी भएको भन्दै त्यसलाई अझै पनि मिलाउन सकिने बताए । 'अहिले सबैको सहमति र सम्झौताबाट संविधान जारी गर्नुपर्ने अवस्थाका कारण केही कमिकमजोरी भएका छन,' प्रश्नको जवाफ दिँदै भट्टराईले भने,'तर अझै पनि शीर्ष नेता सम्मिलित विशेष समिति कायमै छ । यसले धेरै कुरा मिलाउन सक्छ ।'