फेरि सात प्रदेशमा समझदारी
०४ भदौ २०७२
•
१८ मिनेट पाठ
फेरि सात प्रदेशमा समझदारी
काठमाडौं- भारतसँग जोडिने गरी ६ प्रदेशमा जाने सहमति गरेको १५ दिन बित्न नपाउँदै प्रमुख राजनीतिक दलले प्रदेश संख्या र सीमा हेरफेर गर्दै सात प्रदेशको साँधसीमा तय गरेका छन्।सात प्रदेशको सीमांकन समावेश गरी तयार पारिएको संविधानको विधेयक शुक्रबार बेलुका संविधानसभा पुगेको छ। मस्यौदा समितिले तयार पारेको विधेयक सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन्।




संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिले शुक्रबार सात प्रदेशमा जाने गरी सीमांकनमा सहमति जुटाएको थियो। त्यसलगत्तै मस्यौदा समितिको आकस्मिक बैठकले विशेष समितिले गरेको निर्णयका आधारमा परिमार्जित प्रतिवेदन तयार पारेको हो।

साउन २३ गते कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताले ६ प्रदेशमा जाने गरी सीमांकन गरेका थिए। तर, सप्तरी, सुर्खेत, कर्णाली, थरुहटलगायत क्षेत्रमा लगातार विरोध प्रदर्शन भएपछि हेरफेर गरिएको हो।

शुक्रबार दिउँसो भएको सहमतिमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले भने सहमति जनाएका छैनन्। उनले सात प्रदेशको सदन र सडकबाटै भन्डाफोर गर्ने चेतावनी दिएका छन्।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि यसमा केही फरक मत राखेका थिए। दलहरुले तयार पारेको सात प्रदेशको साँधसीमामा यसअघि तयार पारिएको १, २, ३, ४ र ५ नम्बरका प्रदेशमा सामान्य हेरफेर गरिएको छ भने ६ नम्बर प्रदेशलाई टुक््रयाएर सातौं प्रदेश बनाइएको छ। २ नम्बर प्रदेशमा रहेको पर्साको ठोरी गाविसलाई ३ नम्बर प्रदेशमा राखिएको छ।

यसरी प्रदेश साँधसीमा तय गर्दा छैटौं नम्बरको प्रदेशले भने भारत छुँदैन, अन्य सबै प्रदेश भारतसँग जोडिएका छन्। दुईवटा प्रदेशको साँध चीनसँग जोडिएको छैन। २ नम्बर र ५ नम्बर प्रदेशबाहेक बाँकी सबैको सीमा चीनसँग जोडिएको छ।

'जनताको सुझाव र प्रतिक्रियापछि प्रदेशको संख्या र सीमामा हेरफेर गरिएको छ,' संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले पत्रकारसँग भने, 'पहिले तय भएका ६ प्रदेशको सट्टा ७ प्रदेश बनाउने निर्णय भएको छ।'

भट्टराईले यसअघि तय गरिएका ६ प्रदेशमध्ये छैटौं प्रदेशलाई मात्रै छुट्ट्याएर सातौं प्रदेश बनाइएको जानकारी दिए।

'१, २, ३, ४ र ५ नम्बर प्रदेश यथावत नै छन्,' भट्टराईले भने, '३ नम्बर प्रदेशमा २ नम्बरमा रहेको पर्साको ठोरी गाविस मात्रै समावेश गरिएको छ। छैटौं प्रदेशलाई कर्णालीपूर्व र पश्चिमको भू–भाग छुट्ट्याएर छुट्टै प्रदेश बनाइएको छ।'

संविधान बेलैमा जारी गर्न सबै दल सन्तुष्ट नरहे पनि सहमतिमा पुगेको उनले जानकारी दिए। 'यसमा सबै दलको पूर्ण सहमति छैन,' भट्टराईले जानकारी दिँदै भने, 'चार दलमा रहेका विजय गच्छदारले यसमा सहमति जनाउनुभएको छैन तर सहमतिको बाधक बन्दिनँ भन्नुभएको छ। प्रचण्डले पनि यसमा पूर्ण सहमति जनाउनुभएको छैन।'

गच्छदारले नवलपरासीदेखि कैलालीसम्मको प्रदेश एउटै हुनुपर्ने अडान राखेका थिए। एमाओवादी अध्यक्ष दाहालले पनि मगरात क्षेत्रका जिल्ला एकै ठाउँमा हुनुपर्ने धारणा राखेका थिए।

'मगर बहुल जिल्ला र थारु बहुल जिल्लाको साँधसीमा नमिलेपछि फरक मत राख्ने निर्णय भएको हो,' भट्टराईले भने, 'एमाओवादीले यसअघि कांग्रेस र एमालेले ल्याएको सात प्रदेशको सीमालाई केही हेरफेर गरेर जानुपर्ने प्रस्ताव गरेको थियो, त्यो पनि हुन सकेन।'

यसरी भयो सहमति

६ प्रदेशको साँधसीमालाई लिएर ठाउँ–ठाउँमा विरोध प्रदर्शन भएपछि प्रमुख राजनीतिक दलका नेता सातादेखि लगातार छलफलमा व्यस्त थिए। उनीहरुले विभिन्न विकल्पमा छलफल जारी राखेका थिए।

बुधबार बेलुकासम्म पनि कुनै विकल्पमा सहमति नभएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव राखे, 'कुनै विकल्पमा सहमति नहुने हो भने कांग्रेस र एमालेले कात्तिकमा ल्याएको ७ प्रदेशको सीमामा केही जिल्ला हेरफेर गरेर जाऊँ।'

त्यसपछि कांग्रेस र एमालेलाई अप्ठेरो पर्योा। यसमा प्रधानमन्त्री सुशील कोइरालाले ठाडै जवाफ दिए, 'सात प्रदेशको विषय मलाई थाहा छैन, झुक्याएर सही गराइयो, यसमा सहमति हुनै सक्दैन।' पार्टीकै शीर्ष नेतासँग पनि 'तपाईंहरुले के–के मा सही गराउनुहुन्छ' भन्दै उनी बाहिरिएका थिए।

बाहिरिने क्रममा कोइरालाले भेरी, कर्णाली र महाकाली एउटै प्रदेशमा हुनुपर्ने विकल्प राखे। उनी बाहिरिएपछि राति अबेरसम्म पनि सहमति हुन सकेन। ६ प्रदेशका हस्ताक्षरकर्ता फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको पनि असन्तुष्टि कायमै थियो।

बिहीबार बिहान बसेको प्रमुख दलको बैठकमा पनि प्रधानमन्त्री कोइराला यही कुरा दोहोर्यारएर बाहिरिए। दिउँसोको बैठकमा उपस्थित नै भएनन्। राति ८ बजेसम्म पनि प्रधानमन्त्री उपस्थित नभएपछि एमाले र एमाओवादीले प्रधानमन्त्रीले सत्ता लम्ब्याउने षड्यन्त्र गरेको भन्दै कांग्रेसका शीर्ष नेताको ध्यानाकर्षण गराए। त्यसपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्कालगायत नेता राति नै बालुवाटार पुगे।

प्रधानमन्त्रीले पनि कर्णालीको माग सुन्नुपर्ने धारणा राखेपछि चार दलका नेतालाई निर्णयमा पुग्न सहज भयो। कांग्रेस नेता बालुवाटारबाट सुर्खेतको माग सम्बोधन गर्नका लागि सातौं प्रदेश आवश्यक भएको भन्दै बाहिरिएको स्रोतले जानकारी दियो।

कांग्रेसको आन्तरिक छलफलपछि शुक्रबार बिहानै विशेष समिति बैठक बोलाइयो। बैठकमा प्रधानमन्त्रीले सत्ता लम्ब्याउन नचाहेको स्पष्ट पार्दै कर्णाली र मध्यपश्चिमको माग सम्बोधन हुनेगरी चार दलले गरेको सहमति मान्य हुने बताए। उनले कुनैपनि ठाउँमा संघीयताकै विषयलाई लिएर आन्दोलन गर्नुपर्ने अवस्था आउन नहुने बताएको बैठक स्रोतले जानकारी दियो।

चार दलको बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, पूर्णबहादुर खड्कालगायत नेताले सुर्खेत र कर्णालीको माग सम्बोधन हुनैपर्ने अडान नछाडेपछि सातौं प्रदेश बनाउने सहमति भएको थियो।

कांग्रेसको अडानमा एमालेले समर्थन जनायो। त्यसबेला एमाओवादीले मगरात र थारुवानको पनि माग सम्बोधन हुनुपर्ने अडान राख्यो।

थरुहट र मधेसलाई बाइपास गरेर नजान आग्रह गर्दा पनि कांग्रेस र एमालेका नेताले नसुनेपछि गच्छदार संविधान निर्माण प्रक्रियामा व्यवधान नगर्नेगरी आफ्नो असहमति रहेको बताउँदै बाहिरिए।

'शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले मध्यपश्चिम र कर्णालीको मागलाई सम्बोधन गनर्ैैपर्ने भनेर अडान राखिरहनुभएको थियो,' बैठक स्रोतले जानकारी दियो, 'सुर्खेत आन्दोलनमा केहीको ज्यान गएकाले पनि सम्बोधन गर्नैपर्ने बाध्यता नेताहरूलाई पर्योर।'

सुर्खेतमा भएको घटनालाई चार नेताले सम्बोधन गर्ने आश्वासन दिएको हुनाले पनि बाध्यता देखिएको स्रोतको दाबी छ। 'प्रधानमन्त्रीले पनि आफ्नो क्षेत्रको माग सम्बोधन हुनुपर्ने धारणा राख्नुभयो,' स्रोतले भन्यो, 'त्यहाँको आन्दोलन सम्बोधन गर्नैपर्ने भनेर विभिन्न विकल्पमा छलफल भएका थिए। राप्ती, भेरी, कर्णाली र महाकाली मिलाउँदा धेरै ठूलो प्रदेश बन्ने भएपछि दुईवटा बनाइएको हो। यसरी जाँदा सुर्खेत र कर्णालीको पनि माग सम्बोधन हुने भयो।'

प्रधानमन्त्रीले राप्ती, भेरी र कर्णालीलाई एउटै बनाएर गरिने सहमति मान्य हुने धारणा राखेको स्रोतले जानकारी दियो। 'प्रधानमन्त्री त्यति भनेर हिँड्नुभयो,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'बाँकी विषयमा तपाइँहरुले गरेको सहमति मान्य हुन्छ। त्यसपछि गच्छदारले तराईलाई पनि कुनै न कुनै रुपमा सम्बोधन गरिनुपर्छ भन्ने कुरा राख्नुभएको हो। सकेसम्म तराई र थरुहटलाई पनि मिलाएर जाऊँ भन्ने उहाँको प्रस्तावमा कैलाली टुक््रयाउन कांग्रेस र एमालेका नेताले नै मान्नुभएन।' कांग्रेस र एमालेले नमानेपछि गच्छदार असहमति राख्दै बाहिरिएका थिए।

अब संविधानसभाबाटै टुंगो

संघीयताबाहेक विषय संविधानको अन्तिम मस्यौदा पारित गर्ने बेला संशोधनमार्फत टुंगो लगाइने भएको छ।

धर्मनिरपेक्षता राख्ने कि नराख्ने, थ्रेसोल्ड राख्ने कि नराख्ने, राख्दा कति प्रतिशत राख्ने र नागरिकताका सम्बन्धमा पनि प्रमुख राजनीतिक दलबीच सहमति कायम हुन सकेको छैन।

'धर्म, नागरिकता, थ्रेसोल्डमा अझै सहमति जुट्न सकेन,' सभापति भट्टराईले भने, 'छलफलका लागि पनि पर्याप्त समय भएन। अब संविधान निर्माण प्रक्रिया लम्ब्याउनु हुँदैन भन्ने भएपछि अन्तिम मस्यौदा संशोधनको बेला मिलाउने सहमति भएको छ।'

त्यसबेलासम्म विशेष समिति कायमै रहेकाले अनौपचारिक रूपमा छलफल गर्न सकिने उनको भनाइ थियो। कांग्रेस, एमाले र फोरम लोकतान्त्रिक धर्म निरपेक्षता हटाउनुपर्ने पक्षमा छन् भने एमाओवादी कुनै हालतमा हटाउन नहुने, बरु त्यसको स्पष्ट व्याख्या गरेर जान सकिने पक्षमा छ।

थ्रेसोल्ड कायम हुनुपर्नेमा सबै दल तयार भए पनि साना दलले निरन्तर विरोध गरेका छन्। तर, प्रमुख दलबीच पनि २ देखि ५ प्रतिशतसम्म राखिनुपर्ने विकल्प आएका छन्।

परिमार्जित विधेयक संविधानसभामा

यसैबीच संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको विधेयक (परिमार्जित प्रतिवेदन) शुक्रबार राति संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई हस्तान्तरण गरेका छन्।

उनले संविधानको विधेयकसँगै संविधान बन्ने आधार सुनिश्चित भएको बताउँदै असन्तुष्ट दललाई पनि प्रक्रियामा सहभागी हुन आग्रह गरे।

संविधानको विधेयक बुझ्दै नेम्वाङले नेपालको इतिहासमा पहिलोपटक संविधानसभाबाट धेरै जनताको भावना समेटेर संविधान बन्न लागेको बताए। 'आइतबार संविधानसभामा पेस भएपछि सभासदले अध्ययन गर्न पाउनुहुनेछ,' नेम्वाङले भने, 'आइतबार नै हामी अघिल्लो प्रक्रियामा प्रवेश गर्छौं।'

नेम्वाङले असन्तुष्ट राजनीतिक दलका माग संविधान संशोधन गरेर पनि समेट्न सकिने बताउँदै प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए।

नयाँ सीमांकन कांग्रेस–एमालेको ७ प्रदेशजस्तै

कांग्रेस, एमालेसहित सत्तारुढ दलका तर्फबाट कात्तिकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा बुझाइएको ७ प्रदेशको खाकाकै वरिपरि रहेर अहिले सहमति कायम भएको छ।

प्रदेश नम्बर १, २ र ३ सत्तारुढ दलको ९ बुँदे प्रस्तावमा उल्लेख गरिएको प्रदेशसँग ठ्याक्कै मिल्दोजुल्दो छ। कांग्रेस एमालेले ४ नम्बर प्रदेशमा हाल कायम रहेका जिल्लासहित पाल्पा, बाग्लुङको पूरै भू–भाग, गुल्मी र अर्घाखाँची समेटेका थिए तर अहिले बाग्लुङ टुक््रयाइएको छ भने पाल्पा, गुल्मी र अर्घाखाँचीलाई ५ नम्बर प्रदेशमा राखिएको छ।

कांग्रेस–एमालेले ल्याएको प्रस्तावमा रोल्पा र रुकुम अहिलेकै ६ नम्बर प्रदेशमा राखिएको थियो तर अहिले कायम सीमामा ५ नम्बर प्रदेशमा समावेश गरिएको छ। हाल कायम सातौं प्रदेश पनि कांग्रेस/एमालेले ल्याएको ९ बुँदेअनुसारकै रहेको छ।

राष्ट्रपतिको चासो

यसैबीच, राष्ट्रपति रामवरण यादवले संविधानसभासँग असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा रहेका मधेस केन्द्रित तीन दलका नेतालाई संविधानसभा नछाड्न आग्रह गरेका छन्। शुक्रबार टेलिफोन गर्दै उनले उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरलाई यस्तो आग्रह गरेका हुन्। उनले संविधानसभाबाटै विधि र प्रक्रिया अपनाएर माग पूरा गराउन आग्रह गरेका थिए।

पछिल्ला दिनमा मधेसमा भएको आन्दोलन शान्तिपूर्ण नभएको भन्दै उनले हिंसात्मक आन्दोलन नगर्न सुझाव दिएका थिए।
अर्को समाचार
संविधान निर्माणका लागि १२ बुँदे सहमति हुँदै
२५ जेष्ठ २०७२
•
१ मिनेट पाठ
संविधान निर्माणका लागि १२ बुँदे सहमति हुँदै
काठमाडौं-संविधान निर्माणमा प्रमुख दलबीच ८ प्रदेशमा सहमति भए पछि अहिले १२ बुँदे समझदारी हुँदै छ। बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा संविधान निर्माणका विषयमा १२ बुँदे समझदारीमा हस्ताक्षर हुन लागेको एक नेताले बताए।




समझदारी हुन लागेका १२ बुँदामा ८ प्रदेश निर्माण गर्ने र सीमांकनको जिम्मा संघीय आयोग र नामाकंनको जिम्मा प्रदेश सभालाई दिने भनिएको छ।

दलहरुबीच प्रत्यक्ष तर्फ १ सय ६५ निर्वाचन क्षेत्र, समानुपातिक तर्फ ११०, तल्लो सदनमा २७५ र माथिल्लो सभामा ३५ सदस्य रहने बुँदामा समेटिएको छ। यस्तै १० वर्षको लागि छुट्टै संवैधानिक अदालतको व्यवस्था गर्न दलहरु सहमत भएका छन्।

दोस्रो तहका केहि नेताहरु बालुवाटारको चौरमा देखिन्छन् भने पहिलो तहका नेताहरु बैठकमा छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस