अन्तिम मस्यौदा संविधानसभामा
०६ भदौ २०७२
•
११ मिनेट पाठ
अन्तिम मस्यौदा संविधानसभामा
काठमाडौं- नेपालको संविधानको परिमार्जित विधेयक (अन्तिम मस्यौदा) संविधानसभामा पेस भएको छ। संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले 'नेपालको संविधानको परिमार्जित विधेयक २०७२' आइतबार संविधानसभा बैठकमा पेस गरेका हुन्।विधेयकमाथि बुधबारदेखि छलफल हुने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी गराएका छन्।

विधेयकको पहिलो मस्यौदाउपर जनताको राय सुझाव संकलन सकिएपछि संविधानसभाले साउन २७ गते संविधानको परिमार्जित मस्यौदा तयार पार्न निर्देशन दिँदै बढीमा ५ दिन समय थियो। तर ५ दिनमा मस्यौदा तयार नभएपछि थप ४ दिन सयम उपलब्ध गराइएको थियो।

समितिले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समिति, विषय विज्ञ र कर्मचारीको सहयोगपछि परिमार्जित विधेयक तयार पारेको सभापति सिटौलाले जानकारी दिए।

परिमार्जित विधेयकमा प्रदेशको संख्या ७ कायम गरिएको छ। यसअघि ६ प्रदेश रहने उल्लेख गरिएको भए पनि परिमार्जित विधेयकमा विशेष समितिमा पछिल्लोपटक भएको सहमतिअनुसार ७ प्रदेशमा रहने जिल्लासमेत उल्लेख गरिएको छ। तर यसअघि दलहरूले भनेजस्तै पर्साको ठोरीलाई ३ नम्बर प्रदेशमा भने राखिएको छैन। यो विषय संविधानको परिमार्जित विधेयकमा केही उल्लेख छैन।

नागरिकतासम्बन्धी व्यवस्थामा केही परिमार्जन गरिएको छ भने धर्म र थ्रेसोल्डका बारेमा भने कुनै निर्णय गरिएको छैन। यी विषय अब संविधानसभाले नै टुंगो लगाउने भएको छ।

परिमार्जित प्रतिवेदन पेस गर्दै समिति सभापति सिटौलाले मुलुकले इतिहास रच्न लागेका बेला कोही पनि नाराबाजी र बहिष्कारमा नउत्रन आग्रह गरेका थिए। उनले संविधानसभामै रहेर छलफलमा सहभागी हुन सबैलाई आग्रह गरे। 'यहीँ बसी छलफलमा भाग लिएर आफ्नो विचार राख्नुपर्छ,' उनले भने, 'संशोधनमार्फत पनि हामीले विश्वको उत्कृष्ट संविधान बनाउन सक्छौं। तर बहिष्कार गरेर जनतामा जाँदा संविधान बनायौं भन्न मिल्दैन।'

सिटौलाले सम्भव भएसम्म सर्वसम्मत, नभए अधिकतम सहमति र त्यो पनि नभए दुई तिहाइको माध्यमबाट संविधान घोषणा गरिने बताए। 'यो नाराबाजी र बहिष्कार गर्ने समय होइन,' उनले भने, 'एकै ठाउँमा बसेर छलफल गर्ने बेला हो। हामीले यतिबेला दुनियाँलाई देखाउनुपर्छ। नेपालको अस्तित्ववादभन्दा ठूलो कुनै पनि दलको वाद होइन।'

उनले आफूहरू सबै विषयमा छलफल गर्न तयार रहे पनि राजतन्त्र पुनःस्थापना गराउने विषयमा छलफल गर्न नसकिने स्पष्ट पारे। 'सबै कुरामा छलफल गर्न तयार छौं,' सिटौलाको भनाइ थियो, 'तर राजतन्त्रका विषयमा छलफल गर्न सकिन्न। राजतन्त्रलाई जनताले फालिसकेका छन्। संविधानसभा कसैको कृपाले आएको होइन। राजतन्त्र ब्यँुताउने कुरा कसैले नगरौं।'

नाराबाजी र बहिष्कार

राप्रपा नेपालका सभासदको चर्को नाराबाजी र मधेसवादी दलका सभासदको विरोधकाबीच आइतबार परिमार्जित विधेयक संविधानसभामा पेस भएको थियो।

राप्रपा नेपालका सभासदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए। मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, तराई–मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले बहिष्कार गरेका थिए। उनीहरू आफ्नो धारणा राख्दै संविधानसभा बैठक छाडेर बाहिरिएका थिए।

यसअघि विभिन्न दलका सभासदले ७ प्रदेशको सीमांकनका बारेमा विरोध जनाएका थिए। बागलुङ, रुकुम, नवलपरासी लगायतका जिल्ला टुक््रयाएको भन्दै विरोध जनाएका थिए।

संविधान जारी गर्न तीनसाता लाग्ने

संविधानको परिमार्जित विधेयक संविधानसभामा पेस भए पनि जारी हुन भने तीन साताभन्दा बढी समय लाग्ने भएको छ।

संविधानसभाले यसअघि नियम निलम्बन गरेर फास्ट ट्र्याकबाट संविधान जारी गर्ने तयारी गरेको भए पनि संविधान जारी गर्ने ऐतिहासिक समय भएकाले केही साता बढी समय लगाएर भए पनि विधि पुर्यारएरै जारी गर्ने तयारी गरिएको छ।

आइतबार पेस भएको संविधानको परिमार्जित विधेयक सभासदलाई अध्ययनका लागि ३ दिनको समय दिइएको छ। यसअघि यो समय छोट्ट्याउने तयारी गरिएको थियो।

'नेपाली जनताका लागि यो पहिलो र अन्तिम अवसर पनि हो,' संविधानसभा सचिवालय स्रोतले भन्यो, 'त्यसैले नियम निलम्बन नगरौं भन्ने कुरा भएको छ। हामीले जति नै गरे पनि एक साताभन्दा बढी जोगाउन सक्दैनौं।'

संविधानसभा स्रोतका अनुसार अब संविधान संशोधनको समय पनि नछोट्ट्याउने तयारी गरिएको छ। 'संविधानको परिमार्जित विधेयक अध्ययनका लागि ३ दिनको समय दिइएको छ,' सभाध्यक्ष नेम्वाङले भने, 'अब यो परिवर्तन हुँदैन। संविधानजस्तो महत्वपूर्ण कुरा भएकाले अध्ययनका लागि समय दिऊँ भनेका हौं।'

अध्ययन समयमा सरकारले संसदमा पेस गरेको बजेट पारित गर्ने तयारी सचिवालयले गरेको छ। 'त्यसपछि संविधानको परिमार्जित विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुन्छ,' नेम्वाङले भने। तर उनले कति दिन छलफल हुन्छ भन्ने बारे केही बताएनन्।

स्रोतअनुसार संविधानको सैद्धान्तिक छलफलका बेला प्रत्येक सभासदलाई ५ मिनेट समय दिने तयारी सचिवालयको छ। यसरी समय दिँदा सैद्धान्तिक छलफल बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म गराउँदा पनि ५ दिन समय लाग्ने देखिएको छ।

त्यसपछि संविधान संशोधन प्रक्रिया अघि बढ्नेछ। संविधान संशोधनका लागि ७ दिन समय दिने संविधानसभा नियमावलीमा उल्लेख छ। यो समय पनि सकेसम्म नघटाउने तयारी सचिवालयको छ।

'त्यो बेला पनि जोगाउँ्क भन्ने हो भने ३ दिन मात्र जोगाउन सकिन्छ,' स्रोतले भन्यो, 'त्यो भन्दा बढी जोगाउन नसकिने भएपछि किन त्यसका लागि नियम निलम्बन गर्ने भन्ने कुरा भएको छ।'

त्यसपछि दफाबार छलफल अघि बढ्छ। दफाबार छलफल पनि ४ दिनजति हुने अनुमान गरिएको छ।

त्योसँगै संविधानका धारा पारित गर्ने प्रक्रिया अघि बढ्छ। बिहानदेखि बेलुकासम्म संशोधन प्रस्तावसहित संविधानका धारा पारित गर्न बढीमा ५ दिन लाग्ने अनुमान छ। संविधानका धारा पारित गरिसकेपछि पूर्ण संविधान पारित गरेर सभासदहरूले हस्ताक्षर गर्ने कायक्रम अघि बढाइनेछ।

संविधानसभा जारी हुने अनुमानित समय

विधेयक अध्ययन : ३ दिन

सैद्धान्तिक छलफल : ५ दिन

संशोधनको म्याद : ७ दिन

दफावार छलफल : ४ दिन

संविधानका धारा पारित : ५ दिन

विविध (सभासदको हस्ताक्षर, विधेयक प्रमाणीकरण र राष्ट्रपतिबाट जारी भएको घोषणा )

संविधानसभा भवनबाटै संविधान जारी गरिने

संविधानसभा भवनबाटै नयाँ संविधान घोषणाको तयारी गरिएको छ। सुरक्षित र टेक्नोक््रयाटका हिसाबले संविधानसभा भवन नै संविधान जारी गर्नका लागि उपयुक्त स्थान रहेको स्रोतको भनाइ छ।

संविधानसभा अध्यक्ष नेम्वाङले केही दिनअघि राष्ट्रपति डा. रामवरण यादवलाई भेट गरी संविधान जारी गर्ने विषयमा पनि सामान्य कुराकानी गरेको स्रोतले जानकारी दियो।

'संविधान जारी गर्ने दिन तय भएपछि म तपार्इंलाई जानकारी गराउन आउँछु,' सभाध्यक्ष नेम्वाङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'त्यसबेलाको भेट तपार्इंलाई निमन्त्रणा दिन पनि हुन्छ।'

संविधानको विधेयक सभाध्यक्षले प्रमाणीकरण गरेपछि विशेष समारोह आयोजना गरी राष्ट्रपतिबाट जारी गर्ने नियमावलीमा व्यवस्था गरिएको छ।
अर्को समाचार
मस्यौदा तयार पार्न मस्यौदा समितिलाई पाँच दिनको समय
२७ साउन २०७२
•
२ मिनेट पाठ
मस्यौदा तयार पार्न मस्यौदा समितिलाई पाँच दिनको समय
काठमाडौं–संविधानसभाले बढीमा पाँच दिनभित्र परिमार्जित मस्यौदा तयार पार्न निर्देशन दिँदै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाएको छ । संवाद समितिले संविधानसभामा पेश गरेको प्रतिवेदनमाथिको छलफल बुधबार सकिएपछि अन्तिम मस्यौदा तयार पार्न मस्यौदा समितिलाई बढीमा पाँच दिनको समय दिएको हो ।संवाद समितिले पेश गरेको प्रतिवेदनमाथिको दफावार छलफलमा १ सय ८१ सभासदले भाग दिएका थिए । सभासदले छलफलमा भाग लिनेक्रम सकिएपछि संविधानसभाले अन्तिम मस्यौदा तयार पार्न मस्यौदा समितिलाई निर्देशन दिएको हो ।

मस्यौदा समितिलाई संवाद समितिको प्रतिवेदनलाई आधार मानेर मस्यौदामा एकरुपता ल्याउन र केही शब्द थपघट गर्न सक्ने अधिकार पनि दिइएको छ । संवाद समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउने निर्णयको नेपकिपाले भने विरोध गरेको थियो । यसअघि संविधानसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलले बैठक बहिष्कार गरेका थिए। चार मधेस केन्द्रित र राप्रपा नेपालले संविधानसभा बैठक बहिष्कार गरेका थिए ।

संवाद समितिको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै संवाद समितिका सभापति बाबुराम भट्टराईले सम्झौताबाट संविधान जारी गर्नुपरेका कारण कतिपय कमिकमजोरी भएको भन्दै त्यसलाई अझै पनि मिलाउन सकिने बताए । 'अहिले सबैको सहमति र सम्झौताबाट संविधान जारी गर्नुपर्ने अवस्थाका कारण केही कमिकमजोरी भएका छन,' प्रश्नको जवाफ दिँदै भट्टराईले भने,'तर अझै पनि शीर्ष नेता सम्मिलित विशेष समिति कायमै छ । यसले धेरै कुरा मिलाउन सक्छ ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस