'संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत'
०३ असोज २०७२
•
१२ मिनेट पाठ
'संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत'
काठमाडौं- नेपाली नागरिकले आफ्ना प्रतिनिधिमार्फत लेखेको 'नेपालको संविधान, २०७२' आइतबार साँझबाट लागू भएको छ। राष्ट्रपति रामवरण यादवले संविधानसभा भवनमा आयोजित विशेष समारोहमा संविधानको एक प्रति जनतालाई देखाउँदै नयाँ संविधान जारी भएको घोषणा गरेका थिए।'संविधानसभामा संविधानसभाबाट पारित एवं संविधानसभाका सम्मानित अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,' राष्ट्रपति यादवले संविधानका पाँचवटा प्रतिमा हस्ताक्षर गरेर साँझ ५ः५५ बजे समारोहमा संविधान जारी भएको घोषणा गरेका थिए। सो घोषणासँगै संविधानसभा हल लामो समय तालीले गुन्जिएको थियो।




संविधान जारी भएको हेर्न पुगेका दर्शक, समर्थक, संविधानसभा परिसरमा रहेका सर्वसाधारण सबैले एकैसाथ ताली बजाएर नेपालको संविधानको स्वागत गरे।

संविधानसभा भवनमा संवैधानिक निकायका प्रमुख, पदाधिकारी, विभिन्न मुलुकका राजदूत, नेपाल सरकारका विशिष्ट तहका कर्मचारी, सुरक्षा निकायका प्रमुख, पूर्वसभासद, सर्वसाधारण उपस्थित थिए।

संविधान जारी भएको घोषणाको केही बेरपछि नै संविधानसभा भवन परिसरमा पटाका र आतिसबाजी गर्दै खुसियाली मनाइएको थियो।

संविधान जारी भएको घोषणासँगै संविधानसभा हलमा लामो समय ताली बजिरहँदा राष्ट्रपति यादवले उठेर सबैलाई नमस्कार गर्न भ्याए। शालीन ढंगले संविधानसभा प्रवेश गरेका राष्ट्रपतिले संविधानको प्रत्येक प्रतिलाई ढोग्दै हस्ताक्षर गरेका थिए।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उनलाई संविधानको प्रति थमाएका थिए भने हस्ताक्षरमा संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले सघाएका थिए।

राष्ट्रपतिले घोषणा गरेलगत्तै 'नेपालको संविधान' प्रारम्भ भएको छ भने अन्तरिम संविधान २०६३ निष्त्रि्कय भएको छ। संविधानसभाको १३५ औं बैठकलाई औपचारिक समारोहमा परिणत गर्दै संविधानसभाले तयार पारेको संविधान जारी भएको घोषणा गरिएको थियो।

संविधान जारी गरेपछि संविधानसभा विधिवत रूपमा विघटन भएको छ भने संविधानसभा परिवर्तित संसदमा परिणत भएको छ।

संविधान जारी भएको घोषणापछि राष्ट्रपति यादवले संविधानसभा र परिवर्तित सभाले देशको एकता मजबुत बनाउँदै लैजाने विश्वास व्यक्त गरे। 'यो संविधानसभा र परिवर्तित सभाले देशको एकता मजुबत गर्दै जानेछ,' राष्ट्रपति यादवले भने, 'राष्ट्रको जय होस्। सबै नेपालीको जय होस्।'

राष्ट्रपति यादवले ७ बुँदे लिखित मन्तव्य पनि संविधानसभामा राखेका थिए। 'नेपाली जनताले झन्डै सात दशकअघि प्रारम्भ गरेको अथक लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले आज मूर्त रूप लिएको छ,' यादवले लिखित मन्तव्यका क्रममा भने, 'यस अवसरमा लोकतान्त्रिक आन्दोलनका आदरणीय सहिद, सहयात्री जनता र जननायकप्रति सम्मान प्रकट गर्दछु।'

यादवले संविधानसभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक अधिकार, आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि बनाएको नेपालको संविधान जारी भएको घोषणा गर्ने ऐतिहासिक अवसरमा सम्पूर्णलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन्।

'यस संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ,' उनले भने, 'नेपाली जनतामा निहित सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यता पनि स्थापित भएको छ। संघीयता र गणतन्त्र सहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताको आधारसहित अन्य विषय संविधान कार्यान्वयनको क्रममा अझ फराकिलो र विकसित हुँदै जानेछन्। संविधानको घोषणासँगै देश दिगो शान्ति, राजनीतिक स्थायित्व र न्यायपूर्ण सामाजिक आर्थिक विकासको बाटोमा तीव्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ।'

राष्ट्रपति यादवले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहेको बताए।

'नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार, भाषा, भेषभूषा, संस्कृति र पहिचानलाई समान ढंगले संरक्षण र प्रवर्द्धन गर्नेछ,' उनले भने, 'विविधताका बीचमा एकतामा जोड दिँदै सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्ने मौका यस संविधानले प्रदान गरेको छ।'

उनले प्राप्त उपलब्धिको रक्षाका लागि आग्रहसमेत गरे। 'हिमाल–पहाड–तराई–मधेसका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई म ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता, सहकार्य र मेलमिलापका साथ यस संविधानसभाबाट प्राप्त भएका जनताका अधिकार, उपलब्धि र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आह्वान गर्छु,' यादवले संविधानसभालाई सम्बोधन गर्दै भने, 'संविधान गतिशील दस्तावेज हो। यसको सफल प्रयोग गर्दै सामाजिक न्याय, अधिकार र समृद्धि प्राप्त गर्न समेत निरन्तर क्रियाशील रहन आग्रह गर्दछु।'

उनले जनताका प्रतिनिधिद्धारा संविधानसभाबाट पारित संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको रक्षा गर्ने साझा संकल्पको दस्तावेज भएको बताए।

संविधानसभा अध्यक्ष नेम्वाङले पनि नेपालको राजनीतिक र संवैधानिक इतिहासमा नै ऐतिहासिक दिन भएको स्मरण गरे। 'नेपाली जनताको साढे ६ दशक लामो सपना आज पूरा भएको छ,' हर्षित मुद्रामा देखिएका सभाध्यक्ष नेम्वाङले भने, 'निर्वाचित प्रतिनिधि रहेको संविधानसभाबाट संविधान निर्माण गर्ने चाहना आज पूरा भएको छ।'

'२०६४ साल चैत २८ गते निर्वाचन भई सुरु भएको संविधानसभा उकालीओराली पार गर्दै २०७० साल मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनपछि आज सार्थक भएको छ,' नेम्वाङले खुसी प्रकट गर्दै भने।

उनले आफूहरू स्वतन्त्र देशका नागरिक भएको समेत स्पष्ट पारेका थिए।

'आज खुसीले ओतप्रोत भएका छौं,' नेम्वाङले भने, 'हामी स्वतन्त्र देशका स्वाधिन नागरिक हौं। हामीले बनाएको संविधान नै हाम्रो भावी मार्गचित्र हो।'

उनले नयाँ संविधानले सबैका माग र भावनालाई समेट्न सक्ने आधार तयार पारेको बताए। 'संविधान जारी हुनासाथ अर्को चुनौती सुरु भएको छ,' उनले भने, 'त्यो हो संविधानको सफल कार्यान्वयन। नयाँ संविधानको कार्यान्वयन चुनौतीपूर्ण छ। यसका केही संकेत अहिले पनि देखिएका छन्। संविधान राम्रो भएर मात्र पुग्दैन। यसको कार्यान्वयन तहमा इमानदारिता चाहिन्छ। संविधानले बुद्धि, विवेक र क्षमता भने बाँड्न सक्दैन। तसर्थ संविधान राम्रो भएर मात्र पुग्दैन।'

नेम्वाङले संविधान कार्यान्वयन गर्ने काममा जतिसुकै प्रतिकूल आइपरे पनि कडाइका साथ सामना गर्न संविधानसभा सदस्यहरूलाई आग्रह गरे।

उनले संविधान निर्माणमा देखिएको उत्साहले संविधान निर्माण प्रक्रिया रोकिने अवस्थामै नरहेको बताए। 'संविधान लेखन प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र सहभागितामूलक तरिकाले सम्पन्न भएको छ,' नेम्वाङले भने, 'संविधान निर्माणमा जनताको प्रत्यक्ष सहभागिता छ। लोकतान्त्रिक वातावरणमा जनसहभागितामा संविधान निर्माण सम्पन्न गरिएको हो। संविधान पारित गर्ने बेलासम्म पनि कतिपय दलको फरक मत रहेको थियो।'

सभाध्यक्ष नेम्वाङले दोस्रो संविधानसभाको डेढवर्षे अवधिमा भएका महत्वपूर्ण कामको विवरण सुनाएका थिए। उनका अनुसार २०७० माघ ८ गतेदेखि ६ सय ७ दिनसम्म संविधानसभा बैठक चलेको थियो। यसबीचमा १ सय ३० दिनमा १ सय ३५ पटक बैठक बसेको थियो। संविधानसभाले ३ सय २८ घन्टा ४५ मिनेट खास कार्यमा व्यतीत गरेको थियो।

यसैबीच, संविधान जारी भएको खुसियालीमा संविधानसभा भवन परिसरसहित मुलुकका विभिन्न भागमा दीपावली गरिएको छ। संविधानसभा भवनमै राति अबेरसम्म पनि आतिसबाजी गरिएको थियो।

संविधान घोषणा समारोहका लागि संविधानसभा भवन दुई दिनदेखि दुलहीझैं सिँगारिएको थियो भने दुई हजारभन्दा बढी पाहुनाका लागि खाना व्यवस्था गरिएको थियो।

संविधानसभा भवनमा पुगेका सर्वसाधारणका लागि प्रोजेक्टरबाट पनि समारोहको प्रत्यक्ष प्रसारण गरिएको थियो।
अर्को समाचार
गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन जय नेपाल फाउण्डेसनलाई देउवाको आग्रह
३० असोज २०८१
•
१ मिनेट पाठ
गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन जय नेपाल फाउण्डेसनलाई देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न जय नेपाल फाउण्डेसन जस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन्।




आफ्नै निवास वुढानिलकण्ठमा बुधबार जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले जय नेपाल फाउण्डेसनले चेतनाको वाहक वनि लोकतान्त्रिक विधि र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जन अधिकारको रक्षाका निम्ति सशक्त आवाज उठाउन उल्लेख्य भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। साथै देउवाले नेपाली कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउण्डेसनलाई आग्रह गरे।

नेपालमा मात्र होईन बिश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकतावद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन समेत स्थापना भएकोमा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए।

स्मारिका सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि,उद्धेश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराए।

सो अवसरमा जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा.डा धनेश्वर नेपाल र फाउण्डेसनका संस्थापक सदस्य सचिब एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख बिजयराज अधिकारीले स्मारिकामा समेटिएका बिषयवस्तु र बिचारहरुबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराएका थिए। 

स्मारिका सार्वजनिक कार्यक्रममा जय नेपाल फाउण्डेसनका संस्थापक सदस्यहरु योगेन्द्र राई, राम बहादुर रोकाय, प्रकाश रावल र शान्ता तामाङ लगायत सहभागिता थियो।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
अब संविधान बन्छ:कोइराला
अब संविधान बन्छ:कोइराला
नागरिक नागरिक • · ०५ मंसिर २०७० · २ मिनेट पाठ
युद्ध सरदार कि राजनेता?
गोविन्द अधिकारी गोविन्द अधिकारी • · ०४ माघ २०७१ · १४ मिनेट पाठ
नेताको दायित्व
सोभियत ढकाल सोभियत ढकाल • · ०५ फागुन २०६६ · ७ मिनेट पाठ
‘जनयुद्ध’को जनादेश र यो निराशा
‘जनयुद्ध’को जनादेश र यो निराशा
नागरिक नागरिक • · ०२ फागुन २०७५ · २० मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस