ओली प्रधानमन्त्रीका उम्मेदवार
१७ असोज २०७२
•
२ मिनेट पाठ
ओली प्रधानमन्त्रीका उम्मेदवार
काठमाडौं–नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको छ। आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले नयाँ बन्ने सहमतीय वा बहुमतीय सरकारको नेतृत्वको लागि अध्यक्ष ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव घनश्याम भुषालले जानकारी दिए।बैठकले संविधान जारी भइसकेको अवस्थामा ओली नै प्रधानमन्त्रीको एक्ला उम्मेद्वार भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको हो।




'विगतमा भएको १६ बुँदे सहमतिमा पनि संविधान जारी भएपछि एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो,' भुषालले नागरिकन्युजसँग भने,'सो सहमति अनुसार पनि अध्यक्ष ओली नै प्रधानमन्त्रीको दाबेदार भएको हुनाले प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने निर्णय भएको हो।'  राष्ट्रपति रामवरण यादवले यसअघि नै सहमतीय सरकार बनाउन आह्वान गरिसकेका छन्। तर दलका नेताहरुले सहमतीय सरकार बन्न नसक्ने बताइरहेका छन्। यसैगरी बैठकले अाेलीलाई प्रधानमन्त्री बनाउन चार सदस्यीय कार्यदलसमेत बनाएकाे छ। वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गाैतम र विद्या भन्डारी रहेकाे कार्यदल गठन गरेकाे हाे। कार्यदलले अाेलीलाइ प्रधानमन्त्री बनाउन पहल गर्ने बताइएकाे छ।
अर्को समाचार
भावी प्रधानमन्त्रीका उम्मेदवार: ओली,थापा र शाह सार्वजनिक बहसमा बस्लान्
११ माघ २०८२
•
५ मिनेट पाठ
भावी प्रधानमन्त्रीका उम्मेदवार: ओली,थापा र शाह सार्वजनिक बहसमा बस्लान्
भावी प्रधानमन्त्रीका उम्मेदवार: ओली,थापा र शाह सार्वजनिक बहसमा बस्लान्




नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएका अन्य नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहसँग सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित कार्यकर्ता भेटघाट र पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रधानमन्त्रीका आकांक्षीहरूबिच खुला बहस हुनु आवश्यक रहेको बताएका हुन् । एमालेले ओली, कांग्रेसले थापा र रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचनपछि नयाँ सरकार बन्ने छ । ओली र शाह झापा–५ तथा थापा सर्लाही–४ बाट उम्मेदवार छन् ।

सञ्चारकर्मीले कांग्रेस सभापति थापा र रास्वपा वरिष्ठ नेता शाहसँग सार्वजनिक संवादका लागि तयार हो भनी सोधेको प्रश्नमा ओलीले आफू त्यसका लागि तयार भएको जवाफ दिएका हुन् । उनले भने, ‘वास्तवमा प्रधानमन्त्रीको क्यान्डिडेट हुँ भन्नेहरूका बिचमा संवाद कार्यक्रम राख्नु, एउटा पब्लिक डिबेट, ओपन र लाइभ गर्नु आवश्यक छ । किन प्रधानमन्त्री हुनुपर्ने ? के गर्नलाई प्रधानमन्त्री हुनुपर्ने ? सार्वजनिक रुपमा छलफल हुनुप¥यो नि ।’ ‘डिबेट’का लागि तयार हो भन्ने पूरक प्रश्नमा उनले आफू तयार रहेको स्पष्ट पारे ।

सामाजिक सञ्जालमा पनि सर्वसाधारणले भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका ओली, थापा र बालेन्द्रलाई एउटै मञ्चमा राखेर प्रत्यक्ष बहस (लाइभ डिबेट) गराउनुपर्ने माग गर्दै आएका छन् । जनताले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूको दृष्टिकोण र कार्ययोजना सुन्न चाहेको प्रतिक्रिया दिइरहँदा अध्यक्ष ओलीले यसका लागि आफू तयार रहेको बताएका हुन् । यसबारेमा प्रधानमन्त्रीका अन्य उम्मेदबार थापा र शाहको प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।

ओलीले राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे । ओलीले देश जित्नुपर्छ भन्ने सोचका साथ एमाले अघि बढेको बताए । ‘शान्ति, लोकतन्त्र, सुशासन र विकासको पक्षमा उभिएको पार्टी एमाले हो’, उनले भने । नेपाल समृद्ध हुनुपर्ने र नेपाली सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको ओलीले बताए ।

ओलीले नयाँ नाममा उदाएका केही पार्टीप्रति लक्षित गर्दै तिनको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे । ‘ती दललाई आज हिँड्दै छु, कहाँ जाँदै छु थाहा छैन, भोलि कहाँ पुग्ने हो, थाहा छैन,’ उनले भने, ‘एमाले भने सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य लिएर अघि बढिरहेको पार्टी हो ।’ ओलीले राम्रो काम गर्दा विरोध र षड्यन्त्र स्वाभाविक रूपमा हुने चर्चा गर्दै धार्मिक र ऐतिहासिक सन्दर्भ पनि प्रस्तुत गरे । ‘त्रेतायुगमा भगवान् राम र द्वापरयुगमा पाण्डवहरू पनि वनवास पठाइएका थिए,’ उनले भने, ‘राम्रो काम गर्ने र असल मनसाय राख्नेहरूले दुःख भोग्नुपर्छ ।’

अर्थतन्त्रको अवस्था र सरकारप्रतिको विश्वास सेयर बजारले प्रतिविम्बित गर्ने उल्लेख गर्दै उनले पुँजी बजारलाई राष्ट्रिय अर्थतन्त्रको महŒवपूर्ण सूचकका रूपमा लिनुपर्ने धारणा राखे ।

ओलीले हरेक निर्वाचनअघि एमाले सिद्धियो भनेर विरोधीले हल्ला चलाउने गरे पनि निर्वाचनपछि एमाले नै निर्णायक शक्ति र सरकार बनाउने हैसियतमा पुगेको बताए । उनले एमालेलाई घेराबन्दी र समाप्त पार्ने प्रयास स्थापना कालदेखि हुँदै आए पनि त्यसलाई चिरेर पार्टी अघि बढेको औंल्याए । उनले भने, ‘विरोधीले सधैं एमालेलाई समाप्त पार्ने सपना देख्छन् । चुनावअघि एमाले सिद्धियो, अब छैन भन्छन् । तर जब परिणाम आउँछ, सरकार बनाउने र देश हाँक्ने ठाउँमा एमाले नै हुन्छ । चुनावअघि एमाले सिद्धिन्छ, चुनावपछि सरकार बनाउँछ ।’

झापा विद्रोहका सहिदहरू र नख्खु जेलको प्रसंग कोट्याउँदै ओलीले एमाले जस्तोसुकै कठिन परिस्थितिमा पनि नडगमगाउने पार्टी भएको दाबी गरे । ‘अरू पार्टीहरू ट्रेडमिलमा दौडिएजस्तो मात्र हुन्, जति कुदे पनि पुग्ने कतै होइन तर एमाले गन्तव्य तोकेर हिँडेको यात्री हो, त्यसैले हामी सरकारमा हुँदा वा नहुँदा सधैं देशकै पक्षमा हुन्छौं’, ओलीले भने ।

सजिलो छाडेर अप्ठेरो बाटो रोजें ः थापा

यसैबिच नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले राजनीतिमा सधैं सजिलो बाटो छोडेर अप्ठेरो बाटो रोज्ने गरेको बताएका छन् । काठमाडौंमा शनिबार सर्लाहीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा थापाले परिवर्तनका लागि आफूले जोखिमपूर्ण र कठिन बाटो रोज्ने गरेको बताएका हुन् ।

थापाले निर्वाचनमा उम्मेदवार चयन गर्दा कांग्रेसभित्र ठुलो सुधार र परिवर्तनको महसुस भएको बताए । उनले विगतका अनुभवलाई चिर्दै यस पटक सकेसम्म टिकट वितरण निष्पक्ष भएको दाबी गरे । उनले भने, ‘१६५ निर्वाचन क्षेत्रमा २४ घण्टाभित्र उम्मेदवार छान्नुपर्ने दबाब हामीलाई थियो । केही कमीकमजोरी भए होलान् तर लामो समयदेखि कांग्रेसलाई बुझेकाहरूले अनुभव गरे, यसपटक टिकट वितरणमा कहीं कतै एक सुका दामको पनि चलखेल भयो भन्ने अवस्था रहेन । यो सानो कुरा होइन, कांग्रेसभित्र सुधारको संकेत हो ।’

सडकमा युवा मात्र नभई उनीहरूका अभिभावक पनि परिवर्तनको पक्षमा उभिएको औंल्याउँदै थापाले पार्टीले यो जनभावनालाई बेवास्ता गर्न नमिल्ने बताए । ‘यत्रो कुरालाई नदेखेको जस्तो गर्न पार्टीले मिल्दैन, कम्तीमा हाम्रो पार्टीले मिल्दैन’, उनले भने ।

आफ्नो राजनीतिक संघर्षबारे थापाले भने, ‘विशेष महाधिवेशनमा साथीहरूले साथ नदिएको भए आज म पार्टीबाट निष्कासित सदस्यको रूपमा तपाईंहरूकैबिचमा उभिएको हुन्थें होला । आफ्नो लडाइँ आफैं लड्नुपर्छ र नियति आफ्नो हातमा हुन्छ भन्नेमा म विश्वास गर्छु ।’

काठमाडौं ४ बाट तीन पटक सांसद निर्वाचित भएका थापाले यस पटक सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । उनले काठमाडौं–४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झर्नु परेको बताए । ‘मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने विषयको टुंगो नलागेसम्म अन्य प्रतिस्पर्धी दलहरूले उम्मेदवार नै घोषणा गर्न सकेनन्,’ उनले भने, ‘मैले काठमाडौं–४ बाट नलड्ने निर्णय गरेपछि मात्रै नयाँ र पुराना दलबाट उम्मेदवार घोषणा भए ।’

आफू सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौंका मतदाता स्तब्ध भएको दाबी गर्दै उनले यस विषयमा उनीहरूलाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गरे । ‘मैले काठमाडौंका मतदाताको चित्त बुझाउन सकेको छैन’, उनले भने, ‘तर मैले आफैंले जानेर, बुझेर नै सर्लाही–४ रोजेको हुँ । म अघिल्लो पटक नै मधेस झर्न चाहन्थें, यस पटक आँट गरेर झरेको हुँ ।’

कांग्रेस सभापति भएपछि मधेससँग जोडिनैपर्ने आवश्यकता रहेको बताउँदै थापाले पार्टीको भविष्य मधेससँग गाँसिएको धारणा व्यक्त गरे । मधेस नझरी कांग्रेसलाई ठुलो पार्टी बनाउन नसकिने बुझाइमा आफू रहेको पनि उनले बताए । थापाको यो भनाइलाई कांग्रेसको रणनीति र मधेसकेन्द्रित राजनीति विस्तारसँग जोडेर हेरिएको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस