सहमतीय सरकारको सम्भावना कम
१७ असोज २०७२
•
७ मिनेट पाठ
सहमतीय सरकारको सम्भावना कम
काठमाडौं- राष्ट्रपतिले आह्वान गरेको समयसीमाभित्र सहमतिको सरकार बन्ने सम्भावना कम भएपछि २४ गतेभित्र बहुमतीय सरकार गठन हुने भएको छ।व्यवस्थापिका संसदको २२ गते शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री चयनका लागि बहुमतीय कार्यक्रम सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ। 'सहमतिको सरकारका लागि २१ गतेसम्मको समय छ,' सभामुख सुवास नेम्वाङले भने, '२१ गतेसम्म सहमति भए २२ गते संसदबाट सहमतिका आधारमा प्रधानमन्त्री चयन भएको घोषणा हुन्छ। नभए बहुमतीय प्रक्रिया सुरु गरेर २४ गते देशले नयाँ प्रधानमन्त्री पाउँछ।'




२१ गतेसम्म सहमति कायम नभए २२ गते १ बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री चयनको कार्यतालिका सार्वजनिक गरिने संसद सचिवालय स्रोतले जानकारी दियो। '२१ गतेसम्म सहमतिको सरकारका लागि नामावली चयन हुन नसके सोही दिन या भोलिपल्ट बिहानै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान गरेको पत्र संसदमा पठाउनुहुनेछ,' स्रोतले भन्यो, 'त्यसपछि संसदले नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम सरकार गठन प्रक्रिया अघि बढाउनेछ।'

संविधानको धारा २९८ को उपधारा (२) बमोजिम राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकार गठनका लागि एक साताको समयसीमा दिएका छन्। तर, उक्त समयमा सहमतिको सरकार गठनको सम्भावना निकै कम रहेको प्रमुख दलका नेताले बताएका छन्।

नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सात दिनभित्र सहमतिको सरकार बन्ने सम्भावना कम रहेको बताए। 'सात दिनको समयसीमाभित्र सहमतीय प्रक्रियाबाट नयाँ सरकार बन्ने सम्भावना छैन,' खनालले सञ्चारकर्मीसँग भने, 'सहमति जुटाउन पार्टीहरूबीच छलफल हुनेछ, सहमति नजुटे राष्ट्रपतिले बहुमतीय सरकारका लागि आह्वान गर्नुहुन्छ। बहुमतीय सरकार आह्वान भएको दुई दिनभित्रै नयाँ सरकार बन्छ। सबैलाई अघि बढ्ने अधिकार छ।'

व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा कुरा गर्दै उनले अबको सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए। 'प्रतिस्पर्धामा अघि बढ्न सबैले पाउँछन् तर सबैलाई छाडेर अघि जान केपी ओली मात्रै सक्नुहुन्छ,' खनालले भने।

नेकपा एमालेकै नेता माधवकुमार नेपालले कांग्रेससँग यसअघि भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे। उनले अझै पनि तीन दलबीच सहमति कायम हुनैपर्ने बताए। 'संविधान बनाउने बेलामा पनि उसको फरक–फरक धारणा आएको थियो,' नेपालले भने, 'पछि एउटै आयो, तीन दलबीचको सहमति तोड्नुहुँदैन। अरु दललाई पनि सकेसम्म समेटेर जानुपर्छ।'

कांग्रेसका नेता अर्जुननरसिंह केसीले भने नेकपा एमालेका नेताहरूसँग भएको सहमति कांग्रेसले संस्थागत रूपमा नचिन्ने स्पष्ट पारे। 'कांग्रेसले केन्द्रीय समितिबाट कुनै त्यस्तो निर्णय गरेको छैन,' उनले भने, 'कहिले कहाँ कोसँग सहमति भयो, हामीलाई थाहा छैन। संस्थागत रूपमा निर्णय भएको छैन।'

उनले अब कांग्रेसको केन्द्रीय समिति बैठक बसेर निर्णय गर्ने बताए। 'जे सहमति गर्ने हो, केन्द्रीय समितिमा बसेर छलफल गर्नुपर्छ,' उनले भने, 'केन्द्रीय समितिको निर्णय नै संस्थागत हुन्छ। फलानो प्रधानमन्त्री र फलानो राष्ट्रपति भन्ने अन्तरिक्षमा भएको सहमति केन्द्रीय समितिमा थाहा छैन। एमालेसँग भएको सहमति कांग्रेसले संस्थागत रूपमा चिन्दैन।'

एनेकपा माओवादीका नेता अग्नि सापकोटाले पनि सहमतिको सरकार बन्ने सम्भावना नभएकाले दुई ठूला दल कांग्रेस र एमालेको धारणा आएपछि आफूहरुले निर्णय गर्ने बताए। 'सहमतीय सरकारको सम्भावना म देख्दिन,' सापकोटाले भने, 'अब बहुमतीय सरकारको सम्भावना देखिन्छ। कांग्रेस र एमालेले आफ्नो पोजिसन बनाएपछि हामी तयारी गर्छौं।'

राष्ट्रपति र प्रधानमन्त्रीमा एमाओवादीले दाबी नगर्ने स्पष्ट पार्दै उनले सरकारको नेतृत्वका लागि खिचातानी सुरु भइसकेको बताए। १६ बुँदे सहमतिका बेला सुशील कोइरालाले संविधानपछि ओलीजीलाई छाड्ने बताएको उनले स्मरण गरे। 'कांग्रेस र एमालेबीच पहिले पनि सातबुँदे सहमति भएको थियो,' उनले भने, '१६ बुँदेपछि सुशीलजीले म छाड्छु, ओलीजी बन्नुहुन्छ भन्नुभएको हो।' सम्भावना नभए पनि सहमतिको सरकारका लागि अझै प्रयास गर्ने उनले बताए।

शोक प्रस्ताव पारित गर्दै सकियो संसद

व्यवस्थापिका संसदको आइतबार बोलाइएको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको थियो। गोर्खा परिषदको तर्फबाट २०१५ सालको संसदीय निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित कांग्रेस नेता नरबहादुर थापा र एनेकपा माओवादीको तर्फबाट २०६४ सालमा बर्दिया ४ बाट निर्वाचित रामचरण चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संसदको बैठक सकिएको हो। संसदको अर्को बैठक २२ गते शुक्रबार दिउँसो १ बजे बोलाइएको छ।
अर्को समाचार
राष्ट्रपतिबाट सहमतीय सरकार आह्वान हुँदैन : प्रधानमन्त्री
३१ भदौ २०६९
•
३ मिनेट पाठ
राष्ट्रपतिबाट सहमतीय सरकार आह्वान हुँदैन : प्रधानमन्त्री
कलेन्द्र सेजुवाल, सुर्खेत, भदौ ३१- प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतीय सरकारको लागि राष्ट्रपतिले आह्वान गर्ने सम्भावना नरहेको बताएका छन्। गतिरोध अन्त्यको लागि राष्ट्रपतिबाट आह्वान हुन सक्ने हल्ला आफूले पनि सुनेको बताउँदै उनले भने, 'राष्ट्रपतिसँग यस विषयमा मेरो कुरा भएको छ, बाहिर प्रचारमा आएजस्तो संभावना तत्काल छैन।'




जुम्लाको तातोपानीस्थित दलित बस्तीमा रात बिताएर फर्किएका प्रधानमन्त्री भट्टराईले वर्तमान गतिरोध अन्त्यको लागि राजनीतिक दलहरुबीच सहमतिको विकल्प नरहेको बताए। स दलबीच सबै विषयमा सहमति हुनै पर्छ भन्ने पनि नरहेको उनको भनाइ छ। ...सहमति भनेको समझदारी हो, सबै कुरामा सहमति गरेर संभव हुँदैन,' आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, 'ट्वाइलेट जाँदा पनि के गरौँ भनेर सोध्नुपर्छ भन्ने मलाई लाग्दैन।'
विपक्षी दलहरुले विरोधको नाममा विरोध गरेर सहमतिको वातावरण बिगारेको प्रधानमन्त्रीको आरोप छ। अबको सहमति प्याकेजमा हुनुपर्ने पनि उनले बताए। ...सानातिना कुरामा विवाद झिकेर समस्याको समाधान हुँदैन,' उनले भने, 'लोकतन्त्र भनेको स्वस्थ प्रतिस्पर्धा हो, सत्ता बाहिर हुँदैमा जे कुरामा पनि बिरोध गर्नु हुँदैन।'

प्रधानमन्त्री भट्टराईले गतिरोध अन्त्यको लागि संविधानसभा पुनर्स्थापना गरी नयाँ संविधान जारी गर्ने वा राष्ट्रिय सरकार बनाई नयाँ संविधानसभा निर्वाचनमा जाने विकल्प तेर्स्याए। 'यी दुईमध्ये एक विकल्प रोज्नको लागि समझदारी गर्नुपर्छ,' उनले भने, 'अन्य विषयमा पनि दलहरुबीच प्याकेजमा सहमति हुनुपर्छ।'

विमानभित्रै डिआइजीको बिन्ती
सुर्खेत विमानस्थलमा प्रधानमन्त्रीको स्वागत गर्न पुगेका जिल्ला तथा क्षेत्रका सुरक्षा-प्रमुखहरुले उनीसामु धक खोलेर बोल्न सक्ने अवस्था थिएन। विशिष्ट कक्षमा जम्मा भएका उनीहरुले प्रधानमन्त्रीको सोधपुछमा जवाफमात्र फर्काए।

प्रधानमन्त्रीको गृहजिल्ला गोरखाकी मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी पार्वती थापाले भने विमानभित्रै पुगेर व्यक्तिगत भलाकुसारी गरिन्। करिब १० मिनेटसम्म उनले आफू महिला भएकोले सहयोग गर्न विशेष आग्रह गरिन्। नितान्त व्यक्तिगत आग्रहसाथ विशिष्ट व्यक्तिको महत्वपूर्ण समय लिँदा भ्रमण टोलीका सदस्य पनि आश्चर्यमा परेका थिए। प्रधानमन्त्रीले डिआइजी थापाको एकोहोरो आग्रह र गुनासो सुनेमात्र, प्रतिक्रिया दिएनन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस