संसदमा ३८ औं प्रधानमन्त्रीका लागि चुनाव आज
२३ असोज २०७२
•
६ मिनेट पाठ
संसदमा ३८ औं प्रधानमन्त्रीका लागि चुनाव आज
काठमाडौं- व्यवस्थापिका–संसदले बहुमतीय प्रक्रियाद्वारा ३८ औं प्रधानमन्त्री आज चयन गर्दैछ। आइतबार बिहान ११ बजे डाकिएको संसद बैठकले नयाँ प्रधानमन्त्री निर्वाचन गर्नेछ।

प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। शनिबार दिउँसो व्यवस्थापिका–संसद भवन, नयाँ बानेश्वर पुगेर दुवै नेताले उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा एमालेका अध्यक्ष ओली पार्टीका सभासद, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित संसद भवन पुगेका थिए। उनका प्रस्तावक एमाओवादी अध्यक्ष दाहाल र समर्थक राप्रपा नेपालका अध्यक्ष थापा छन्।

ओलीको समर्थनमा थापासहित सिपी मैनाली, विश्वेन्द्र पासवान, शिवलाल थापा, प्रेमबहादुर सिंह, चित्रबहादुर केसी, कुमार खड्का, रामकुमार राई, हरिचरण साह, लक्ष्मण राजवंशी, यशोदाकुमारी लामा, दीपक बोहोरा, एकनाथ ढकाल, मेघराज नेपाली निषाध र जयदेव जोशीले हस्ताक्षर गरेका छन्।

संसदमा रहेका ३० राजनीतिक दल र २ स्वतन्त्र सांसदमध्ये ओलीकै पक्षमा बढी मत देखिएको छ । ओलीलाई १७ राजनीतिक दल र १ स्वतन्त्रले समर्थन जनाइसकेका छन्, नेमकिपाले पनि मतदान गर्ने आश्वासन दिएको छ।

ओलीको प्रस्तावक र समर्थक दलमा रहेका सांसदको संख्या ३ सय ३० पुगेको छ भने कांग्रेस उम्मेदवार कोइरालाको पक्षमा अन्य कुनै पनि दल खुलेर लागेका छैनन्। कांग्रेस उम्मेदवार कोइरालाको प्रस्तावक शेरबहादुर देउवा र समर्थक रामचन्द्र पौडेल छन्।

उम्मेदवारी दर्तापछि कोइरालाले जसले जिते पनि सहमतिका आधारमा अघि बढ्ने बताए । कांग्रेस र एमालेको छुट्टाछुट्टै निर्णयपछि दुवैको उम्मेदवारी परेको कोइरालाको भनाइ थियो। 'नेपाली कांग्रेसको निर्णयअनुसार मैले उम्मेदवारी दिएको हुँ,' कोइरालाले उम्मेदवारी दर्तापछि संवाददातासँग भने, 'उहाँले जित्नुभयो भने मैले कोअपरेट गर्नुपर्छ, मैले जितेँ भने पनि उहाँले सहयोग गर्नुपर्यो।'

अबको बाटो मेलमिलाप र सहकार्यकै भएको उनले दाबी गरे। 'मेलमिलापको नीति, सहमति, सहकार्य र एकता हुनैपर्छ,' उनले भने, 'उहाँहरुको पनि पार्टीले निर्णय गर्यो। हाम्रो पनि पार्टीले निर्णय गर्यो। यो प्रजातान्त्रिक मूल्य र मान्यता पनि हो। यो कुनै अनौठो कुरा भएको छैन। काम गर्नलाई कसैले रोक्दैन। एक–अर्कालाई सहयोग र सहमति गरेरै जाने हो।'

एमाले अध्यक्ष ओलीले विगतमा भएको सहमतिका आधारमा आफूले उम्मेदवारी दिएकाले कांग्रेसले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे। 'संविधानसभाको दोस्रो निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बनाऊँ भन्ने हामी नै हौं,' ओलीले भने, 'कांग्रेसले एक वर्षभित्र संविधान बनाएर एमालेलाई दिने प्रतिबद्धता जनाएको थियो। जेठ २५ गते भएको १६ बुँदे सहमतिका बेला पनि प्रमुख दलबीच भद्र सहमति भएको हो। अहिलेको आवश्यकतालाई ध्यानमा राखेर देशमा देखिएको परिस्थिति र चुनौतीलाई सामना गर्न, भूकम्पको क्षति सामना गर्ने सन्दर्भमा प्रमुख पार्टी मिलेर जानुपर्ने आवश्यकता हो। सहमति पनि भएको हो। कांग्रेसले हामीलाई वचन पनि दिएको हो।'

ओलीले कांग्रेससँगको सहमतिपछि नै पार्टी र संसदीय दलबाट निर्णय गरिएको बताए। 'पार्टी र संसदीय दलबाट निर्णय गर्यौं,' उनले भने, 'भद्र सहमतिको आधारमा अघि बढौं भनेको हो। साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएको हो। विगतको सहमति तोड्न हुन्न। देशको आवश्यकतालाई पनि बेवास्ता गर्न हुन्न, कांग्रेस पनि सहमतिमा आउँछ।'

आइतबार हुने मतदानमा संसदमा तत्काल कायम रहेको संख्याको बहुमत ल्याउनुपर्नेछ। अहिले व्यवस्थापिका संसदमा जम्मा ५ सय ९८ सांसद छन्। प्रधानमन्त्री चुनिनका लागि कम्तीमा ३ सय मत प्राप्त गर्नुपर्नेछ।

व्यवस्थापिका संसदमा हुने मतदानमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत कायम हुन नसके पुनः निर्वाचनका लागि अर्को मिति तोकिन्छ। तीनपटकसम्म पनि निर्वाचित हुन नसके पुनः प्रक्रिया सुरु गर्नुपर्ने नियमावलीमा व्यवस्था छ।
अर्को समाचार
प्रधानमन्त्री हुनुअघि कोइरालाले संसदमा के भने?
२७ माघ २०७०
•
१२ मिनेट पाठ
प्रधानमन्त्री हुनुअघि कोइरालाले संसदमा के भने?
काठमाडौं– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएपछि संसदमा १२ बुँदे प्रतिबद्धता जनाए। ६ महिनाभित्र स्थानीय निकायको चुनाव गराउने, बन्द चक्काजाम हड्तालाई निरुत्साहित गर्ने, एक वर्षभित्रै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा सहयोग पुर्‍याउने उनको प्रतिबद्धता छ।
सम्बोधनको पूर्णपाठ –

 

सम्माननीय सभामुख महोदय,

संघीय लोकतान्त्रिक  गणतन्त्रात्मक संविधान निर्माणको यस घडीमा सम्मानित सदनलाई सम्बोधन गर्न पाउँदा आफूलाई गौरवान्वित महशुस गरिरहेको छु। यस अवसरमा नेपालमा लोकतन्त्रको स्थापना, पुनःस्थापना र स्थायित्वको निम्ति प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

लोकतान्त्रिक शासन पद्धतिमार्फत नेपाल र नेपाली जनतालाई सार्वभौम ,सुखी र समृद्ध बनाउने लक्ष्य लिएर जीवनभर संघर्षरत र समर्पित नेपाली कांग्रेसका संस्थापक जननेता वी पी कोइराला, सुवर्ण समशेर, सर्वमान्य नेता गणेशमान सिंह,  सन्त नेता कृष्णप्रसाद भट्टराई, युगपुरुष गिरिजाप्रसाद कोइराला साथै लोकतान्त्रिक आन्दोलनमा  समर्पित सम्पूर्ण योद्धाहरुलाई सम्मान व्यक्त गर्न चाहन्छु। यसका साथै लोकतान्त्रिक अधिकार प्राप्तिका सन्दर्भमा बामपन्थी दलहरुले निर्वाह गरेको भूमिका र पुष्पलाल,मनमोहन अधिकारी र मदन भण्डारीजस्ता राष्ट्रिय नेताहरुले दिनु भएको योगदानको स्मरण गर्दै सम्मान गर्दछु। मुलुकलाई सशस्त्र द्धन्द्धबाट शान्तिपूर्ण अवस्थामा ल्याउन नेकपा माओवादी र अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले निर्वाह गर्नु भएको भूमिकाको म कदर गर्दछु।  

सम्माननीय सभामुख महोदय,

अहिले हामी अत्यन्त संवेदनशील र गम्भीर दायित्वका साथ यस सम्मानित सदनमा उपस्थित भएका छौ। नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रा अग्रज नेताहरुले गर्नु भएको त्याग र समर्पणको मार्गलाई अनुशरण गर्नु मैले आफ्नो कर्तव्य ठानेको छु।

यो संविधानसभाले अघिल्लो संविधानसभाबाट संविधान निर्माणका सम्बन्धमा विधिसम्मत भएका सहमतिहरुको निर्क्यौल गरी स्वामित्व लिदै एक वर्षभित्र संविधान निर्माणको काम सम्पन्न गर्नु पर्नेछ। २०७० मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लोकतान्त्रिक संविधान निर्माण गर्ने जनादेश दिएका हुन। आफ्नो सहभागितामा संविधान बनाउने नेपाली जनताको सो आकांक्षालाई संविधानसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण दल एवं माननीय सभासद्हरुले आत्मसात गरिसकेको मैले महशुस गरेको छु। देशको संविधान निर्वाचित जनप्रतिनिधिले नै बनाउनु पर्दछ भन्ने विचार २००६ सालमा जनक्रान्तिका लागि आह्वान गर्दादेखि नै  कांग्रेसले अंगीकार गरेको स्मरणीय छ।  त्यो दूरदर्शी, जनमुखी र प्रजातान्त्रिक कदमलाई अप्रजातान्त्रिक शक्तिहरुले सफल हुन दिएनन्। यसकारण मुलुकका सम्पूर्ण प्रजातन्त्रवादी शक्तिहरुले गुमेको राजनीतिक अधिकार लिन निरन्तर संघर्ष गर्नु परेको इतिहास सर्वविदितै छ। लोकतान्त्रिक आन्दोलनको निरन्तरताको क्रममा १२ बूँदे समझदारीदेखि २०६२/६३ को जनआन्दोलनको उपलब्धि स्वरुप आज हामी यस स्थानमा उभिएका छौ। जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्ने जुन अवसर हामीले पाएका छौ,त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न हामी सबै दलहरुबीच सहमति, सहकार्य , एकता र मेलमिलापबाट संभव छ भन्ने मेरो मान्यता छ।

जननेता वी.पी.कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर प्रवासबाट स्वदेश फर्कनु भएपछि नेपालको राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनमा नयाँ अध्याय शुरु भएको यथार्थ स्मरणीय छ। यसपछि २०३७ सालको जनमतसंग्रह र २०४२  सालमा सत्याग्रहले तयार पारेको आधारभूमिमा भएको २०४६ सालको जनआन्दोलनलाई स्मरण गर्न चाहान्छु।

सम्माननीय सभामुख महोदय,

नेकपा माओवादीसंग सम्पन्न १२ बूँदे समझदारी र विस्तृत शान्ति संझौता अनुसार भएको २०६२।०६३ को जनआन्दोलनको उपलब्धी स्वरुप निर्माण गरिएको नेपालको अन्तरिम संविधान २०६३ले संविधानसभाको व्यवस्था गरेको सर्वविदितै छ। यस सन्दर्भमा शान्ति प्रकृयाको सफलताको लागि नेता गिरिजाप्रसाद कोइराला र सम्बद्ध सबै पक्षले निर्वाह गर्नु भएको भूमिका अविश्मरणीय छ।

सम्माननीय सभामुख महोदय,

नेपाली कांग्रेसले सहमतिको सरकार बनाउन गरेको भगीरथ प्रयासबारे यस सम्मानित सदनमा उपस्थित सबै माननीय सभासद्हरु अवगत हुनुहुन्छ। संविधानतः सहमतिको सरकार गठन गर्ने चरण गुज्रेपछि हामी बहुमतीय सरकार गठनको चरणमा प्रवेश गरेका छौ। बहुमतीय भएपनि हामी संविधानसभामा प्रतिनिधित्व भएका दलहरुको अधिकतम सहमतिको सरकार निर्माण गर्न चाहान्छौ। हाम्रो प्रतिबद्धता अनुसार एक बर्षभित्रै संविधानसभाबाट संविधान जारी गर्ने सुनिश्चितता सहित विकास सम्बृद्धि  र सबल राष्ट्र निर्माणका लागि स्थिर सरकार आवश्यक छ।

आर्थिक प्रगति एवं सम्बृद्धि हासिल गरी देशको गरिबी र पछौटेपनको समस्या हल गर्नु हाम्रो सबैभन्दा ठूलो चुनौति हो। यसको लागि देशको मावनशक्ति र प्राकृतिक संपदालाई उपयोग गरी उच्च आर्थिक बृद्धिदर हासिल गर्न जरुरी छ। मेरो नेतृत्वको सरकारले यसकोलागि देशभित्रको आन्तरिक पूँजी एवं बाह्य लगानी समेतलाई प्रोत्साहित गर्नेछ। कृषिको विविधिकरण र व्यवसायीकरण, अपार जलसम्पदाको उपयोग, पर्यटन र औद्योगिक विकासबाट देशभित्र आर्थिक अवसरहरुको सिर्जना गरी बेरोजगारी र गरिबीको समस्यालाई निराकरण गर्नेतर्फ सरकार प्रयत्नशील रहनेछ।यसकोलागि म भारत  तथा चीन जस्ता महान छिमेकी मुलुकहरु र अन्तरराष्ट्रिय समुदाय जसको उदारतापूर्ण आर्थिक सहयोग हामीले प्राप्त गर्दै आएका छौ , को निरन्तर सहयोग बृद्धिकोसमेत अपेक्षा राख्दछु।

सुशासन आज सबैको चाहाना हो। यसका लागि विधिको शासनको सुनिश्चितताको साथै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिको अबलम्बन गरिनेछ। र  प्रशासन यन्त्रमा जवाफदेहिता र पारदर्शिता विकसित गरिनेछ।

प्रधानमन्त्री पदमा निर्वाचित भएमा मेरो नेतृत्वमा बन्ने सरकारको मुख्य प्राथमिकता निम्नानुसार रहने छन :

• शान्ति प्रकृयाका सन्दर्भमा विगतमा भएका समझदारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउदै बाँकी रहेका कामहरु सम्पन्न गर्ने,

• एकबर्षभित्रै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न सहयोग पुर्याउने ,

• ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने,

• आर्थिक समृद्धि र सामाजिक न्यायका पक्षमा साझा सहमतिका कार्यक्रम निर्माण गर्ने,

• महंगी नियन्त्रण गर्ने

• बन्द, चक्काजाम र हड्ताललाई निरुत्साहित गर्ने ,

• द्वन्द्व पीडितलाई राहत पुर्‍याउने,

• शान्ति सुरक्षा कायम गर्दै  विधिको शासनको सुनिश्चितता कायम गर्ने ,

• स्वदेशी तथा वैदेशिक लगानीको वातावरण निर्माणमा सुधार ल्याउने,

• भौतिक पूर्वाधार र सामाजिक सेवाका संरचनाहरुको निर्माणलाई गति दिने,

• छिमेकी मुलुकहरु भारत, चीन तथा अन्य मित्र राष्ट्रहरुसंगको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउदै  बैदेशिक सम्बन्ध सञ्चालन र विस्तारका निम्ति राजनीतिक सहमतिको वातावरण निर्माण गर्ने।

• राजनीतिक दलहरुबीच निरन्तर संवाद तथा एकता सहमति र सहकार्यको भावनाका साथ अघि बढाउने।

अतः उक्त उद्देश्य अनुरुप बन्ने सरकारलाई अधिकतम सहमतिको सरकारका रुपमा निर्माण र सञ्चालन गर्नका लागि नेकपा एमाले पार्टी र पार्टी नेतृत्वले देखाएको समर्थन र सहयोगका निमित्त म आभार व्यक्त गर्दछु। यसका साथै अन्य राजनीतिक दल र दलका माननीय सभासद् मित्रहरुलाई पनि  नेपाल र नेपालीको भाग्य निर्धारण गर्ने संविधान निर्माणको यो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्ने काममा सहयोग पुर्‍याउन मेरो उमेद्वारीका पक्षमा समर्थनका निमित्त हार्दिक आग्रह गर्दछु। जय नेपाल।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस