काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतले नेपालसँग के खोजेको हो भन्ने बुझ्न नसकेको बताएका छन्। तराई–मधेसमा जारी आन्दोलन, नाकाबन्दी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ सरकारी निवास बालुवाटारमा भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सत्तारूढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समस्याको चुरो पहिल्याउन नसकेको बताए।
'भारतले नागरिकता, प्रदेशको सीमांकन हेरफेर, धर्म, नदी वा के खाजेको हो, मैले बुझ्न सकेको छैन,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नागरिकसँग भने, 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने विषय हो कि के हो, पहिल्याउन सकिन।'
सीमाक्षेत्रमा भएको अवरोध खुलाउन भारतीय पक्षसँग कुरा गर्दा आन्तरिक मामिला भन्दै पन्छने गरेको सुनाउँदै प्रधानमन्त्री ओलीले बैठकमा सीमा क्षेत्रमा भारततर्फबाटै अवरोध रहेको बताए। सार्वभौम मुलुकको आफ्नो सीमा हुने स्पष्ट गर्दै प्रधानमन्त्रीले त्यसलाई नाघेर भारतसँग कुनै सम्झौता नगर्ने पनि बताए।
'तपाईंहरूले नै मलाई यहाँ पुर्यााउनुभएको हो, जतिबेलासम्म म यहाँ रहन्छु देश र राष्ट्रियताको पहरेदारीको काम गर्छु,' ओलीको भनाई उद्धृत गर्दै ढकालले भनेे, 'सार्वभौम राष्ट्रको सीमा नाघ्दिनँ।'
तराई–मधेसमा जारी आन्दोलन, नाकाबन्दी लगायतका समस्या समाधान गर्न भारतका साथै आन्दोलनरत मधेसकेन्द्रित दलसँग कसरी अघि बढ्ने भन्नेमा प्रधानमन्त्रीले सहभागी दलसँग राय मागेका छन्। दलीय सहमतिकै आधारमा आफू अघि बढ्ने जनाउँदै ओलीले तत्काल समस्या समाधान हुन नसके मुलुकमा शान्ति सुरक्षा कायम गर्न राज्यका सबै संयन्त्र परिचालन गर्ने संकेत गरेका थिए। सीमा अवरोध हटाउन, राजमार्ग सञ्चालन गर्न र मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकारले सबै विकल्प अपनाउने उनले बताएका थिए।
बैठकमा ओलीले प्रमुख तीन दलबीच साझा धारणा बनाउँदै जानुपर्नेमा जोड दिएका थिए। उनले मधेसमा जारी आन्दोलन, भारतले गर्दै आएको नाकाबन्दी र संसदमा विचाराधीन रहेको पुनर्निर्माण प्राधिकरणसम्बन्धी विधेयकमा दलहरूसँग सुझाव मागेका थिए।
'दलहरूबीच साझा धारणा बनाएर जानुपर्ने सहमतिका साथ बैठक सकिएको छ। भोलि दलका शीर्ष नेताहरूबाट साझा धारणा बनाउने सहमति भएको छ,' प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नागरिकसँग भने।
बैठकमा प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी दलसहित कांग्रेससँग अहिलेको संकटको समयमा सहयोग आवश्यक रहेको बताएका थिए। उनले कांग्रेसलाई विपक्षी नभई सहयोगीका रूपमा लिएको पनि बताएका थिए।
बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो सरकारले संसदमा दर्ता गराएको संविधान संश्ाोधन प्रस्ताव अघि बढाउन पुनः आग्रह गरेको छ। कार्यबाहक सभापति रामचन्द्र पौडेलले संशोधन प्रस्ताव अघि बढाउँदा वातावरण सहज हुने धारणा राखे। संविधान जारी गर्नुपहिले नै प्रमुख दलले जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी सिद्धान्तलाई संविधानमा समावेश गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले त्यसलाई पारित गराउनुपर्ने तर्क गरे।
'अघिल्लो सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई अघि बढाउन हामीले भन्यौं,' बैठकपछि पौडेलले नागरिकसँग भने, 'त्यसले मधेसको चित्त बुझ्दैन भने किन अहिले किन पास गर्ने भन्ने उहाँहरूको कुरा थियो।' मधेसकेन्द्रित दलको समेत चित्त बुझ्ने गरी प्याकेजमा नै संविधान संश्ाोधन गर्नुपर्ने धारणा प्रधानमन्त्री ओलीले राखेको पौडेलले जानकारी दिए।
पौडेलले राष्ट्रिय एकताको विषयमा एकजुट बनेर अघि बढ्न तयार रहेको जानकारी गराएका थिए। पौडेल र कांग्रेसकै नेता रामशरण महतले विगतको सरकारले गरेका निर्णयहरू उल्ट्याउँदा अविश्वासको वातावरण बन्ने भन्दै त्यस्तो नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए।
बैठकमा उपप्रधानमन्त्रीसमेत रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, कांग्रेस नेता महत र नेपाल परिवार दलका अध्यक्ष ढकालले चीनसँग नाका खोल्ने जस्ता भावनात्मक कुराले समस्याको समाधान नहुने तर्क गर्दै दक्षिणी छिमेकी भारतसँगको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउनुपर्ने धारणा राखेका थिए। 'व्याहारिक कुरा गर्नुपर्छ भावनामा आएर हुँदैन,' नेताहरूलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'भारतसँगको व्यापारदेखि अन्य सम्बन्धको विकल्प खोज्न सकिँदैन।'
ट्र्याक–१ र ट्र्याक–२ दुवैबाट वार्ता सुरु गर्नुपर्नेमा जोड दिँदै ढकालले भारतसँग सार्थक वार्ता गर्न कांग्रेससहितको उच्चस्तरीय वार्ता टोली गठन गर्न प्रधानमन्त्रीलाई सुझाएका थिए।
तर, नेकपा (माले), राष्ट्रिय जनमोर्चासहितका केही दलले राष्ट्रियताको विषयमा भारतसँग सम्झौता गर्न नहुने धारणा राखेका थिए। भारतको विकल्प खोज्नुपर्ने उनीहरूको तर्क थियो।
व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने १६ दल सहभागी बैठकमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले अझै पनि प्रमुख दलहरू मिलेर समस्याको समाधान खोज्न सकिने तर्क गरे। तराई–मधेसको समस्या दलहरूको हातबाट बाहिर गइनसकेको जनाउँदै दाहालले समयमै समस्या समाधानका लागि प्रमुख दलहरूले साझा धारणा बनाउनुपर्ने बताए। समस्या समाधानका लागि समान धारणा तय गर्न सानो समूहमा छलफल थाल्न दाहालले प्रस्ताव गरेका थिए।
'४–५वटा प्रमुख दलको सानो समूह छलफल गरेर मधेस आन्दोलन, संविधान संशोधन लगायतका विषयमा साझा धारणा बनाउने समझदारी भएको छ,' ढकालले भने, 'प्रमुख दलका मुख्य नेताहरू छलफल गरेर अघि बढ्नुहुन्छ।'
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको समस्याको समाधान दलीय सहमतिबाटै खोज्नुपर्छ भन्नेमा दलहरू एकमत रहेको जानकारी सञ्चारकर्मीलाई दिए। 'प्रधानमन्त्रीको पहलमा एकीकृत धारणा बनाउन बैठक हुनेछ,' उनले भने।