संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु
१३ पौष २०७२
•
१ मिनेट पाठ
संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु
काठमाडौं–मधेसी मोर्चा आबद्ध दलका सांसदको नाराबाजी र होहल्लाबीच संविधान संशोधान विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ। सोमबार बसेको व्यवस्थापिका संसद बैठकमा संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो।सैद्धान्तिक छलफलमा दुई सांसदले आफ्नो धारणा राखेका छन्। एमालेका केशव बराल र एमाओवादी सांसद गंगाप्रसाद चौधरीले छलफलमा भाग लिएका छन्। सरकारले मधेसी मोर्चाका मागलाई संविधान संशोधनमार्फत नै सम्बोधन गर्ने भन्दै संविधान संशोधन विधेयक संसदमा पेश गरेको थियो।

तर आन्दोलनरत मोर्चाले भने सरकारले पेश गरेको संविधान संशोधनमार्फत मोर्चाको माग सम्बोधन नहुने भन्दै विरोध गर्दै आएको छ। मोर्चाकै सहमतिमा संशोधन विधेयक पारित गर्ने भन्दै प्रमुख तीन दलले मोर्चासँग साझा धारणा बनाउने निर्णय गरेकै दिन संसदमा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो।
अर्को समाचार
संविधान संशोधन विधेयकमाथि छलफल गर्ने तयारी
२७ जेष्ठ २०७७
•
२ मिनेट पाठ
संविधान संशोधन विधेयकमाथि छलफल गर्ने तयारी
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा रहेको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संसद् ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि सैद्धान्तिक छलफलका लागि मंगलबारको सम्भावित कार्यसूचीमा राखिएको छ ।

सार्वजनिक सूचना प्रकाशित गरेको सात दिनपछि मात्र सदनमा सैद्धान्तिक छलफल अघि बढाउन मिल्ने व्यवस्थाबमोजिम मंगलबार सात दिन पूरा हुने भएकाले संविधान संशोधन विधेयक कार्यसूचीमा राखिएको हो । सैद्धान्तिक छलफलमा सांसदले बोल्न चाहेमा विधेयकको सैद्धान्तिक पक्षमा बोल्न पाउनेछन् ।  

सरकारले गत जेठ ९ गते संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक जेठ १८ गते संसद्मा पेस भएको थियो । संसद्मा विधेयक पेस भएपछि १८ गते राजपत्रपमा र १९ गते सरकारी सञ्चार–माध्यममा मात्र सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । संविधानको धारा २७३ को उपधारा (३) मा ‘सदनमा पेस भएको विधेयक सम्बन्धित सदनमा प्रस्तुत भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशित गर्नुपर्नेछ,’ भन्ने व्यवस्थाबमोजिम सार्वजनिक सूचना प्रकाशित भएको हो ।  

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ मा नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकोले,’ भन्ने उल्लेख छ । मन्त्रिपरिषद्ले जेठ ५ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा स्वीकृत गर्दै जारी गर्ने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट जेठ ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका विषयको जवाफ दिने क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको र यसलाई समेटेर छिट्टै नयाँ नक्सा जारी गरिने बताएका थिए । प्रधानमन्त्रीले संसद्मा बोलेको भोलिपल्टै जेठ ७ गते सरकारले नयाँ नक्सा जारी गरेको थियो । सरकारले नयाँ नक्सा जारी गरेको दुई दिनपछि ९ गते संविधान संशोधन विधेयक ल्याएको हो ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस