चुनावमा गठबन्धन गर्ने निर्णय अराजनीतिकः शंकर पोखरेल
२४ साउन २०७९
•
१ मिनेट पाठ
चुनावमा गठबन्धन गर्ने निर्णय अराजनीतिकः शंकर पोखरेल
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन्। आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकीर गर्दै महासचिव पोखरेलले यस्तो भनाइ राखेका हुन्।




मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा हुने गरेको भएपनि चुनावमा गठबन्धन गरेर जाने कुरा भने हुने नगरेको दाबी गरे। महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाए।

उनले भने, ‘अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भन्ने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ? कहिलेकाँही जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ। तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो। एक प्रकारले आफ्ना नीतिमाथि, विश्वास र भरोसा नहुने कुरा हो। यो कुराप्रति नेकपा (एमाले) सहमत छैन। नेकपा (एमाले) आफ्नो नीतिको आधारमा अघि बढछ। र, आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्छ। आफ्नो नीतिलाई छोडेर कुनै पनि प्रकारको गठबन्धनको पक्षमा एमाले छैन।’

महासचिव पोखरेलले एमालेले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पारे।
अर्को समाचार
इलाम र बझाङमा आज मतदान
१५ वैशाख २०८१
•
३ मिनेट पाठ
इलाम र बझाङमा आज मतदान
निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ (क) मा प्रदेशसभा सदस्य चयनका लागि शनिबार मतदान हुँदैछ। आयोगका अनुसार दुवै निर्वाचन क्षेत्रमा तोकिएका मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ।




आयोगका सहायक प्रवक्ता एवं उपसचिव रामदत्त पाण्डेयले शुक्रबार इलाम र बझाङमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। ‘मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ। मतदाताले आफ्नो कुनै पनि परिचयपत्र देखाएर मतदान गर्न सक्नेछन्,’ उनले भने।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन भइसकेको उनले बताए।

‘आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न दिने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ,’ उनले भने।

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारी रहने प्रबन्ध मिलाइएको छ। इलाम–२ मा १४९ र बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्। इलाममा १ हजार ४३ र बझाङमा ६५१ कर्मचारी जनशक्ति परिचालन गरिएको छ। त्यस्तै सुरक्षातर्फ इलाम–२ र बझाङ (क) मा गरी दुई हजार ३८७ प्रहरी परिचालन गरेको छ।

इलाम–२ मा एक लाख १५ हजार आठ सय ८९ र बझाङ (क) मा ६१ हजार ७४८ मतदाता छन्। इलाम–२ मा १२ राजनीतिक दलका १२ र स्वतन्त्र सात गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङ (क) मा १२ राजनीतिक दलबाट १२ जना चुनावी प्रतिस्पर्धामा छन्।

आयोगले उपनिर्वाचनका दिन इलाम–२ र बझाङ (क) मा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। ‘यसअघि निर्वाचनमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास भएका गाडी मात्र सञ्चालन गर्न दिइने गरेकोमा यस उपनिर्वाचनमा मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्म निर्वाध रूपमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको छ,’ सहायक प्रवक्ता पाण्डेयले भने, ‘उम्मेदवार वा निर्वाचन प्रतिनिधि एकजनाले मतदानको दिन चारपांग्रे, तीनपांग्रे वा दुईपांग्रेमध्ये एउटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने निर्णय आयोगले गरेको छ। कसैले निर्देशनविपरीत सवारीसाधन प्रयोग गरेको पाइए सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिनेछन्।’

पाण्डेयका अनुसार एम्बुलेन्स, खानेपानीका ट्यांकर, दुध बोक्ने सवारीसाधन, दमकल, शव वाहन पनि र्निाध रूपमा सञ्चालन हुन पाउनेछन्।

इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका सुवास नेम्वाङ र बझाङ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रीसमेत रहेका सिंहको गत असार ५ गते सडक दुर्घटनामा परी निधन भएको थियो। त्यस्तै संविधानसभाका अध्यक्षसमेत रहेका नेम्बाङको गत भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस