नेपालगन्ज उपमहानगरद्वारा पुरानै मापदण्डअनुसार नक्सा पास
१९ भदौ २०७९
•
२ मिनेट पाठ
नेपालगन्ज उपमहानगरद्वारा पुरानै मापदण्डअनुसार नक्सा पास
नेपालगन्ज उपमहानगरपालिकाले अहिले पनि स्थानीय निकायको रूपमा रहेका बेलाकै मापदण्डका आधारमा भवनको नक्सा दिइरहेको छ। सो उपमहानगरले २०७२ सालमा संशोधन गरिएको भवन तथा योजना मापदण्डअनुसारै भवनहरूको नक्सा पास गरिरहेको हो।




उक्त मापदण्डमा आवासीयबाहेकका भवनले कम्तीमा १५ प्रतिशत जग्गा पार्किङका लागि छोड्नुपर्ने, गाडीसम्बन्धी कारखानाका लागि जग्गाको २५ प्रतिशत पार्किङलाई छोड्नुपर्ने, भवन उपयोग परिवर्तन गर्नुपर्दा पनि नयाँ उपयोगका सम्पूर्ण प्रावधान लागु हुनेगरी पार्किङका लागि चाहिने जग्गाको व्यवस्था गर्नुपर्ने उल्लेख छ। उक्त मापदण्डमा बेसमेन्टलाई मुख्यगरी दुईवटा प्रयोजनका लागि मात्र बनाउन पाइने उल्लेख छ। जसअनुसार सामान्य प्रज्वलनशील खालका घरेलु तथा अन्य वस्तु स्टोर गर्न र भवनको सेवासुविधाका लागि प्रयोग हुने एयर कन्डिसन, जेनेरेटर वा अन्य मेसिन वा यन्त्रहरूको निमित्त मात्रै बेसमेन्ट प्रयोग गर्न पाइन्छ।

आफ्नै मापदण्डविपरीत नेपालगन्ज उपमहानरपालिकाले व्यावसायिक प्रतिष्ठानहरूलाई बेसमेन्टमा पार्किङ गर्न दिनेगरी नक्सा दिएको छ। केही ठूला प्रतिष्ठानले बेसमेन्टमै पार्किङको व्यवस्थापन गरेका छन्। यसले आफ्नै मापदण्ड उपमहानगरपालिकाले उल्लंघन गरिरहेको पुष्टि हुन्छ। उक्त मापदण्डले नेपालगन्जको अहिलेको वस्तुगत अवस्थालाई समेट्न सकेको छैन। सुर्खेत रोड वीरेन्द्र चोकदेखि उत्तरतर्फ नगरपालिका सिमानासम्म मात्रै ५० मिटर चौडाइ सडकको अधिकार उक्त मापदण्डमा उल्लेख छ। जबकि अहिले जमुनाहदेखि कोहलपुरसम्म सडक डिभिजनले राजमार्गको चौडाइ ५० मिटर रहेको बताउँदै आएको छ। उपमहानगरपालिकाका मेयर विष्ट आफैं सडक र उपमहानगरपालिकाको मापदण्ड फरक पर्ने बताउँछन्। अहिले आफूहरूको चाहना सुर्खेत रोडक्षेत्र कम्तीमा पनि मध्यबिन्दुबाट २१ मिटर दायाँबायाँ हुनुपर्ने र त्यसभित्रका संरचना हटाउनुपर्ने उनको भनाइ छ।  

उपमहानगरपालिकाका इन्जिनियर भूपेन्द्र बोहरा भवन तथा योजना मापदण्ड समयानुकूल परिमार्जनको आवश्यकता रहेको बताउँछन्। स्थानीय सरकार आएपछि मापदण्ड संशोधन नभएकाले अब संशोधनका लागि काम भइरहेको उनले जानकारी दिए। ‘हामीसँग साविककै मापदण्ड छ। अब यसलाई संशोधन गर्नुपर्ने भएको छ। अहिले संशोधनको प्रारम्भिक छलफलमै छौं। यस आर्थिक वर्षभित्रै संशोधन गरिसक्ने लक्ष्य छ,’ बोहराले भने।  

नक्सा शाखा ढड्डामै  

नेपालगन्ज उपमहानगरपालिकाले हालसम्म २२ हजार ९ सय ६३ वटा घरका नक्सा पास गरेको जनाएको छ। यसमध्ये कतिवटा व्यावसायिक भवन हुन्, कति आवासीय भवन ? त्यसको यकिन तथ्यांक भन्न नसकिने नक्सा शाखाका नायब सुब्बा सुचिता केसीले बताइन्। यसको कारण हो, नक्सा शाखाको रेकर्ड डिजिटाइज नहुनु।  
अर्को समाचार
नेपालगन्ज बसपार्कस्थित जनप्रिय मार्टमा चोरी
०३ वैशाख २०८१
•
२ मिनेट पाठ
नेपालगन्ज बसपार्कस्थित जनप्रिय मार्टमा चोरी
चोरी भएको नेपालगन्ज– ५ बसपार्कस्थित बाइपास चोकमा रहेको जनप्रिय मार्ट। तस्बिर : नागरिक
नेपालगन्ज उपमहानगरपालिका ५ बसपार्कस्थित बाइपास चोकमा रहेको ‘जनप्रिय मार्ट’ मा चोरी भएको छ। एक समुहले आइतबार मध्यरातमा मार्टको सटर फोडेर चोरी गरेको हो।




राती करिब २ः३० बजेतिर पुष्पलाल चोकदेखि बसपार्क लाइनको बीचमा पर्ने बाइपास चोकमा अवस्थित उक्त मार्टमा चोरले ५० हजार, मदिरा, रेडबुल, चुरोटलगायत पसलमा रहेका विभिन्न सामान चोरी गरेको व्यवसायी कृष्णप्रसाद मरासिनीले बताए।

‘चोरले जग र लिभर प्रयोग गरेर सटर नै च्यातेको अवस्था छ’, उनले नागरिकसँग भने। घटनास्थलबाट बसपार्क प्रहरी बिट करिब तीन सय मिटरको दूरीमा रहेको छ।

मार्टमा जडित सिसी क्यामेरामा कैद भएको दृश्यअनुसार राती एक बजेतिर दुईजना युवा पसल बाहिर देखिएका छन्। त्यसपछि ताला फोड्न उनीहरुले करिब डेढ घन्टाजति समय लगाएको देखिन्छ।

सटर फोडेपछि उनीहरु २ः३० बजेतिर पसलभित्र छिरेर नगद र सामान चोरेको दृश्य सिसी क्यामेरामा कैद भएको पीडित व्यवसायी मरासिनीले सुनाए।

चोरी भएको पसलको सटर बिहानसम्म खुला थियो। सोमबार आज बिहान चार बजेतिर मर्निङ वाकमा निस्किएका व्यक्तिले चोरी भएको देखेर खबर गरेपछि मात्र आफूले थाहा पाएको उनले बताए। ‘चोरीमा संलग्न दुईमध्ये एकजनाको अनुहार प्रस्टै देखिन्छ। उसलाई कतै देखियो भने चिन्न सकिन्छ’, मरासिनीले भने।

आफू घटनास्थलमा पुगेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको एक सय नम्बरमा फोन गरेको र त्यसको २० मिनेटपछि प्रहरी आएर अनुसन्धान सुरु गरेको बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले पसलमा चोर्ने समुह लागुऔषध प्रयोगकर्ता हुन सक्ने बताए। ‘सिसी क्यामेरामा पनि उनीहरु कैद भएका छन्। चोरको पहिचान हुन्छ र उनीहरु पक्राउ पर्छन्’, उनले भने। पसलमा धेरै सामान चोरी नभएको डिएसपी डाँगीले बताए।

उक्त क्षेत्रमा पसल चोरी भएको यो नै पहिलो घटना होइन। यसअघि पनि पटकपटक सटर फोडेर चोरीका घटना भएको स्थानीय व्यवसायी बताउँछन्। जनप्रिय मार्टमा करिब तीन महिनाअघि पनि सटरको ताला फोडेर चोरी प्रयास भएको थियो।

‘तीन महिनाअघि पनि चोरले मेरो पसलको सटरको ताला फोडेका थिए, तर सामान चोरी भएको थिएन। यसपटक उनीहरु चोर्न सफल भए’, मरासिनीले भने। सोही ठाउँमै तीन महिनाअघि ‘शाह किराना पसल’ को पनि ताला फोडेर चोरले सामान चोरेको उनले सुनाए।

बसपार्क क्षेत्रमा पटकपटक चोरीका घटना भइरहनुमा प्रहरी र प्रशासनको निष्क्रियता देखिएको व्यवसायीले बताएका छन्। ‘यस्ता चोरीका घटना यो क्षेत्रमा दिनहुँजसो भइरहेका छन्। उद्योग व्यवसाय तथा आम नागरिकको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो’, स्थानीय व्यवसायी शेरबहादुर रेउलेले भने, ‘राज्य यी कुराबाट बेखबर रहन्छ र आम नागरिकले शान्तिसुरक्षाको अनुभूति महसुस गर्न पाउँदैनन् भने आम नागरिक र उद्योगी व्यवसायीको धैर्यको बाँध टुट्न सक्छ।’

बसपार्क क्षेत्रमा चोरीका घटना मात्र नभएर लागुऔषध प्रयोग तथा बिक्री वितरण, यौनजन्य क्रियाकलाप जस्ता बेथिति भएको उनले सुनाए। बाइपास चोक संवेदनशील क्षेत्र भएकाले त्यहाँ प्रहरीको छुट्टै बिट राखेर शान्तिसुरक्षाको व्यवस्था मिलाउनुपर्ने व्यवसायीले माग गरेका छन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस