प्रेस सम्बन्धी कानुन नबन्दा पत्रकारलाई काम गर्न समस्या: केन्द्रीय अध्यक्ष पोखरेल
२६ कार्तिक २०७९
•
१ मिनेट पाठ
प्रेस सम्बन्धी कानुन नबन्दा पत्रकारलाई काम गर्न समस्या: केन्द्रीय अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेस सम्बन्धी कानुन नबन्दा पत्रकारलाई अझै पनि समस्या रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाको १२ औँ साधारण सभाको शनिबार उदघाटन गर्दै केन्द्रीय अध्यक्ष पोखरेलले संविधान बनिसकेको तथा संचार सम्बन्धी नीति निर्माण भइसकेको अवस्थामा कानुन नबन्दा अझै पनि संचार जगतको धेरै क्षेत्रमा समस्या भइरहेको बताएका छन्।  




मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई सफल बनाउन संचारकर्मीले आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका खेल्नुपर्ने बताउँदै अध्यक्ष पोखरेलले चुनावमा लडेका उम्मेदवारहरुलाई संचारसम्बन्धी कानुन निर्माणबारे पनि प्रश्न गर्न आग्रह गरेका छन्। उम्मेदवारहरुसित अन्तक्र्रियात्मक किसिमले जाँदा कानुन बनाउन दवाव  पर्ने अध्यक्ष पोखरेलको भनाइ छ।

रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा सम्पन्न साधारण सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईँले पत्रकारहरुले पत्रकारिताको मर्यादाभित्र रहेर राज्यलाई बाटो देखाउने काम गर्नुपर्ने बताएका छन्।  

कर्यक्रममा सहभागी वक्ताहरुले महासंघ सबै पत्रकारहरुको साझा संस्थाको रुपमा अगाडि बढाउनु पर्ने विषयमा जोड दिएका छन्। साथै आगामी मंसिर ४ गते हुने निर्वाचनमा रिपोर्टिङ गर्दा आचारसंहितालाई ध्यानमा राखी समाचार प्रकाशन तथा प्रसारण गर्न वक्ताहरूले अनुरोध गरेका छन्। कार्यक्रममा सहभागी अतिथिहरूलाई दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहले मायाको चिनो प्रदान गरेका छन्।  

शाखा अध्यक्ष प्रेमचन्द्र झाको सभापतित्वमा भएको कार्यक्रममा शाखा सचिव मदन ठाकुरले सांगठनिक प्रतिवेदन पेश गरेका छन् भने कोषाध्यक्ष धर्मेन्द्र साहले आर्थिक प्रतिवेदन पेश गरेका छन्। कार्यक्रममा उपस्थित पत्रकारहरुले सदस्यताको माग गरेका छन्।
अर्को समाचार
मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह
०८ पौष २०७९
•
१ मिनेट पाठ
मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह
वीरेन्द्रनगर सुर्खेतमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्वोधन गर्दै राष्ट्रिपति विद्यादेवी भण्डारी। तस्विर: गोविन्द केसी/नागरिक
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको वीरेन्द्रनगर सुर्खेतमा आयोजित उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारीताको मर्यादामाथी गम्भिर हुन आग्रह गरेकी छन्। पत्रकारीतालाई स्वच्छ, निश्पक्ष, मर्यादीत र विश्वसनीयता बनाउन पत्रकारहरुले चिन्तन हुन आग्रह गरिन।




राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको बताउँदै मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताईन्। राज्यले सबैलाई समान अवसर देओस भन्ने जनताको चाहना रहेकाले सरकार त्यसतर्फ ध्यान केन्द्रीत हुन राष्ट्रपति भण्डारीले आग्रह गरिन। ‘जनताको अपेक्षा पूरा नहुँदा  राज्यप्रति असन्तुष्टी प्रस्तुत भैरहेको छ।’ राष्ट्रपति भण्डारीले भनिन, ‘हामीले जिम्मेवार बन्नुपर्ने छ। शासनशैली सुधार गर्नु छ। राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार माध्यम पनि उतिकै भूमिकामा रहनुपर्छ।’

साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने छ। सभाको बन्दसर्तमा सांगठनिक नीतिगत प्रतिवेदन,कोषाध्यक्षले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवदेनमाथी वृहत छलपल हुने छ। महासंघको १ हजार ३ सय १६ साधारण सदस्य रहेका छन्। साधारण सभामा ७७ जिल्ला, ३९ प्रतिष्ठान शाखा, १२ एशोसियट शाखा, १० बैदेशिक शाखा र २ आवासीय शाखा ९नेजा र एन्जा० का पदाधिकारी सदस्य गरी ७ सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागी सुर्खेतमा भएको छ।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस