सदस्यता वितरणमा कडाई गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह
१८ साउन २०७९
•
३ मिनेट पाठ
सदस्यता वितरणमा कडाई गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह
प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ।




नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट पारे। कुनै दलको केन्द्रिय कमिटीमा रहेकाहरुलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेश गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघ लगायतका सम्वद्ध निकायहरु सचेत हुनुपर्ने बताए।  उनले नेपाल पत्रकार महासंघको सदस्यता लिने तर सक्रिय पत्रकारिता नगर्नेहरुको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएको बताए। 

अध्यक्ष बस्नेतले भने, ‘पहिला आफू पत्रकार होकि होईन, एकीन हुनुपर्छ है। पत्रकार भएर गरिएको काममा नियमन गर्न कुनै समस्या छैन। त्यसका लागि प्रेस काउन्सिल छ। सोसल मिडियाहरु पनि पत्रकारले चलाउने वा मिडियो हाउसले चलाउने विषयमा पनि समस्या छैन। त्यो पनि दायरा भित्र आउँछ, प्रेस काउन्सिलले हेर्छ। तर पत्रकारको आवरणमा गैर पत्रकारबाट हुने काममा भने सचेत हुनुपर्छ। अहिले ठूलो समस्या चाँही पत्रकारको आवरणमा, मिडियाको आवरणमा भेष्टेड इन्ट्रेष्ट राखेर गरिने कामहरुले समस्या ल्याएको छ। त्यो विषयमा हामी एकीन हुनुपर्दछ। यहाँ पत्रकार महासंघको अध्यक्ष पनि हुनुहुन्छ। म विशेष आग्रह पनि गर्न चाहन्छु,हामीले पनि दिने सदस्यता जुन छ, यदि खुकुलो प्रावधान छन् भने कसौं। पत्रकारको कार्ड लिएपछि लेख्नपर्छ कि पर्दैैन? सञ्चार माध्यममा सक्रिय हुनुपर्छ कि पर्दैन ? सक्रिय पत्रकारिता गर्नु पर्छ कि पर्दैन ? अथवा कुनै दलको केन्द्रिय कमिटीमा बस्ने र सँगसँगै आफू पत्रकार सम्वद्ध संघ, संगठनमा बस्ने अनि अझ भोटै मागिदिने काम गर्नु हुन्छ कि हुँदैन ? अस्तीको चुनावले अर्को कुरा पनि सिकायो। मिडिया अर्गानाईजेशनहरुले एकमुष्ट रुपमा फलानो दललाई भोट हालौं भन्ने प्रष्ट कुरा पनि आयो। त्यसमा निर्वाचन आयोगले असहमती जनायो। प्रेस काउन्सिलले आपत्ति जनायो। यस्ता विषयमा पनि प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ जस्ता निकायहरुले ध्यान दिन जरुरी छ। यस विषयमा सञ्चारकर्मी आफैं सचेत हुुनुपर्छ। आफू सचेत भएपछि मात्रै अरुको विषयमा प्रश्न उठाउन सकिन्छ।’ अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरु आफू सचेत भएमात्रै अरुमाथि प्रश्न उठाउन सकिने पनि पटकपटक दोहोर्‍याए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले समेत पत्रकारहरुलाई विवेक पुर्‍याएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले पत्रकारहरु लगानीकर्ताका दासनै हुन् भन्ने खालको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यस कुराले पनि उनीहरुलाई स्वतन्त्र भएर काम गर्ने काममा अवरोध सृजना गरिरहेको तर्क राखे। अध्यक्ष पोखरेलले भने, ‘पत्रकारहरु लगानीकर्ताका दासै हुन भन्ने ढंगले आरोप लगाउनु थालियो भने हामी सही ठाउँमा पुग्दैनौं। पत्रकारहरुको विवेक प्रयोग गर्ने वातावरण निर्माणमा कति ध्यान दिन सक्यौं? राज्यले बनाउने नीति–कार्यक्रमदेखि लिएर पारिश्रमिक लगायतका विभिन्न आयामहरु होलान्। त्यो इन्भारोमेन्ट बनाउनुपर्‍यो । पत्रकारहरुले विवेक पुर्‍याएर काम गर्ने वातावरण सुनिश्चित गर्नका लागि।’ अध्यक्ष पोखरेलले राज्यले पत्रकारको हितमा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि गरे।
अर्को समाचार
मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह
०८ पौष २०७९
•
१ मिनेट पाठ
मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह
वीरेन्द्रनगर सुर्खेतमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्वोधन गर्दै राष्ट्रिपति विद्यादेवी भण्डारी। तस्विर: गोविन्द केसी/नागरिक
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको वीरेन्द्रनगर सुर्खेतमा आयोजित उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारीताको मर्यादामाथी गम्भिर हुन आग्रह गरेकी छन्। पत्रकारीतालाई स्वच्छ, निश्पक्ष, मर्यादीत र विश्वसनीयता बनाउन पत्रकारहरुले चिन्तन हुन आग्रह गरिन।




राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको बताउँदै मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताईन्। राज्यले सबैलाई समान अवसर देओस भन्ने जनताको चाहना रहेकाले सरकार त्यसतर्फ ध्यान केन्द्रीत हुन राष्ट्रपति भण्डारीले आग्रह गरिन। ‘जनताको अपेक्षा पूरा नहुँदा  राज्यप्रति असन्तुष्टी प्रस्तुत भैरहेको छ।’ राष्ट्रपति भण्डारीले भनिन, ‘हामीले जिम्मेवार बन्नुपर्ने छ। शासनशैली सुधार गर्नु छ। राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार माध्यम पनि उतिकै भूमिकामा रहनुपर्छ।’

साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने छ। सभाको बन्दसर्तमा सांगठनिक नीतिगत प्रतिवेदन,कोषाध्यक्षले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवदेनमाथी वृहत छलपल हुने छ। महासंघको १ हजार ३ सय १६ साधारण सदस्य रहेका छन्। साधारण सभामा ७७ जिल्ला, ३९ प्रतिष्ठान शाखा, १२ एशोसियट शाखा, १० बैदेशिक शाखा र २ आवासीय शाखा ९नेजा र एन्जा० का पदाधिकारी सदस्य गरी ७ सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागी सुर्खेतमा भएको छ।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस