ग्राहक बनेर आए, हत्या गरेर गए
११ पौष २०७९
•
२ मिनेट पाठ
ग्राहक बनेर आए, हत्या गरेर गए
धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–२ मुखियापट्टीका ४५ वर्षीय धानुक दास हत्याको दोषी अझै पत्ता लागेको छैन्। हत्याको तीन दिन बित्न लागेपनि प्रहरीले दोषी पत्ता लगाउन सकेका छैनन्।




गत शनिबार बेलुका मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्ति दासको घरमा पुगेर उनको गोली हानि हत्या गरेर फरार भएको थिए। दास मोटर (पम्प) मर्मत गर्ने मिस्त्री थिए। पछिल्लो केहिवर्षदेखि उनी मोटर मर्मतको ग्यारेजसँगै ग्यास र किराना पसल संचालन गर्दै आएका थिए।

मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले पहिले दासकै किराना पसलमा सिगरेट लिए। सिगरेट पिउँदै उनीहरु दाससँग मोटर मर्मत गर्ने विषयमा कुराकानी गर्न थाले मृतक दासको ७५ वर्षीय आमा महाजनीदेवी दासले बताइन्।

उनले भनिन् ‘छोरा साँझसम्म दमकल बनाउँदै थिए। दमकल मर्मत गराउन तीनचार जना गाउँकै मान्छेहरु बसेको थियो, छोराले सबैको लागि चिया पकाउन भने, मैले चियाँ पकाएर दिए। पछि उनीहरु चियाँ खाएर गए। म पनि खाना पकाउन घरभित्र पसे छोराले मोटर बनाउँदै गरे।’
केहिबेरमा किरना पसलमा दुईजना व्यक्ति आए उनीहरुले सिगरेट किने र सिगरेट पिउँदै बाटोमा मोटरसाइकल बिग्रेको भन्दै छोरालाई गएर बनाई दिन भनिरहेका थिए। 'छोराले रात भयो अहिले जादिँन भने, त्यसपछि उनीहरुले छोरासँग मोबाइल नम्बर मागे' मृतकको आमा महाजनीदेवीले बताइन्।

उनले भनिन् ‘उनीहरुको कुराकानी चलिरह्यो म फेरि घरघित्र पसे एकछिनमा ठुलो अवाज आयो मैले तुरन्त बाहिरिए। छोरा मोटर बनाउँदै गरेको ठाउँमा छठपटाइरहेको र दुईजना मोटरसाइकलामा भाग्दै गरेको देखे। मैले छरछिमेकीलाई बोलाए तर त्यतिबेला कोहि आएन् हत्याराहरु भागिसकेपछि मात्रै छरछिमेकका मान्छेहरु आए।’

अज्ञात व्यक्तिको गोली प्रहारबाट मुर्छित भएका दासलाई स्थानीयहरु उपचारको लागि अस्पताल लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।
यता प्रहरीको प्रारम्भिक अनुसन्धानले घरायसी समस्याका कारण हत्या भएको हुन सक्ने जस्तो देखाएको छ। यद्यपी ठोस प्रमाण फेला नपरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रली जानकारी दिए। विभिन्न कोणबाट अनुसन्धान जारी रहेको उनले बताए।

दासले दुई वटा विवाह गरेका थिए। जेठी श्रीमतीबाट दुई छोरा र तीन छोरी छन् । तीनै छोरीकी विवाह भैसकेको छ। उनको १८ र २० वर्षका दुई छोरा अविवाहित छन्। मृतक दास ढेड वर्षअघि मात्रै दोस्रो विवाह गरेको थियो।

दास ग्यारेज र पसल संचालन गर्दै आएको घरमा कान्छी श्रीमतीसँग बस्दै आएका थिए भने उनको जेठी श्रीमती भित्री गाउँमा रहेको अर्कै घरमा छोराहरुसँग बस्दै आएका छिन्। कान्छी श्रीमतीसँग पनि एउटी छ महिनाकी छोरी छिन्। उनको कान्छी श्रीमतीले पनि दुई वटा विवाह गरेकी थिइन्। पहिलेको श्रीमानलाई छोडेर उनी दाससँग विवाह गरेका थिइन्।

पछिल्लो समय मधेश प्रदेशमा हत्याको घटना धेरै वृद्धि भएको छ। चालु आर्थिक वर्षमा मात्रै ५० जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्याङ्कमा उल्लेख छ। मधेशको जिल्लाहरु खुल्ला सीमासँग जोडिएको हुनाले हत्या गरी अपराधि सजिलै भारत प्रवेश गरी लुक्ने गरेका छन्।
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
३५ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस