इलामको रोङ गाउँपालिकाले गुन्द्रुक–सिन्की ब्रान्डिङ् गरी बिक्री गर्ने
१७ पौष २०७९
•
१ मिनेट पाठ
इलामको रोङ गाउँपालिकाले गुन्द्रुक–सिन्की ब्रान्डिङ् गरी बिक्री गर्ने
ईलाम जिल्लाको रोङ गाउँपालिकाले गुन्द्रुक–सिन्कीको प्रवद्र्धन शुरू गरेको छ। पालिकाका अगुवा कृषकहरुलाई प्रदेश,पालिका र स्थानिय सहकारीको साँझेदारीमा कार्यक्रम संचालन गरेको हो।




बजारमा खपत भई उब्रीएका साग र मूलालाई व्यवस्थापन गर्न गुन्द्रुक–सिन्की प्रवद्र्धन कार्यक्रम शुरू गरिएको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए। कृषकले ब्यक्तिगत रूपमा गर्दै आएको तरकारी खेतीलाई नै आधुनिक रूपमा ब्यवस्थापन गरिएको उनले जानकारी दिए।

‘प्रत्येक कृषकले घरमा नै उत्पादन गरेको गुन्द्रुक र सिन्कीलाई आवश्यक लेबलिङ गर्नेगरी कार्यक्रम शुरु गरेका हौं, बजारमा बिक्री गरे बाहेक पनि पालिकाले कृषकलाई प्रतिकेजी अस्सि रुपैयाँ अनुदान सहयोग गर्नेछ’, अध्यक्ष स्याङ्बोले भने। प्रदेश नम्बर १को कृषि मन्त्रालय, गाउँपालिकाा र स्थानीय सहकारीको आर्थिक सहयोग र स्विस सरकारको प्राबिधिक सहयोगमा पालिकाका ५ वटा वडामा कार्यक्रम संचालन गरिएको हो।

रोङ गाउँपालिकाले शुरुवाति ३ महिना गुन्द्रुक–सिन्की लेबलिङका लागी फुड टेक्निसयन समेत नियुक्त गरेको छ। मौलिक तरकारीलाई नै ब्यवस्थित रूपमा खेती र बजारीकरण गर्दा आँफुहरुलाई राहत मिलेको स्थानीय कृषक एवं शिक्षक गोबिन्द पौडेलको बुझाई छ।

उनका अनुसार गुन्द्रुक–सिन्की उत्पादन गर्न छुट्टै ज्ञान आवश्यक नहुने हुँदा पनि कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जानकारी नै नभएका नयाँ र बाह्य बालि ल्याएर कृषकले परिक्षण गर्नुभन्दा रैथाने बालिलाई बजारीकरण गर्नसके सबैलाई फाइदा हुने उनले बताए।

मुला र सागको अत्याधिक उत्पादन हुने तर एकैसाथ बजारमा पुग्दा उचित मूल्य नपाएकोमा कृषकले गुनासो गर्दै आएका थिए। पालिकाका अधिकांश क्षेत्रमा साग, मुला, अकबरे खुर्सनी, र इस्कुसको उत्पादन भएपनि भौगोलिक कठिनाईका कारण उचित बजार पाउन सकेको थिएन।
अर्को समाचार
‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित
२७ फागुन २०८०
•
३ मिनेट पाठ
‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित
गत वर्षसम्म दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका– ६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाख मात्र आम्दानी दियो। सुन्तलाको मूल्य घटेर नभई अज्ञात रोगले बोट मरेपछि आम्दानी पनि घटेको हो।




यस वर्ष बोट मरेका कारण सुन्तला नफलेपछि अधिकारीको परिवारलाई आफ्नो परिवार चलाउन त्यति सहज छैन। ‘विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट दुईदेखि दुई लाख ५० हजारसम्म कमाइ हुन्थ्यो तर, यस वर्ष रोगले सुन्तला फलेन’, उनले भने, ‘बल्लतल्ल एक लाख आम्दानी गरियो, उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो।’

व्यावसायिक सुन्तला खेती गर्दै आएका किसान अधिकारीको बगैँचामा पहिले एक सय ५० बोटसम्म थियो अहिले यो संख्या घटेर ७० मा सीमित भएको  छ। रोगको पहिचान नभएको रोगका कारण अधिकांश बोट मरेका छन्। केही बोट मर्न थालेका छन्। बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तलाका दाना फलेन। फलेका दाना पनि साना र स्वादमा समेत अमिलो हुने गरेको उनी बताउँछन्।

सुरुमा रोगको सामान्य मात्र लक्षण देखिएको थियो। सुन्तलाको बोट फूल फुल्ने बेलामा पात झर्ने, पहेंलो हुने, पात झर्ने र विस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको उनले बताए। रोग नियन्त्रणका लागि विभिन्न विज्ञको टोली आए पनि कुनै उपलब्धि नभएको उनी बताउँछन्।  

‘हामीले रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार ग¥यौं, विज्ञ टोली पनि आउनुभयो’, उनले भने, ‘तर टोलीले स्थलगतरूपमा अनुगमन गरे पनि रोग पत्ता लागेन। के कारणले सुन्तलाको बटो मरेको भन्ने कारणसमेत जानकारी गराएन।’ रोग नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान गए सुधार हुने आशा अझै रहेको उनले सुनाए।

किसान अधिकारीको मात्र होइन, अन्य किसानको पनि अवस्था उस्तै छ। किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताए। वार्षिक दुई लाखको सुन्तला बेच्ने गरेका खनालको बगानमा यस वर्ष एक दान पनि सुन्तला नफलेको जानकारी दिए। ‘मेरो बगैँचामा ६० भन्दामाथि सुन्तलाको बोट थियो, सिजनमा दुई लाखसम्म आम्दानी दिन्थ्यो’, उनले भने, ‘तर मुख्य उत्पादन दिने बेलामा सबै बोट मरे, यसपटक बेचिएन।’

व्यावसायिक सुन्तला खेती गरेका सलकपुरका दर्जनौं किसानको बगैँचामै बोट मरेको अर्का किसान टार्जन रानामगरले बताए। विगतका वर्षमा ६० हजारको सुन्ताला बेच्दै आएका उनले यस वर्ष २० हजारको मात्र उत्पादन भएको बताए। पछिल्लो समय सुन्तालको बोट मर्ने समस्या बढ्दो क्रममा रहेको उनको भनाइ छ।

मुख्य नगदेबालीका रूपमा खेती गरिँदै आएको सुन्तलामा रोगले संक्रमण गर्न थालेपछि यहाँका दर्जनौँ किसान वैकल्पिक खेतीको खोजी गर्न बाध्य भएका छन्। सलकपुरका दुई सय ५० किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएकामा रोग संक्रमणका कारण अहिले करिब ३५ घरधुरीले मात्र सुन्तला खेती गरिरहेका छन्।  

कुनै बेला सुन्तालको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको सलकपुरका किसानले लगाएको सुन्तलामा रोगले संक्रमण गरेपछि उत्पादनमा ह्रास आएको किसान अधिकारीको भनाइ छ। ‘विगत यहाँबाट वार्षिक करिब चार करोडको सुन्तला उत्पादन हुने गरेको थियो’, उनले बताए, ‘बगैँचाबाटै प्रतिकिलो एक सय २० का दरले बेच्दासमेत यस वर्ष करिब एक करोडको मात्र सुन्ताला उत्पादन भएछ।’ यहाँ उत्पादित सुन्तला झापाको चारआली, बिर्तामोड, दमक तथा भारतका मिरिक, दार्जिलिङ, सिलगुडीलगायत विभिन्न क्षेत्रमा निकासी हुने गरेको छ।

मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माइजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिक रूपमा सुन्तला खेती गरिँदै आएको छ। –रासस
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस