आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति
३० पौष २०७९
•
१ मिनेट पाठ
आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति
गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। 




स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागीबाट राईको घर पूर्णरुपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन्।

आगलागीबाट राईको दुई तोला सुन र नगद दुई लाख रुपैयाँसहित ३७ लाख र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित पाँच लाख रुपैयाँ बराबरको छतको संरचना नष्ट भएको छ।

त्यस्तै झमक थापाको दुई तोला सुन र ७० हजार रुपैयाँ नगदसहित पाँच लाख, अर्जुन घिमिरेको एक लाख र डम्बर थापाको ५० हजार रुप्ैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली  उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए।

पीडितलाई जनही नगद १५ हजार रुपैयाँ सहित बन्दोबस्तीका सामग्री दिइने अध्यक्ष सुब्बाले जानकारी दिए। बेलुका करिब ७ बजे लागेको उक्त आगो छिमेकी जिल्लाको लालिगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा करिब एक घण्टापछि नियन्त्रण गरिएको थियो।
अर्को समाचार
फर्निचर उद्योगमा आगलागी हुँदा दुई करोड २९ लाखको क्षति
०१ जेष्ठ २०८०
•
२ मिनेट पाठ
फर्निचर उद्योगमा आगलागी हुँदा दुई करोड २९ लाखको क्षति
भक्तपुरको चुनदेवीमा आइतबार राति भएको आगलागीबाट दुई करोड २९ लाख बराबरको धनमाल नष्ट भएको छ।




आगलागीबाट टहरामा रहेको काठ चिर्ने मेसिनहरु, फर्निचरका कच्चा पदार्थहरू, विभिन्न केमिकलहरु, प्लाईउडहरु, काठहरु, जेनेरेटर १ थान, कपडा सिलाउने मेसिनहरु ४ थान, कम्प्रेसर मेसिन ३ थान, तयारी फर्निचरका सामानहरु, ग्यास चुलो र सिलिण्डर १ थान, क्यामेरा ३ थान, पानी ट्याङ्की, हुन्डाई सान्टो कार १ थानसमेत गरी अन्दाजी दुई करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

साथै घरमा भएको क्षतिको विवरणमा घरको पहिलो र दोस्रो तलामा रहेको प्लास्टर, झ्यालढोकाहरु, फल्स सिलिङ, डाइनिङ टेबल, सोफा, पलङ ७ थानसमेत गरी १० लाखका साथै टि.भी, सोकेस, फल्स सिलिङसमेत गरी अन्दाजी १२ लाख बराबरको धनमाल नष्ट भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। 

घरको तेस्रो तलामा रहेको फल्स सिलिङ, झ्याल ढोका, काठको दराजहरु, दराजभित्र रहेको नगद रु तीन लाख रुपैयाँ, उक्त कोठामा रहेको सामानको ३० हजार र अन्य सामानको अन्दाजी एक लाख समेत गरी कुल दुई करोड २९ लाख बराबरको क्षति भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए।

आइतबार राति सात बजेर आठ मिनेटबाट त्यहाँ आगलागी सुरु भएको थियो। जिल्लाको सूर्यबिनायक नगरपालिका ५ चुनदेबी बस्ने वर्ष ३७ को बिजेन चौगुठीले १ तले जस्ताको २ वटा टहरा बनाई संचालन गरेको न्यु दाजुभाई फर्निचर ट्रेडर्समा अचानक आगलागी भएको थियो। आगो सल्किएर सोही स्थानमा रहेको निजको ३.५ तले घर र सोही स्थानमा बस्ने पुष्प सिल्पकारको जस्ताको टहरामा संचालनमा रहेको कृपालु फर्निचर कारखानासमेतमा आगलागी भएको थियो।

आगलागीलाई भक्तपुरका ३, काठमाडौको १ र ललितपुरको १ गरी जम्मा  ५ वटा दमकलले नियन्त्रणमा लिन सफल भएको थियो। आगो नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा साढे दस बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने हुन पाएन।

घटनास्थलमा वृत्त जगातीबाट प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ कमाडमा ६० जनाको टोली खटिगएको थियो। घटनास्थल वृत्त जगातीबाट २ किलोमिटर पश्चिममा पर्दछ।
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ५९ सेकेन्ड अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस