भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको सात लाख भन्दा बढी नेपाली रुपैयाँ सहित एक जनालाई सशस्त्र प्रहरीको टोलीले बुधबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ८ का मदन कुमार मिश्रा रहेको सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाको टोलीले भारतबाट आउँदै गरेको ना ३७ प ९७३५ नम्बरको मोटरसाइकललाई मटिअर्वामा चेकजाँच गर्दा मोटरसाइकलमा सवार रहेका मिश्राबाट सात लाख छ हजार सात सय २५ रुपैयाँ बरामद गरिएको प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन बोगटीले बताए।
हुण्डीमा प्रयोग गरिने नेपाली रुपैयाँ आउँदै गरेको सूचनाको आधारमा भारतबाट भित्रिँदै गरेको सवारी साधनहरुलाई चेक जाँच गर्दा मोटरसाइकल सहित स्रोत नखुलेको रकम सहित मिश्रालाई नियन्त्रणमा लिन सफल भएको बोगटीले बताए।
अहिले मधेश प्रदेशमा सीमा अपराध नियन्त्रण गर्नुको साथ साथै तस्करी, हुण्डी कारोबारीहरूलाई पक्राउ गर्नु र भन्सार नतिरेर चलाइने भारतीय नम्बर प्लेटको गाडीहरुलाई नियन्त्रणमा लिन मातहतका सशस्त्र प्रहरीहरुलाई निर्देशन गरिएको बाहिनीपति शाहले बताए।

पक्राउ परेका मिश्रालाई थप कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाएको बोगटीले बताए।एक हप्ता पहिला पनि सशस्त्र प्रहरीको टोलीले बरैनियाबाट स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनीका बाहिनिपति दीपेन्द्र शाहले जानकारी दिए।