बागलुङका किसानले फलाए २० करोडको सुन्तला
२७ पौष २०८०
•
२ मिनेट पाठ
बागलुङका किसानले फलाए २० करोडको सुन्तला
बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ।कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा  २० करोड बराबरको सुन्तला उत्पादन भएको हो।




कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ।गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ।

कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले २० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए।

‘गत वर्षको तुलनामा बागलुङमा सुन्तला उत्पादनमा कमी आएको तथ्याङ्क निकालेका छौँ, नमुनाका रुपमा सङ्कलन गरिएको तथ्याङ्कमा औँसा किरा र सुन्तलाको जरा कुहिने समस्याले सुन्तला उत्पादन घटेको छ, यद्यपि सुन्तला गाउँका रुपमा रहेको सिगानामा सुन्तला उत्पादन वृद्धि भएको छ, बिहुँ, सर्कुवा लगायतका गाउँमा सुन्तला उत्पादनमा कमी आएको हो’, पुनले भने, ‘उत्पादनको ७५ प्रतिशत सुन्तला किसानले बिक्री गर्ने गरेका छन्, सिगानामा क्षेत्रगत औंसा किसान नियन्त्रण कार्यक्रम सञ्चालित छ, यो कार्यक्रम जिल्लाभर पु¥याउने ज्ञानकेन्द्रको लक्ष्य रहेको छ।’

बागलुङको बिहुँ, सिगाना, सकुर्वा, बिनामारे, हरिचौर, बिरकोट, भकुण्डे र तित्याङ लगायतका स्थानमा बढी मात्रामा सुन्तला फल्ने गरेको पाइएको छ।उत्पादितमध्ये ६० प्रतिशत सुन्तला बिक्री भइसकेको छ भने अन्य सुन्तला बिक्रि हुँन बाँकी रहेको ज्ञान केन्द्रको तथ्याङ्कले जनाइएको छ।सुन्तला उत्पादनमा कमी आउनुमा व्यवस्थापकीय कमजोरी, मल नपुगेको र औशा किरा व्यवस्थापन गर्न नसकिएको अध्ययनका क्रममा पाइएको पुनले बताए।
‘खेतमा लगाइएका सुन्तलाका बोटका जरा कुहिएका छन्, अन्य स्थानमा औशा किराको प्रकोप देखिएको छ, सुन्तला किसानलाई अभिमुखीकरणको खाँचो हामीले देखेका छौं’, पुनले भने, ‘सुन्तलाको जरामा पानी जम्न दिएमा जरा कुहिन्छ, किसानले सजकता अपनाउन आवश्यक छ ।’ पछिल्लो समय कृषक सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको उनी बताउँछन्।यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकूल खालको रहेको जनाउँदै पुनले रोगसँग सजग भएमा क्रमशः सुन्तला उत्पादन बढ्ने बताए। 

बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको सुन्तला किसान शिवकुमार खड्काले बताए। बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन्।

खड्काका अनुसार पछिल्लो पाँच वर्षयता सिगानामा ३० हजार सुन्तलाका नयाँ बोट थपिएका छन्।पाँच वर्षपछि सिगाना गाउँबाट मात्रै पाँच करोडको सुन्तला बिक्री हुने उनले बताए। ‘सिगानाको सुन्तलाको माग बढेको छ, जिल्लामा सुन्तलाको उत्पादनमा २५ प्रतिशत योगदान सिगानाको मात्रै छ’, खड्काले भने, े‘पहिला डोकोमा बोकेर सुन्तला बिक्रीका लागि बागलुङ बजार पुग्नुपर्ने थियो, अहिले सिधै पोखरा र काठमाडौँका व्यापारी सुन्तला बगानमै खरिद गर्न आउँछन्, किसानलाई निकै सहज भएको छ।’राष्ट्रिय समाचार समिति (रासस)
अर्को समाचार
लोकमार्ग छेउछाउमा बढ्दै बस्ती
१५ चैत्र २०८०
•
५ मिनेट पाठ
लोकमार्ग छेउछाउमा बढ्दै बस्ती
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गाबाट पूर्वीरुकुम र रोल्पाको सिमाना पातीहाल्नेसम्म जोडेको छ। उक्त लोगमार्ग बागलुङ, गलकोट र ढोरपाटन नगरपालिका तथा काठेखोला,बडिगाड र निसीखालोला गाउँपालिकाको मध्यभागबाटै चिरेर गएको छ। लोकमार्गसँग जोडिएपछि पछिल्लो आधा दशकयता धेरै ठाउँमा बस्ती विस्तार हुँदै गएका छन्।




बागलुङमा करिब एक सय ४२ किलोमिटर फैलिएको लोकमार्गले काठेखोलाको बिहुँ खण्डअन्तर्गत १२ किमीबाहेक सबै कालोपत्र भइसकेको छ। लोकमार्ग विस्तार र स्तरोन्नति भएसँगै छेउछाउमा बस्ती निर्माण हुँदै गएका छन्। बागलुङ दशकौँ अगाडि पनि बजार र बाक्लो बस्ती भएको क्षेत्र थियो। पछिल्लो समय काठेखोलाको अक्षते, गलकोटको हटिया,बडिगाडको हाँडीखोला, खर्बाङ,न्वारा, खौलारा, खारा, भीमगिठे, निसीखोलाको देवीस्थान, खाडु, जुग्जाखोला, ढुवाखोर, झिवाखोला, कानाबर, निसी, भल्कोट, सीप हुँदै पातीहाल्नेमा पनि बस्ती विस्तार हुँदै गएका हुन्।

विकासको दृष्टिकोणमा पश्चिम बागलुङका सबै पालिका पछाडि रहेकामा मध्यपहाडी लोकमार्गसँग जोडिएपछि यहाँ विकासले गति लिन थालेको स्थानीय पदमबहादुर खत्रीले बताए। उनका अनुसार पछिल्ला केही वर्षयतादेखि बढ्दो बसाइँसराइ कम भएको छ।  जिल्लाकै सबैभन्दा विकट मानिने निसीखोला क्षेत्रका लागि लोकमार्ग वरदान सावित भएको छ। धेरैजसो ठाउँमा बस्तीसँगै बजारसमेत बस्न थालेका छन्। बस्ती विस्तार हुन थालेपछि लोकमार्ग छेउछाउका जग्गाको मूल्यसमेत आकासिएको स्थानीय बताउँछन्।

गलकोटको हटियामा एक दशक अगाडि थोरै घर र सानो बजार थियो। बजार नजिकका जग्गामा धानखेती हुन्थ्यो। अहिले धान उत्पादन हुने खेत ठूला–ठूला कङ्क्रिटका घरले भरिएका स्थानीय खत्रीले बताए। उनका अनुसार जिल्लाको तेस्रो ठूला बजारका रूपमा हटिया क्षेत्र विस्तार भएको छ। घर तथा अन्य भौतिक संरचना निर्माणका लागि खाली जग्गा पाउनै गाह्रो हुन थालेको उनी बताउँछन्।

करिब १५ वर्ष अगाडिसम्म सुनसान हुने हटिया बजारमा अहिले चहलपहल निकै बढेको खत्रीले बताए। लोकमार्गले जोडिएर कालोपत्र भएपछि गाउँबाट धमाधम हटिया झरेर बस्न थालेका उनले बताए। ‘विकास हुन धेरै समय लाग्दो रहेनछ। हेर्दाहेर्दै हटिया घरैघरले ढाकिएको छ। साँघुरो ठाउँ थियो,अहिले यहाँ खाली जग्गा कतै देखिँदैन। बजार परका खेत पनि घरले भरिन थालेका छन्’,खत्रीले भने ‘पहिला खेती हुने ठाउँ सबै मासेर अधिकांशले घर बनाउन थालेका छन्,विकास र सुविधाले बस्ती बाक्लिँदै छ।’

काठेखोला गाउँपालिका–२ अक्षतेमा डेढ दशक अगाडिसम्म धान, गहुँ र तोरी फल्ने खेत थियो। दुई–चार साना छाप्रा थिए। अहिले बजारको स्वरुप लिएको छ। जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षतेको पछिल्लो एक दशकमा मुहार फेरिएको छ। लोकमार्ग छेउमै रहेको अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ।  

काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँहरू यही बजार हुँदै जानु पर्दछ। विसं २०५४ मा सडक सञ्जालसँग जोडिएको अक्षेत बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन। अहिले यहाँ घर, ठुल्ठूला भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भइरहेको स्थानीय मेखबहादुर भण्डारीले बताए। कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्नुपर्नेमा अहिले घरघरमै पाउन थालेको उनले भने।

अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायत गाउँका स्थानीयको नजिकको बजार बनेको भण्डारीको भनाई छ। गाउँ सडक सञ्जालसँग जोडिन थालेपछि चहलपहल बढ्न थालेको छ। स्थानीय भण्डारीले उदयीमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै स्थानीय निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए। हरेक वर्ष नयाँ घर बन्ने क्रम बढेको सुनाउँदै ढल व्यवस्थापन,खानेपानी तथा पूर्वाधार विकास, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उनले बताए।

‘विकासको मेरुदण्ड सडक रहेछ, जब सडकले यो ठाउँ जोडियो, त्यसपछि यहाँ विकाससँगै बस्ती विस्तार हुँदै गए। अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ,यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो। यसअघि नुन, तेललगायत दैनिक उपभोग्य वस्तु ल्याउन पर्वतको कार्कीनेट वा बागलुङ बजार पुग्नुपथ्र्यो’,उनले भने ‘अहिले पहिलेजस्तो समस्या छैन, सबै सेवा सुविधा घरै अगाडि आएका छन्।’

बागलुङमा लोकमार्गको सबैभन्दा बढी खण्ड करिब ४० किमी निसीखोला गाउँपालिकामा पर्दछ। पाखुट्टेबाट पातीहाल्नेसम्म करिब दर्जन स्थानमा बजार बन्न थालेका छन्। निसीखोलाकै सबैभन्दा ठूला बजारका रुपमा झिवाखोलालाई लिइन्छ। झिवाखोला एक दशक अगाडिसम्म सुनासन थियो। स–साना काठ,माटो र ढुङ्गाले बनेका घर थिए। व्यापारीहरूले त्यही साना घरटहरामा दोकान राखेर सामान बिक्री वितरण गर्दथे।

मध्यपहाडी लोकमार्गले जोडिएसँगै यातायातका साधन सञ्चालनले व्यापार, व्यवसायका साथै पूर्वाधार निर्माणमा सहजता थपेको छ। यसअघि निसीखोलाको माथिल्लो भाग सबै धानखेत थियो। अहिले धानखेत घर तथा भवनले भरिएका छन्।  

पूर्वीरुकुम र रोल्पाको प्रवेशद्वारका रूपमा रहेको झिवाखोला पनि पछिल्लो समय व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय प्रेम पौडेलले बताए। विकासका हिसाबले अझै पूर्वाधार निर्माण हुन बाँकी रहे पनि बसाइँसराइ रोकिएको र बाहिरी मानिसको आकर्षण बढेको उनी बताउँछन्।  

लोकमार्गले गर्दा सहरबजारमा पाइने सुविधा यहीँ पाउन थालेपछि गाउँबाट यहाँ झर्नेहरू बढेका पौडेलले बताए। लोकमार्गले झिवाखोला बजार नजोडिँदा यहाँ खेतको मूल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकासिएर छोइ नसक्नुभएको उनले जानकारी दिए।  

‘पहिले साना किराना पसलमात्रै थिए, त्यो पनि घोडा खच्चडमा सामान लिएर बेच्ने गर्थे, मानिसको आवतजावत पनि निकै कम थियो। अहिले बजार क्षेत्रमा मानिसको भीडभाड बढ्न थालेको छ, किनमेल गर्नेदेखि लोकमार्ग हुँदै रोल्पा रुकुम जानेहरू दैनिक यहाँ आउने गर्छन्’, पौडेलले भने,‘पहिलेको तुलनामा व्यापार पनि केही बढेको छ। यहाँ वरपर घरघडेरी किन्ने र बाहिरी ठाउँबाट बसाइँसराइ गरी आउने पनि बढेका छन्।’

सबैभन्दा दुर्गम गाउँका रूपमा लिइने निसीमा पनि अहिले बजार बनेको छ। पहिले बुटवल,तानसेनलगायत ठाउँबाट सामान बोकेर उपभोग गर्ने गरिएकामा अहिले घर–घरमै पसल सञ्चालन हुन थालेका निसीवासी बताउँछन्। लोकमार्ग भएर पूर्वबाट पश्चिमतर्फ दैनिक दर्जनौँ गाडी गुड्छन्। पूर्वाधार विकास, सडक सञ्जाल विस्तारसँगै दुर्गम गाउँको परिचय बदलिँदै गएको छ। -रासस
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस