आजबाट ‘बुकी कप’ भलिबल, विभागीयसहित पाँच टिम सहभागी हुने
०८ पौष २०८०
•
२ मिनेट पाठ
आजबाट ‘बुकी कप’ भलिबल, विभागीयसहित पाँच टिम सहभागी हुने
गण्डकी राष्ट्रिय स्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आजदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ।




पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ।

उक्त प्रतियोगितामा तीन विभागीयसहित पाँच टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक मोहन केसीले बताए। उनका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र गलकोट नगरपालिकाको टिमले उक्त प्रतियोगितामा भाग लिनेछ।

पहिलोपटक आयोजित सो प्रतियोगितामा प्रथम हुनेले नगद रु पाँच लाख, दोस्रो हुनेले रु दुई लाख ५० हजार र तेस्रो हुनेले रु एक लाख २५ हजार पुरस्कार पाउने संयोजक केसीले जानकारी दिए।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु २० हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु १० हजार, उत्कृष्ट सेटरलाई रु छ हजार, उत्कृष्ट स्पाइकरलाई रु छ हजार, उत्कृष्ट ब्लकरलाई रु छ हजार, उत्कृष्ट डिफेन्डरलाई रु छ हजार, उत्कृष्ट सर्भरलाई रु छ हजार र म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद रु दुई हजार प्रदान गरिने संयोजक केसीले बताए।

गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ बागलुङ, गलकोट उद्योग वाणिज्य सङ्घ र नगर भलिबल सङ्घ गलकोटसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ।

प्रतियोगिता गलकोट नगरपालिका–६ स्थित मजुवाफाँटमा सञ्चालन हुनेछ। सोही अवसरमा साङ्गीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेलालगायत सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता अवधिभर नेपाली सङ्गीत क्षेत्रका विभिन्न कलाकारको प्रस्तुति रहने संयोजक केसीले उल्लेख गरे।

'धवलागिरि क्षेत्रमै पहिलोपटक सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदैछ, खेल पर्यटनका माध्यमबाट गलकोटलाई थप चिनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ', उनले भने, ‘पहिलो दिनको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइनेछ, त्यसपछिका खेल अवलोकनका लागि न्यूनतम टिकट शुल्क तोकेका छौँ।’ भलिबल प्रतियोगितासहितको सांस्कृतिक कार्यक्रम यही पुस १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
अर्को समाचार
लोकमार्ग छेउछाउमा बढ्दै बस्ती
१५ चैत्र २०८०
•
५ मिनेट पाठ
लोकमार्ग छेउछाउमा बढ्दै बस्ती
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गाबाट पूर्वीरुकुम र रोल्पाको सिमाना पातीहाल्नेसम्म जोडेको छ। उक्त लोगमार्ग बागलुङ, गलकोट र ढोरपाटन नगरपालिका तथा काठेखोला,बडिगाड र निसीखालोला गाउँपालिकाको मध्यभागबाटै चिरेर गएको छ। लोकमार्गसँग जोडिएपछि पछिल्लो आधा दशकयता धेरै ठाउँमा बस्ती विस्तार हुँदै गएका छन्।




बागलुङमा करिब एक सय ४२ किलोमिटर फैलिएको लोकमार्गले काठेखोलाको बिहुँ खण्डअन्तर्गत १२ किमीबाहेक सबै कालोपत्र भइसकेको छ। लोकमार्ग विस्तार र स्तरोन्नति भएसँगै छेउछाउमा बस्ती निर्माण हुँदै गएका छन्। बागलुङ दशकौँ अगाडि पनि बजार र बाक्लो बस्ती भएको क्षेत्र थियो। पछिल्लो समय काठेखोलाको अक्षते, गलकोटको हटिया,बडिगाडको हाँडीखोला, खर्बाङ,न्वारा, खौलारा, खारा, भीमगिठे, निसीखोलाको देवीस्थान, खाडु, जुग्जाखोला, ढुवाखोर, झिवाखोला, कानाबर, निसी, भल्कोट, सीप हुँदै पातीहाल्नेमा पनि बस्ती विस्तार हुँदै गएका हुन्।

विकासको दृष्टिकोणमा पश्चिम बागलुङका सबै पालिका पछाडि रहेकामा मध्यपहाडी लोकमार्गसँग जोडिएपछि यहाँ विकासले गति लिन थालेको स्थानीय पदमबहादुर खत्रीले बताए। उनका अनुसार पछिल्ला केही वर्षयतादेखि बढ्दो बसाइँसराइ कम भएको छ।  जिल्लाकै सबैभन्दा विकट मानिने निसीखोला क्षेत्रका लागि लोकमार्ग वरदान सावित भएको छ। धेरैजसो ठाउँमा बस्तीसँगै बजारसमेत बस्न थालेका छन्। बस्ती विस्तार हुन थालेपछि लोकमार्ग छेउछाउका जग्गाको मूल्यसमेत आकासिएको स्थानीय बताउँछन्।

गलकोटको हटियामा एक दशक अगाडि थोरै घर र सानो बजार थियो। बजार नजिकका जग्गामा धानखेती हुन्थ्यो। अहिले धान उत्पादन हुने खेत ठूला–ठूला कङ्क्रिटका घरले भरिएका स्थानीय खत्रीले बताए। उनका अनुसार जिल्लाको तेस्रो ठूला बजारका रूपमा हटिया क्षेत्र विस्तार भएको छ। घर तथा अन्य भौतिक संरचना निर्माणका लागि खाली जग्गा पाउनै गाह्रो हुन थालेको उनी बताउँछन्।

करिब १५ वर्ष अगाडिसम्म सुनसान हुने हटिया बजारमा अहिले चहलपहल निकै बढेको खत्रीले बताए। लोकमार्गले जोडिएर कालोपत्र भएपछि गाउँबाट धमाधम हटिया झरेर बस्न थालेका उनले बताए। ‘विकास हुन धेरै समय लाग्दो रहेनछ। हेर्दाहेर्दै हटिया घरैघरले ढाकिएको छ। साँघुरो ठाउँ थियो,अहिले यहाँ खाली जग्गा कतै देखिँदैन। बजार परका खेत पनि घरले भरिन थालेका छन्’,खत्रीले भने ‘पहिला खेती हुने ठाउँ सबै मासेर अधिकांशले घर बनाउन थालेका छन्,विकास र सुविधाले बस्ती बाक्लिँदै छ।’

काठेखोला गाउँपालिका–२ अक्षतेमा डेढ दशक अगाडिसम्म धान, गहुँ र तोरी फल्ने खेत थियो। दुई–चार साना छाप्रा थिए। अहिले बजारको स्वरुप लिएको छ। जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षतेको पछिल्लो एक दशकमा मुहार फेरिएको छ। लोकमार्ग छेउमै रहेको अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ।  

काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँहरू यही बजार हुँदै जानु पर्दछ। विसं २०५४ मा सडक सञ्जालसँग जोडिएको अक्षेत बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन। अहिले यहाँ घर, ठुल्ठूला भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भइरहेको स्थानीय मेखबहादुर भण्डारीले बताए। कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्नुपर्नेमा अहिले घरघरमै पाउन थालेको उनले भने।

अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायत गाउँका स्थानीयको नजिकको बजार बनेको भण्डारीको भनाई छ। गाउँ सडक सञ्जालसँग जोडिन थालेपछि चहलपहल बढ्न थालेको छ। स्थानीय भण्डारीले उदयीमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै स्थानीय निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए। हरेक वर्ष नयाँ घर बन्ने क्रम बढेको सुनाउँदै ढल व्यवस्थापन,खानेपानी तथा पूर्वाधार विकास, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उनले बताए।

‘विकासको मेरुदण्ड सडक रहेछ, जब सडकले यो ठाउँ जोडियो, त्यसपछि यहाँ विकाससँगै बस्ती विस्तार हुँदै गए। अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ,यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो। यसअघि नुन, तेललगायत दैनिक उपभोग्य वस्तु ल्याउन पर्वतको कार्कीनेट वा बागलुङ बजार पुग्नुपथ्र्यो’,उनले भने ‘अहिले पहिलेजस्तो समस्या छैन, सबै सेवा सुविधा घरै अगाडि आएका छन्।’

बागलुङमा लोकमार्गको सबैभन्दा बढी खण्ड करिब ४० किमी निसीखोला गाउँपालिकामा पर्दछ। पाखुट्टेबाट पातीहाल्नेसम्म करिब दर्जन स्थानमा बजार बन्न थालेका छन्। निसीखोलाकै सबैभन्दा ठूला बजारका रुपमा झिवाखोलालाई लिइन्छ। झिवाखोला एक दशक अगाडिसम्म सुनासन थियो। स–साना काठ,माटो र ढुङ्गाले बनेका घर थिए। व्यापारीहरूले त्यही साना घरटहरामा दोकान राखेर सामान बिक्री वितरण गर्दथे।

मध्यपहाडी लोकमार्गले जोडिएसँगै यातायातका साधन सञ्चालनले व्यापार, व्यवसायका साथै पूर्वाधार निर्माणमा सहजता थपेको छ। यसअघि निसीखोलाको माथिल्लो भाग सबै धानखेत थियो। अहिले धानखेत घर तथा भवनले भरिएका छन्।  

पूर्वीरुकुम र रोल्पाको प्रवेशद्वारका रूपमा रहेको झिवाखोला पनि पछिल्लो समय व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय प्रेम पौडेलले बताए। विकासका हिसाबले अझै पूर्वाधार निर्माण हुन बाँकी रहे पनि बसाइँसराइ रोकिएको र बाहिरी मानिसको आकर्षण बढेको उनी बताउँछन्।  

लोकमार्गले गर्दा सहरबजारमा पाइने सुविधा यहीँ पाउन थालेपछि गाउँबाट यहाँ झर्नेहरू बढेका पौडेलले बताए। लोकमार्गले झिवाखोला बजार नजोडिँदा यहाँ खेतको मूल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकासिएर छोइ नसक्नुभएको उनले जानकारी दिए।  

‘पहिले साना किराना पसलमात्रै थिए, त्यो पनि घोडा खच्चडमा सामान लिएर बेच्ने गर्थे, मानिसको आवतजावत पनि निकै कम थियो। अहिले बजार क्षेत्रमा मानिसको भीडभाड बढ्न थालेको छ, किनमेल गर्नेदेखि लोकमार्ग हुँदै रोल्पा रुकुम जानेहरू दैनिक यहाँ आउने गर्छन्’, पौडेलले भने,‘पहिलेको तुलनामा व्यापार पनि केही बढेको छ। यहाँ वरपर घरघडेरी किन्ने र बाहिरी ठाउँबाट बसाइँसराइ गरी आउने पनि बढेका छन्।’

सबैभन्दा दुर्गम गाउँका रूपमा लिइने निसीमा पनि अहिले बजार बनेको छ। पहिले बुटवल,तानसेनलगायत ठाउँबाट सामान बोकेर उपभोग गर्ने गरिएकामा अहिले घर–घरमै पसल सञ्चालन हुन थालेका निसीवासी बताउँछन्। लोकमार्ग भएर पूर्वबाट पश्चिमतर्फ दैनिक दर्जनौँ गाडी गुड्छन्। पूर्वाधार विकास, सडक सञ्जाल विस्तारसँगै दुर्गम गाउँको परिचय बदलिँदै गएको छ। -रासस
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस