सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी
२७ वैशाख २०८१
•
५ मिनेट पाठ
सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी
फाइल तस्बिरः सेभेन समिट ट्रेक
वसन्त यामको सगरमाथा आरोहणका लागि यति बेला जोडतोडका साथ तयारी सुरु भएको छ। सगरमाथा आरोहणको अनुमति लिएका चार सयभन्दा बढीले आरोहीले तयारी सुरु गरिसकेका छन्।




पर्यटन विभागका अनुसार हालसम्म चौथो शिविरसम्मको बाटो खुलिसकेको छ भने त्यसपछिका काम पनि जोडतोडले भइरहेको छ। पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार यति बेला चौथो शिविरसम्मको डोरी टाँग्ने काम सकिएको छ।

यति बेला चौथो शिविरसम्मका विभिन्न क्याम्पहरू आरोहीले भरिएका छन्। आरोहणका समय नजिकिएसँगै आरोहणलाई सुरक्षित बनाउनका लागि विभागलगायतका विभिन्न कम्पनीहरूले तयारी गरिरहेका छन्।

निर्देशक गुरुङले आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि जनशक्ति परिचालन गरिसकेको बताएका छन्। ‘फिल्ड कार्यालय स्थापना भइसकेको छ, अनुगमनलाई तीव्र पारिएको छ’, उनले भने, ‘आरोहीलाई परामर्श दिनुका साथै आवश्यक सामग्री हस्तान्तरण समेत भइसकेको छ।’

सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङमा शेर्पाले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन विभिन्न काम भइरहेको जानकारी दिए। ‘जलवायु परिवर्तनका कारण सगरमाथा आरोहणका दौरानमा क्षणभरमै फेरबदल भइरहने मौसमको साथ पनि अनिवार्य हुन्छ’, उनले भने, ‘मौसमको अवस्था अनुसार योजना बनाएर अघि बढेका छौँ।’

शेर्पाले आफ्नो कम्पनीमार्फत कामिरिता २९औँ आरोहणका लागि आधार शिविर आइपुगेकाे सुनाए। उनका अनुसार अहिले अधिकांश आरोही सगरमाथा आधार शिविर पुगेका छन्। उनीहरू आरोहण गर्ने उपयुक्त समयको प्रतीक्षामा छन्।

सेभेन समिटमार्फत मात्रै ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन्। खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रूपमा सगरमाथा आरोहण गर्दै आएका छन्।

सगरमाथाको आधार शिविरमा सजिएका (करिब १३ हजार) त्रिपाल, आरोहीको भिडभाडले सगरमाथा क्षेत्रको रौनक बढाएको छ। यो यामको सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन पर्यटन विभागले विभिन्न तयारी गरिएको जनाएको छ।

विभागका महानिर्देशक चक्र बहादुर बुढाले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन ‘रेक्यू चिप’ अनिवार्य गरिएको बताए। उक्त चिप सम्बन्धित एजेन्सीले प्रत्येक आरोहीलाई उपलब्ध गराउनुपर्नेछ। यसले कुन आरोही कहाँ र कस्तो अवस्थामा छन् भनेर जानकारी लिन सकिने विभागको विश्वास छ।

‘इलेक्ट्रोनिक चिप’ अनिवार्य

पर्यटन विभागले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन आरोहीहरूका लागि ‘इलेक्ट्रोनिक चिप’ अनिवार्य गरेको छ।

यही यामबाट सगरमाथा आरोहीहरूका लागि चिप अनिवार्य गरिएको विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताए। चिपका कारण आरोहीको उद्धारमा सहज हुने भएकाले सरोकारवाला निकायसँगको छलफल र सहमतिपछि लागू गरिएको उनको भनाइ छ।

उनका अनुसार आरोहणका क्रममा हुने दुर्घटना र हराएकाहरूको खोजी र उद्धारमा सहजीकरणका लागि चिप अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको हो। यस्तो चिप सम्बन्धित एजेन्सीले उपलब्ध गराउनु पर्नेछ। यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर तिर्नु पर्नेछ। चिप ‘पेन ड्राइभ’ आकारको हुनेछ। यसलाई आरोहीले ज्याकेटमा राख्नपर्छ। सगरमाथा आरोहण सकेर फर्किएपछि चिप सम्बन्धित एजेन्सीलाई बुझाउनुपर्नेछ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार ‘सर्च एन्ड रेस्क्यू’ प्रयोजनका लागि यो याममा हरेक आरोहीलाई चिप अनिवार्य गरिएको हाे।

‘कतिपयले जीपीएस ट्रेकिङ भनिरहेका छन् तर यो सर्च एन्ड रेक्क्युका लागि चिप अनिवार्य गरिएको हो। अन्तर्राष्ट्रिय रुपमा सबैजसो मुलुकका आरोहीले प्रयोग गर्छन् त्यसैले यो निकै प्रभावकारी हुने अनुमान गरिएको छ’, निर्देशक गुरुङले भने।

अनुगमन तथा सहजीकरण समिति 

सन् २०२४ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा रहेका हिमालहरुमा हुने पर्वतारोहण तथा सम्पर्क अधिकृतहरूको खटनपटनलगायत अन्य सबै गतिविधिहरुको नियमन तथा सहजीकरण गर्न पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्र) गठन गरिएको छ।

विभागका महानिर्देशक चक्र बहादुर बुढा संयोजक रहेको १० सदस्यीय समितिमा विभिन्न मन्त्रालय र नियकायका प्रतिनिधि छन्।

आधार शिविरमा ‘फिल्ड’ कार्यालय 

यस वर्षको वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन सगरमाथा आधार शिविरमा पर्यटन विभागको फिल्ड कार्यालय स्थापना गरिएको छ।

विभागका अनुसार वसन्त ऋतुको आरोहण अवधिभरका लागि पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य सचिव प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वमा कार्यालय स्थापना गरी अनुगमन, रिपोर्टिङ र समन्वय गर्ने काम भइरहेको विभागले जनाएको छ।

आरोहण अवधिभर अर्थात् मे २९ तारिखसम्म यो समितिले काम गर्नेछ।

शीघ्र उद्धारका लागि हेलिकप्टर 

विगतमा उद्धारको कार्य ढिला भएको अनुभवलाई मध्यनजर गरी यसपटक चाडो उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिने विभागले जनाएको छ।

समयमा रिपोर्टिङ नभएर विगतमा आरोहीको ज्यान जाने गरेको भन्दै यो पटकलाई सहजिकरण गर्दै उद्धार प्रयोजनका लागि छिटो प्रक्रियाबाट गर्नेगरी सम्बन्धित मन्त्रालय र निकायलाई पत्राचार गरिएको महानिर्देशक बुढाले जानकारी दिए।

ड्रोन उडान व्यवस्थापनका लागि पनि सरोकारवाला मन्त्रालयमार्फत व्यवस्थापन, नियमन र अनुगमनको काम प्रभावकारी बनाइने विभागले जनाएको छ।

चार सयभन्दा बढीले लिए आरोहणको अनुमति 

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी कूल चार सय १४ ले अनुमति लिएका छन्। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए।

यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ जनाले अनुमति लिएका छन्। हिमाल आरोहणको अनुमति वापत् हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ हजार ६ सय रोयल्टी जम्मा भएको छ। सगरमाथा हिमालबाट मात्रै ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ।

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि) सम्म बाटो खुलेको विभागले जनाएको छ। यही मे १२ सम्म रोप फिक्सिङको काम सकिएर आरोहण सुरु हुने विभागका निर्देशक गुरुङले बताए।

आठ हजार हाराहारीले चढे सगरमाथा 

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर-२०२३’ का अनुसार नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युनिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार छ सय २६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

यो सन् २०२२ सम्मको तथ्याङ्क हो। सन् २०२३ को आरोहण जोड्दा यो संख्या करिब आठ हजार पुग्छ। उक्त वर्ष सगरमाथा चढ्न चारसय ७८ जनाले अनुमति लिएका थिए।

तीमध्ये कतिले सफल आरोहण गरे यकिन विवरण विभागसँग छैन। दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।

-सिबी अधिकारी/रासस
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
४२ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस