१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

-याफ्टिङको प्रबद्र्धन गर्न सके सेती पर्यटनको ‘हव’ बन्न सक्ने

काठमाडौं । नेपालमा -याफ्टिङको सम्भावना बोकेका केही नदीहरू छन्। -याफ्टिङका लागि प्रसिद्ध त्रिशुली, भोटेकोशी, सुनकोशी लगायतका नदीहरू हुन् भने निकै सम्भावना बोकेको सेती नदी पनि एक हो। -याफ्टिङका लागि सेती नदी त अझै पृथक रहेको सरोकारवालाहरू बताउछन्। सरोकारवालाका अनुसार, समथर वहाब सेती नदीको फरक विषेशता हो। 

‘सेतीमा -याफ्टिङको निकै सम्भावना छ’, २०६० सालदेखि सेतीमा -याफ्टिङ गराउदै आएका प्रशिक्षक प्रशिक्षक एवम् नेपाल एसोसियसन अफ -याफ्टिङ एजेन्सीजका उपाध्यक्ष कमल ठकुरीले भने, ‘यहाँ कायटिङ ट्रिप, फिसिङ्ग ट्रिप, सिनेक वाटर तथा ह्वाईट वाटर सबै ट्रिपको सम्भावना छ।’ -याफ्टिङको प्रबद्र्धन गर्न सके सेती पर्यटकको ‘हव’ नै बन्न सक्छ, उनले भने। -याफ्टिङ सिक्न चाहनेहरूका लागि पनि सेती सुरक्षीत रहेको उनले बताए।

‘नेपालका अन्य नदीहरूको जस्तो पानीको बहाव धेरै नभएकाले सेती -याफ्टिङका लागि उपयुक्त रहेको नेपाल पर्यटन वोर्डका सदस्य कृष्ण बहादुर महराले बताए। ‘नेपालीहरू बढीजसो सुरक्षित तथा कम जोखिमयूक्त जलयात्रा चाहन्छन्’ उनले भने, ‘यसका लागि सेती उत्कृष्ट छ। यसमा पारिवारिक रूपमै आएर मनोरञ्जन समेत गर्न सकिन्छ।’ कम वहाब भएकै कारण सबै उमेर समूहका मानिसहरू आएर सेतीमा -याफ्टिङ गर्न सक्ने अवस्था रहेको महराले बताए। 

महरा धनगढीस्थित पर्यटन विकास समाजका अध्यक्ष पनि हुन्। पर्यटन विकास समाजले पनि सेतीमा -याफ्टिङको विकासका लागि काम गरिरहेको छ। ‘गत वर्ष मात्रै समाजले विज्ञ टोली बोलाई सेतीमा -याफ्टिङको सम्भाव्यता बारे अध्ययन गरेको समाजका महासचिव सञ्जय चौधरीले बताए। ‘डोटीको दिपायलबाट कैलालीको चिसापानीसम्म करिव १६० किलो मिटर दूरी छ’ चौधरीले भने, ‘काठमाडौंका टूर अपरेटरहरूले दश–बाह्र वर्षदेखि ब्रिटिश, रुसलगायत देशका पर्यटक ल्याउने र टूर गराउने गरिरहेका छन्। तर, हामीले भने यसको सम्भावनालाई चिन्न सकेका छैनौं। जुन दुःखद् पक्ष हो।’

पूर्वाधारहरूमा विशेष जोड दिएर स–सानादेखी ठुला प्याकेजहरूसम्म विकास गर्न सके पर्यटक तान्न सकिने सुदूरपश्चिमका पर्यटन व्यवसायीहरुले बताएका छन्। सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता एवम् नेपाल उद्योग वाणिय संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल पर्यटकलाई सेतीमा -याफ्टिङमा ल्याउनका लागि स्थानीय स्तरबाटै प्रचार–प्रसार, गाइड तथा प्राविधिकहरु उत्पादन गर्नुपर्ने बताउछन्। ‘यहाँ धेरै सम्भावना छ। -याफ्टिङको प्रवद्र्धन भए, यो नदी पर्यटकको बगैचा बन्न सक्छ,’ उनले भने, ‘यसका लागि -याफ्टिङका विविध प्याकेजका साथै प्रचार प्रसारमा जोड दिनुपर्छ। साथै यहीका मानिसहरूलाई -याफ्टिङको लत बसाल्न सक्नुपर्छ।’

हमालले विभिन्न देशबाट विभिन्न दृष्यावलोकनकालागि सुदूरपश्चिम पुग्ने पर्यटकलाई -याफ्टिङ प्याकेजमा जोड्न सके झनै राम्रो हुने बताए। धनगढीसँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई पनि नेपालमा ल्याउन सक्ने हो भने -याफ्टिङ मात्र नभई समग्र पर्यटन विकासमा टेवापुग्ने हमाल बताउछन्।

‘पर्यटकहरू दुई घण्टा, एक दिन, दुई दिन या पाँच/सातदिनका प्याकेजमा मनोरञ्जन गर्न चाहन्छन्,’ -याफ्टिङका सोखिन शिक्षक सिद्धराज जोशीले भने, ‘यहाँ सिधै दिपायलदेखि कैलालीको चिसापानीसम्मको मात्रै रूट छ। जहाँ कम्तीमा पाँचदेखि सातदिन लाग्छ। बीच–बीचमा सडकको पहुँच बढाएर छोटा लामा प्याकेज बढाउन सके राम्रो सम्भावना छ।’ उनले बीच–बीचमा होमस्टे तथा अन्य सेवा सुविधा विस्तार गर्न सके झनै प्रभावकारी हुने बताए। दीर्घकालीन रूपमा -याफ्टिङ ब्यवसाय सञ्चालन गर्न सकियो भने आन्तरिक तथा बाह्यपर्यटक यस क्षेत्रमा भित्रिनेमा कुनै शंका नरहेको जोशीले बताए।

प्रकाशित: १५ चैत्र २०७४ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App