घाँस काटेर दशैं खर्च जुटाउँदै जुम्लाका महिला
२१ असोज २०८१
•
२ मिनेट पाठ
घाँस काटेर दशैं खर्च जुटाउँदै जुम्लाका महिला
जुम्लाको सिंजा गाउँपालिका- ६ की सस्मिता रावत दिनहुँ घाँस काट्छिन्। रावत गाउँबाट हप्ता दिनअघि घाँस काट्न जुम्लाको सदरमुकाम खलंगा झरेकी हुन्।




घाँसबाट अहिलेको दसैंमा खर्चको जोहो हुनेछ । सस्मिता जस्तै दर्जनौं महिला घाँस काट्न व्यस्त देखिन्छन्। उनीहरूले घाँस काटेबापत प्रतिदिन ८ सय रुपैयाँ ज्याला पाउँछन्। उनले भनिन्, ‘यही असोज ९ गतेदेखि काम लागेकी हुँ। २४ गते (फुलपाती) सम्म काट्ने छौं। नगद १२ हजार रुपैयाँ बुझ्ने छु।’

अर्को बाटु रावत ८ हजार, सर्जनाले ९ हजार ८ सय र कमला रावतले ११ हजार रुपैयाँ कमाइ गरेकी छन्। जुम्लामा हिउँदे सिजनमा हिउँ पर्ने र खडेरी हुनाले गाईवस्तु, भेडाबाख्रा र भैंसीलाई खुवाउन घाँस काट्ने गरिन्छ। उनी सदरमुकामकाे जनता माविमा १२ कक्षामा पढ्छिन्।

पढाइ अघिपछि बँचेको समयमा घाँस काट्ने काम गर्ने गरेको सस्मिताले बताइन्। दसैं खर्च र  ‘पढाइ खर्च जुटाउन कामपर्ने बाध्यता छ, ’ उनले भनिन्, ‘पढाइका लागि आवश्यक पर्ने किताब, कापी, कलम, विद्यालय ड्रेस र अहिलेको दसैं खर्च यही रकमले काम चलाउँछु।’

उनी मात्र हैन, गाउँघरका अन्य धेरै विद्यार्थी काट्न बजार देखिन्छन्। दसैं नजिकै आएपछि जुम्लाका गाउँवस्ती महिला हरियो घाँस काटेर चाडवाडको खर्च जोहोमा लागि परेका छन्।

यस्तै अर्की मिना बुढा पनि आजभोलि घाँस काटेर खर्चकाे जाेहाे गरेकाे बताउँछिन्। उनले भनिन् , ‘विहान ८ बजे जान्छौं। साँझ ५ बजे फर्केर घर पुग्छौं। दिउँसोभरि साहुको घाँस काट्छौं।’

साँझ नगद रुपैयाँ हातमा पर्दा दुख हराउँछ। बुढाले भनिन्। १७ दिन घाँस काटेर १३ हजार ६ सय रुपैयाँ कमाइयो, अब बजारको बसाइँ छ। कोठा भाडा, चामल, दसैंको मासु र सफिङ (लुगाफाटो) गर्ने तयारी गरेको बताइन्।

यस्तै अर्की प्याउरी रोकायाले पनि घाँसबाट राम्रो कमाइ भएकाे सुनाइन्। ७/८ जना जान्छौं,दुखसुख साटासाट गर्छौ। दुखको अनुभव हुँदैन। प्यारीले भनिन्।

उनले पनि १३ हजार ६ सय नगद बुझेको मुस्कुराउदै खुसी भइन्। काटेको घाँस सुकाएर हिउँदमा खुवाउने गर्छन्। पुष र माघमा बढी हिउँ पर्छ। जुम्लाका महिलाहरू घाँस काट्न आजभोलि वनपाखा र खेतबारीमा व्यस्त छन्। जताततै मानिस घाँस बोकेको र काट्दै गरेको  देखिन्छन्।
अर्को समाचार
दसैंमा पनि तरकारी बेच्दै थारु महिला
२५ असोज २०८१
•
२ मिनेट पाठ
दसैंमा पनि तरकारी बेच्दै थारु महिला
दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन। बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु महिलाले उत्पादन गरेका तरकारीले नेपालगञ्जवासीलाई लोभ्याएको छ।




यहाँ ग्रामीण क्षेत्रका थारु महिलाले गाउँमा उत्पादन गरेका तरकारी  प्रत्येक दिन बिहानपख नेपालगञ्जको धम्बोझी चोक क्षेत्रमा ल्याएर बिक्री गर्ने गरेका छन्।

यसपालि दसैँमा गाउँको तरकारी सहरमै उपलब्ध गराएको बर्दिया राजापुरकी श्यामकली थारुले बताइन्। “आजसम्म त बिक्री गरिरहेका छौँ, धेरै जनाले भोलिलाई पुग्नेगरी तरकारी किनेर लैजानुभएको छ”, आज बिहान तरकारी बिक्री गरिरहेको अवस्थामा भेटिएकी उनले भनिन्, “भोलि दसैँको दिन आउँदैनाैं, त्यसपछि फेरि आइहाल्छाैं।”

नेपालगञ्ज–२ निवासी सुनीलसिंह हमालले आफ्नो भान्सामा एक वर्षदेखि गाउँमा उत्पादित तरकारी पाक्ने गरेको बताए। गाउँमा मेहनत गरेर उत्पादन गरेको तरकारी दसैँको बेलामा पनि नेपालगञ्ज पुर्याउनु आर्थिक मात्रै नभइ सेवाभाव समेत भएको उनको भनाइ छ।

गाउँको तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला आफैँले उत्पादन गरेर बजारमा पु¥याउन थालेका छन्। तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा उत्पादित तरकारीबाट प्रशस्त कमाइसमेत गर्न सफल भएको बर्दिया बढैयाताल गाउँपालिका–३ का महिला वडा सदस्य दुसानी थारुले बताइन्।

उनले बर्दियाबाट नेपालगञ्ज दैनिक तरकारी ल्याएर बिक्री गर्दै आएको बताइन्। “म १० वर्षदेखि कृषि पेसामा आबद्ध छु, पहिला अर्गानिक तरकारी साइकलमा राखेर नेपालगञ्जका चोकचोकमा पु¥याउनुपथ्र्यो”, उनले भनिन्, “अहिले धेरै दिदीबहिनी धम्बोझीमा जम्मा भएर बिक्री गर्ने गरेका छौँ।”

नेपालगञ्जमा गाउँबाट ल्याएको तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि तरकारी उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका दुसानीको भनाइ छ। उनले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक १५ देखि २० हजार रूपैयाँसम्म आम्दानी गरिरहेको सुनाइन्।

बाँकेको नौबस्तामा घरवरिपरि तरकारीखेती गरिरहेकी वसन्ती थारूको तरकारी बिक्रीबाटै परिवारको जीविकोपार्जन भइरहेको छ। गाउँको तरकारी बजारमा सहजै बिक्री हुने गरेकाले टाढा भए पनि यहाँ आउने गरेको उनले बताइन्।

-रासस
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस