‘छठ मनाउन सरसापट खोज्नु पर्दैन’
१९ कार्तिक २०८१
•
४ मिनेट पाठ
‘छठ मनाउन सरसापट खोज्नु पर्दैन’
फाइल तस्वीर
मिथिलावासीले दीपावली पर्व आइतबार भैयादुज मनाइएसँगै सम्पन्न गरेका छन्। दीपावली सकिएलगत्तै अब  मङ्गलबारदेखि नै पर्व छठ सुरु हुँदैछ। मिथिलामा दीपावली र छठसहितका पर्व श्रमजीवीका लागि पर्खाइका हुन्छन्। यी पर्वमा थप आर्जनको अवसरले गरिब किसान र श्रमिक मजदुर र यिनका परिवारमा अलिकति खुसी थपिने गरेको छ।




पर्वमा थोरै जग्गा भएका किसानका घर करेसामै उत्पादित फसलले राम्रो बजार पाउँछन्। करेसाबारीमा फुलेका फूल, दुई/चार झ्याङ् केरा, केही अदुवा, बेसार, बोट ज्यामिर र थोरथार हुर्केका मूलाबाटै पनि यी पर्वमा राम्रो कमाइ हुन्छ। दीपावलीमा पनि यी उत्पादन राम्रै मूल्यमा बिक्छन्। छठका लागि त यी अनिवार्य सामग्री नै हुँदा झन् राम्रो मूल्य पाउने किसानले आश सँगालेका हुन्छन्।

दीपावली पर्वको गोधन तथा गोवद्र्धन पूजाका दिन घरपालुवा पशुवस्तु (गाई, गोरु, बाछाबाछी) लाई दाम्लो फेराउने चलनले यसबेला दाम्लो, गर्दामी (पशुको गलामा लगाउने कलात्मक डोरी) बनाउने सीपका गरिब श्रमिकले राम्रो आर्जन गरेका छन्। गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व आर्जनका लागि खास अवसर बन्ने गरेका हुन्।

“यसपालि गर्दामी, दाम्लो र राइस (पशुवस्तु डो¥याउन प्रयोग गरिने डोरी) बेचेर आठ/१० हजार हात प¥यो”, पाटका सुत्री बाटेर यस्ता सामग्री बनाउने सीपका भङ्गाहा–४ रामनगरका ५५ वर्षीय छेदी महतो भन्छन्, “यो कमाइले आफ्नो छठ मनाउन कहीँ सरसापट खोज्नु नपर्ला।”

गोधन पर्वलक्षित यी सामग्री अन्यबेला भन्दा अलि कलात्मक बनाइने हुँदा मूल्य पनि राम्रो पाइने गरेको उनको भनाइ छ।

यस्तै, दीपावली पर्वकै लक्ष्मीपूजाका दिन घर करेसाबारीमा केही झ्याङ् केरा लगाएका गरिब किसानले थाम बेचेर केही आम्दानी गरेका छन्। यसैगरी, केराका घरीले पनि छठमा राम्रो मूल्य पाउँछन्।

मिथिलामा लक्ष्मीपूजा र छठ पर्वमा स्वागतद्वार बनाइन केराका थाम प्रयोग गरिने चलन र दुवै पर्वमा केरा फल चढाइने हुँदा केराखेतीका किसानका लागि यी पर्व आर्जनको अवसर बन्दै आएको हो।

अझ छठमा त केराका घरी नै चढाइने चलनले पर्वविशेषमा यसको बिक्री निकै बढ्ने गरेको छ। यसैगरी,  किसानका घर करेसाबारीमा लगाइएका फूल, उखु, अदुवा, बेसार, भोगटे  र ज्यामिर लगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन्। छठमा यी कृषि उत्पादन चढाइने अनिवार्य पूजा सामग्री हुन्।

यसैगरी, दैनिक जीवनमा अरू बेला अब प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री र माटाका भाँडा कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दियो बाल्ने दियौरी (पाला) दीपावली र छठ पर्वका खास सामग्री बेचेर डोम, बिन र कुम्हाल समुदायका श्रमजीवीले आर्जन गर्छन्।

यी सामग्री दीपावली र छठ दुवैमा प्रयोग गरिन्छन्। केही दशकअघिसम्म दैनिक प्रयोजनमा प्रयोग गरिने यी सामानको ठाउँ अब प्लास्टिक र सिल्भरका भाँडाकुँडाले लिएपछि पछिल्ला दिनहरुमा यी सामान पर्वविशेषका सामग्री मात्र बनेका छन्।

यसैले बाँसको चोया र कप्टेराका  सामग्री बुन्ने डोम र विन एवम्  माटाका भाँडा बनाउने कुम्हाल जाति समुदायको यी पर्वमा निकै व्यस्तता बढ्ने गरेको छ। दुवै पर्वको आर्जनले आफ्नो चाडबाड मनाएर वर्षभरिको नगद जोहो गर्नुपर्ने हुँदा अहिले आफ्नो सीपको खास अवसर भएको यी जाति समुदायका गरिब बताउँछन्। यो बेला घर रङरोगन गर्ने सीपका कामदारको पनि माग ह्वात्तै बढ्ने गरेको छ।

“यसपालि दियाबाती (दीपावली) मा दियौरी, घैँटा, ढकना र तौलासहितका सामान बेचेर आफ्नो घरको दीपावली र छठ खर्चको जोहो भएको छ, अब छठका लागि बिक्री हुने रकम अन्य बेलाको नगद खर्चका लागि साँचिन्छ”, महोत्तरीको औरही–४ का महेश पण्डित कुम्हालले भने। यसैगरी, बिन र डोम (मरिक) समुदायले पनि नगद खर्चको जोहो यी पर्वबाट हुने गरेका बताएका छन्।

अहिले दीपावलीका लागि सामग्री बेचेका श्रमिक अब छठका सामग्री बेच्ने तयारीमा छन्। यस भेगमा अहिले पर्वमा माग हुने कृषि उपज र बनाइने अन्य सामग्रीबारे सोधखोज र चासो बढेको छ।

पर्वका सामग्री किन्ने उपभोक्ताले यस्ता सामग्री खोज्ने, किन्ने र दामकाम पक्कापक्की गर्न थालेका देखिँदो छ। यसपालि दसैँअघिको बेमौसमी वर्षाले धानबाली र अन्य तरकारीबाली निकै क्षति गरेपछि पिरोलिएका किसान अहिले पर्व विशेषमा महत्व पाउने आफ्ना कृषि उपज (अदुवा, उखु, ज्यामिर, केराआदि) बेचेर छठ पर्व टार्ने धुनमा देखिन्छन्।

“आफ्नो त खासै जग्गा छैन हजुर, घरछेउको करेसाबारीमा थोरै अदुवा सपारेकी छु, एउटा बोट ज्यामिर लटरम्म फलेको छ” बर्दिबास–९ पशुपतिनगरकी शैल महतो भन्छन्, “छठमा यिनै उपज बेचेर आफ्नो पर्व खर्च जुट्ने विश्वासमा छु।”

करेसाबारीको दुई तीन धुर जग्गामा उखु पनि रहेको र पर्वमा उखुका लाँक्रा बिक्ने गरेको हुँदा छठ सहजै टर्ने उनको विश्वास छ।

हिन्दू वैदिक परम्पराका दिवाली र छठ पर्व कृषिसँग अभिन्न रूपले जोडिएका यस भेगका पाका व्यक्तित्वले बताउँछन्। मुख्य खेती (अन्नबाली) लगाउने समय सकिएको र नयाँ बाली (धान) भित्र्याउने समयअघि पर्ने यी पर्व धनी गरिब सबैका लागि खुसीको अवसर हुने गरेका बर्दिबास–७ का ७० वर्षीय विन्देश्वर यादव बताउँछन्।
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
३३ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ४ सेकेन्ड अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस