खोटाङको रावाबेंसी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई जाडो छल्न न्यानो कपडा प्रदान गरिएको छ। बढ्दो चिसोयाममा जाडो छल्नका लागि रावाबेंसी–६ हौंचुरवासी ज्येष्ठ नागरिकलाई न्यानो फाइबरको सिरक वितरण गरिएको हो।
वडा कार्यालयको स्वीकृत वार्षिक कार्यक्रमअनुसार ४५ जना ज्येष्ठ नागरिकलाई आइतबार आयोजित एक कार्यक्रममा सिरक वितरण गरिएको हो। वडा कार्यालयमै आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई फाइबरको सिरक वितरण गरेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताए।
वृद्धवृद्धा बाआमालाई जाडोयाममा चिसोबाट बचाउने उद्देश्यले वडागत बजेट विनियोजन गरेरै सिरक वितरण गरेको वडाध्यक्ष कार्कीले बताए।
उच्च पहाडी भेगमा पर्ने हौंचुरमा जाडो याममा अचाक्ली चिसो बढ्ने गरेको र वृद्धवृद्धालाई जाडो सहज होस् भनेर वार्षिक कार्यक्रम नै राखेर न्यानो सिरक वितरण गरेको उनले बताए।
‘हाम्रो लेकको ठाउँ, धेरै जाडो हुन्छ। यस्तो बेला वृद्ध बाआमालाई चिसो सहज गाह्रो हुन्छ,’ वडाध्यक्ष कार्कीले भने, ‘त्यसैले वडागत बजेट स्वीकृत गरेरै सिरक वितरण कार्यक्रम राखेका हौं। यसले ज्येष्ठ नागरिकलाई राहत दिने अपेक्षा गरेका छौं।’
चिसोका कारण कोही वृद्धवृद्धा बिरामी नपरून् भन्ने उद्देश्यले आफूले लिएको पनि उनले बताए।
सिरक पाउने ज्येष्ठ नागरिकहरूमा दलित, गरिब, विपन्न र एकलहरू बढिरहेको पनि कार्कीले बताए। कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी र वडाध्यक्ष कार्कीले वृद्धवृद्धालाई सम्मान गर्दै स्वास्थ्य लाभको कामनाका साथ सिरक वितरण गरेका थिए। सो वडामा बढीजसो विपन्न र गरिब परिवारका ज्येष्ठ नागरिक भएकाले पनि यस्तो योजना बनाइएको हो।
गाउँपालिका अध्यक्ष श्रेष्ठले ६ नम्बर वडाले गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको प्रशंसा गर्दै अन्य वडाले पनि अनुसरण गर्नुपर्ने बताए। अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिक समाजको सम्पत्ति भएको भन्दै उनीहरूको सम्मान गर्दै ज्ञानगुन र अनुभव लिएर समाज विकासमा लाग्ने प्रतिबद्धता पनि जनाए।