पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा
२८ माघ २०८१
•
३ मिनेट पाठ
पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले पुन: अनिश्चित कालिन बन्द र आमहड्ताल गर्ने भएको छ। 




सोमबार पत्रकार सम्मेलन गर्दै अनिश्चित कालिन बन्द र आमहड्ताल लगायत कार्यक्रमहरूको घोषणा गरेको हो।

आन्दोलनरत पक्षले माघ २२ गते सरकारी वार्ता समितिसँग भएको ६ बुँदे सहमति कार्यान्वयन नहुँदा पुन आन्दोलन गर्नुपरेको बताएको छ। 

विज्ञप्ति

मिति: २०८१/१०/२८

ताप्लेजुङको मुख्यमुख्लुङ्ग सेमुधुङ्ग मृतकको माछ धार्मिक स्थलमा केबलकार निर्माण खारेजको सम्बन्धमा सहसचिव स्तरीय सरकारी वार्ता समिति र सो केबलकार तर्फको आन्दोलनरत पक्षबिच २०८१ माघ २७ गतेसम्म दुई चरणमा वार्ता भईसकेको छ । 

मिति २०८१ माघ २२ गतेको दिन सरकारी वार्ता समितिले आन्दोलनरत पक्षको वार्ता सहजीकरण समितिसँग वार्ताको वातावरण बनाउन् भन्दै ६ बुँदे सहमति गरिएको थियो । सो सहमतिअनुसार भोलिपल्ट वार्ताको न्यूनतम वातावरण बनाऔँ भन्दै अभियन्ताहरूको यात्रा बन्द स्थानान्तर गरिएको तर सरकारले विनाशरत बन्दी रिहाइ गर्नुपर्ने साटो थोरै मात्र रिहाइ गरेको, हालसम्म केबलकार निर्माण कार्य पनि रोकिएको, उच्च स्तरीय सरकारी वार्ता समिति गठन नगरेको पाइयो ।

ताप्लेजुङको करिब १० प्रतिशत याक्थुङर लिम्बुवान भोटेल समेटिएका आफ्ना प्रतिनिधित्वविहिन संस्कृतिभित्र घुलमिल भइरहेको अभियन्ताहरू उही केबलकार मात्र खारेज गर्न र रैथाने आदिवासी संस्कृतिको अस्तित्व जोगाइ राख्न तल्लीन रहेको मात्र नभएर पर्यटकीयता केबलकार मालिक पक्षको मात्रै हो भन्ने सोच अनुमोदन नगराउन सक्छन् । जनप्रतिनिधिका जनताको पक्षमा, आदिवासी अधिकार संवैधानिक हुनुपर्ने दलाल माफिया कर्पोरेट पक्षधरको पक्षपोषण गर्नु आफैमा रहस्यमय र शङ्का गर्नुपर्ने अवस्था बनेको छ ।

त्यसैले सरकार आफ्नो प्रतिविद्धताबाट किनारा गर्न खोजेको, वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको र निलम्बित वार्ता समिति पुन बनाउने इच्छुक देखिएको हिजो मिति २०८१ माघ २७ गते बेदुक्ली सभामा उच्चस्तरीय वार्ता समिति गठन गर सरकार समक्ष माग राखिएपछि सरकार गम्भीर भएको, निर्णयको जिम्मेवारी वार्ता समिति नभएको जनाउँदै, ढिलासुस्ती र लोक जीवनको मूल्य मान्यताको धज्जी उडाएर जस्ताको तस्तै केबलकार बनाउने मुडमा सरकार रहेको देखिएपछि हिँड्न बाध्य भएका छौँ । 

त्यसैले निम्नअनुसार चरणबद्ध आन्दोलन कार्यक्रमहरू गर्ने निर्णय गरेका छौँ र पत्रकार सम्मेलन मार्फत आम नागरिकहरूमा सार्वजनिक गर्न चाहन्छौँ, तथापि हामी वार्ता र संवादको माध्यमबाट समस्या समाधान होस् भन्ने प्रतिबद्धता पुनः दोहोर्याउँछौं।

यस्ता छन् सङ्घर्षका कार्यक्रमहरू

१. मिति २०८१ माघ २८ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंक सहित आइएमई समूह १ नं। प्रदेश लगायत देश विदेशमा बहिष्कार गर्ने ।

२. २०८१ फागुन ६ देखि ९ गतेसम्म 'मुख्यमुख्लुङ्ग बचाऔँ पदयात्रा'।

३. केवलकार अनुमोदन तथा सहमतिका खारेजीका लागि फुटपाथ नागरिकलाई कार्यक्षमता धैर्य ।

४.केवलकार निर्माण समितिको दुवै पक्ष संयुक्तरुपमा बहिष्कार सभा गर्ने ।

५. कानूनी, ऐतिहासिक र वैज्ञानिक अध्ययन प्रतिवेदन लिने ।

६. लिम्बुवान, संघीयता, सहिद सँगै जिल्ला प्रशासन कार्यालय मार्फत संघ सरकारलाई विरोध पत्र बुझाउने, प्रदर्शन गर्ने र विरोध पत्र दूतावासहरूलाई विरोध पत्र पठाउने।

७. अनिश्चितकालिन बन्द र आमहड्ताल।
अर्को समाचार
पाथीभरा केबलकार विवादः निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
१६ चैत्र २०८१
•
१ मिनेट पाठ
पाथीभरा केबलकार विवादः निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।




पाथीभरा केबलकार निर्माणको काम रोक्न अन्तरिम आदेशको माग गर्दै परेको रिटमा न्यायाधीश शारङ्गा सुवेदीकोएकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले छलफलका लागि आगामी चैत २६ गते दुवै पक्षलाई बोलाउन पनि आदेश गरेको छ ।

यामबहादुर लिम्बुसमेतले दायर गरेको रिटमा गत चैत १३ गते नै उक्त आदेश भएपनि आइतबारमात्रै सार्वजनिक भएको हो ।

आदेशमा विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि भनिएको छ ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
यो पनि पढौँ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस