पाथीभरा क्षेत्रमा केबलकार निर्माणको पक्षमा रहेकाहरूले मङ्गलवार फुङलिङमा सद्भाव र्याली निकालेका छन् । ताप्लेजुङ विकास प्रेमी युवा समाजको ब्यानरमा निकालिएको र्याली नगर परिक्रमा गर्दै वीरेन्द्रचौकमा आएर कोणसभामा परिणत हुने तयारी रहेको आयोजकले जनाएका छन् ।
'वृद्ध–वृद्धा के भन्छ,केबलकार ले भन्छ’ ‘अशक्तले के भन्छ,केबलकार ले भन्छ’ ताप्लेजुङ जिल्लाको समृद्धिको आधार, पाथीभरा मुक्कुमलुङमा केबलकार’जस्ता नारा लगाउँदै प्रदर्शन गरिएको छ । र्यालीमा फुङलिङ नगरप्रमुख अमिर मादेन सहित नगर क्षेत्रका जनप्रतिनिधि समेत सहभागी छन् । उद्योगी,व्यवसायी र नागरिक समाजका अगुवा समेत र्यालीमा स्र्फुत रुपमा सहभागी भएको नगरप्रमुख मादेनले बताए । यसअघि पनि केबलकार पक्षधरहरूले सद्भाव र्याली र मोटर साइकल निकालेका थिए ।
यता केबलकार निर्माणको विपक्षमा रहेका आन्दोलनरत पक्षले पाथीभरा मन्दिरमा क्षमा पूजा र मुक्कुमलुङ पदयात्रा सुरु गर्ने भएका छन् । मङ्गलवारबाट सुरु हुने पदयात्रा फागुन ८ गते बिहीबार फुङलिङ आइपुग्ने ‘नो केबलकार’पक्षका नवीन पोमूले जानकारी दिए । पोमूका अनुसार‘नो केबलकार’पक्षले पाथीभरा मन्दिरमा क्षमापूजा भने हरेक दिन बिहान गर्ने गरी तयारी गरेको छ । मुन्धुमी धार्मिक स्थलमा भौतिक संरचना बनाएर सांस्कृतिक अतिक्रमण गरेको भन्दै युमामाङसँग प्रार्थनाका लागि क्षमा पूजा गर्न लागिएको‘नो केबलकार’पक्षले जनाएको छ ।
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
पाथीभरा केबलकार निर्माणको काम रोक्न अन्तरिम आदेशको माग गर्दै परेको रिटमा न्यायाधीश शारङ्गा सुवेदीकोएकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले छलफलका लागि आगामी चैत २६ गते दुवै पक्षलाई बोलाउन पनि आदेश गरेको छ ।
यामबहादुर लिम्बुसमेतले दायर गरेको रिटमा गत चैत १३ गते नै उक्त आदेश भएपनि आइतबारमात्रै सार्वजनिक भएको हो ।
आदेशमा विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि भनिएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...