एक महिनामै ४९ जनाको मृत्यु
१३ मंसिर २०७६
•
११ मिनेट पाठ
एक महिनामै ४९ जनाको मृत्यु
रेखा भुसाल/लक्ष्मण घिमिरे




बुटवल – कपिलवस्तु बाणगंगाकी २४ वर्षीया विमला पोखरेल सुत्केरी अवस्थामा माइत बसेर बुधबार सन्धिखर्कस्थित घर फर्कंदै थिइन्। दुई छोराहरू तीन वर्षीय स्पर्श र तीनमहिने शोभाकरलाई लिएर घर फर्कंदै गर्दा उनी चढेको बस नरपानी भन्ने ठाउँमा आइपुग्दा दुर्घटनामा प-यो। उक्त दुर्घटनाले शोभाकरलाई चुँडेर लग्यो। विमला अहिले मेडिकल कलेज भैरहवामा उपचाररत छिन्। सन्तान गुमाउँदाको पीडामा उनी घरीघरी मूच्र्छित हुन्छिन्। होसमा आउँदा विमला एकोहोरो बच्चा खोजिरहन्छिन्। ठूला छोरा स्पर्श पोखरेलको अवस्था पनि गम्भीर छ। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

भूमिकास्थानका सीता घिमिरे, मेघराज भण्डारी, डिहीडाँडाका शिवलाल भट्टराई र बलराम भट्टराई नजिकका नातेदार हुन्। कपिलवस्तुको गोरुसिङेमा आफन्तको बिहेका जान भनी सन्धिखर्कबाट एउटै बसमा हिँडेका उनीहरू चारजनाको पनि दुर्घटनास्थलमै ज्यान गयो। नरपानी दुर्घटनामा बुधबार १९ जनाले ज्यान गुमाए। दुर्घटनामा बाँचेकाहरूको पीडा बुटवल भैरहवाको अस्पतालमा हेरिनसक्नु छ। कसैका हात भाँच्चिएका छन्, कसैका खुट्टा। अस्पतालका अनुसार कसैलाई स्पाइनल इन्जुरी भएको छ। कसैको शरीरमा विभिन्न भागमा काटिएका छन्। कसैको संवेदनशील अंगमा गहिरो चोट छ।

सन्धिखर्कबाट बुटबलका लागि छुटेकोे लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको त्यही साँघुरो बाटो भएको ठाउँमा तीन साताअघि सेलरो कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएको थियो। रूपन्देहीको सैनामैनाकी ७० वर्षीया देवी खड्का तीन भाइ छोरा र एक नातिलाई लिएर कात्तिक २० गते बेचिसकिएको पुख्र्यौली जायजेथा पास गरिदिन सन्धिखर्क जाँदै थिइन्। उनीहरू चढेको गाडी नरपानी नजिकै भीरबाट खस्यो। देवीसँगै उनका दुई भाइ छोराको घटनास्थलमै ज्यान गयो। एउटा छोरा र नाति विनोद घाइते भए। विनोदको हेड इन्जुरीसँगै शरीरका विभिन्न भागमा गहिरो चोट छ। उनको अवस्था अहिले पनि गम्भीर छ। त्यसको ठीक एक महिना पहिले असोज २० गते पनि घुम्ती–नरपानी खण्डमै स्कार्पियो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो।

नरपानी प्रहरी चौकीका असई सूर्य पन्थीका अनुसार पछिल्लो दुई महिनामा भएका यी तीनवटा घटना मुस्किलले दुई सय मिटर आसपासमा भएका हुन्। अर्घाखाँचीको नरपानी–घुम्ती खण्डको करिब १२ किलोमिटर दूरीमा भएका दुर्घटनामा मात्रै पछिल्ला वर्षहरूमा धेरैले ज्यान गुमाएका छन। धेरै घाइते भएका छन्। साउनयता मात्रै यही खण्डमा २५ जनाले ज्यान गुमाए। गत वर्ष यो खण्डमा सातवटा दुर्घटना भएका थिए। त्यसमा तीनजनाको ज्यान गएको थियो भने ३८ जना घाइते भएका थिए। २०६८ सालदेखि यो खण्डमा निरन्तर दुर्घटना भइरहेको प्रहरी तथ्यांकले बताउँछ। पछिल्लो डेढ वर्षमा एउटै खोल्सामा लगातार तीनवटा गाडी खसिसकेका छन्। असई पन्थीका अनुसार बुधबार दुर्घटनामा परेको बसभन्दा केही तल दुर्घटनाग्रस्त कारका पार्टपुर्जा पनि अड्किएका छन्।

यो क्षेत्र दुर्घटनाको उच्च जोखिम क्षेत्र हो भन्ने प्रहरीको तथ्यांकले पुष्टि गर्छ। तर त्यही क्षेत्रमा प्रहरी तथा सम्बन्धित निकायले दुर्घटना न्यूनीकरणका लागि न्यूनतम सचेतना पनि अपनाएको देखिँदैन। नरपानी–घुम्ती खण्ड छोटा घुम्ती तथा मोडसँगै डाँडाको घेच हुँदै जाने साँघुरो बाटो हो। यो खण्ड जाडोयाममा मात्रै होइन, गर्मीयाममा पनि शीतले चिप्लो हुन्छ। तिनै छोटा मोड र चिप्लो बाटोमा चालकले तीव्र गतिमा गाडी कुदाउँछन्। उनीहरू घुम्तीमा हर्न बजाउनसमेत जरुरी ठान्दैनन्। सम्बन्धित निकायले पनि त्यहाँ ट्राफिक संकेतका बोर्डसमेत राखेको छैन। प्रदेशका १२ जिल्लामध्ये यस्ता जोखिम क्षेत्र थुप्रै छन्।

लामो समय यो रुटमा गाडी चलाएका लु१ख ५७३३ नम्बरका गाडीधनी आत्मसिंह घर्तीमगरले दुर्घटनाको जोखिम भएको क्षेत्रमा ट्राफिक संकेत तथा घुम्तीहरूमा स्टिल मिरर राख्नुपर्ने र सडकको नियमित मर्मत–सम्भार हुनुपर्ने बताए। ‘चार/पाँच वर्षदेखि यो कुरा उठाउदै आएका छौ। तर न त हाम्रो कुरा प्रहरीले सुन्छ न अन्य निकायले,’ उनले भने। सडकमा राखिने सामान्य ट्राफिक संकेत तथा सचेतनासम्बन्धी बोर्डले चालकलाई धेरै हदसम्म सजग बनाउने घर्तीको भनाइ छ। जबसम्म यात्रा सुरक्षित बनाउन धेरै ठूलो महत्व राख्ने ससाना काम हुँदैनन्, तबसम्म सुविधासम्पन्न होटलमा गरिने कार्यक्रमले दुर्घटना न्यूनीकरण हुन नसक्ने उनको ठहर छ।

घर्तीले भनेजस्तै प्रदेश ५ मा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियानका नाममा कोठे कार्यक्रमहरू भइरहेका छन्। ती कार्यक्रमले सचेतना जगाउने र दुर्घटना न्यूनीकरणमा सघाउने भनिए पनि प्रदेशमा सवारी दुर्घटना हरेक महिना बढ्दो छ। पछिल्लो एक महिनामा मात्रै यो प्रदेशमा सडक दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका छन। पछिल्लो साढे चार महिनामा एक सय ९५ जनाले दुर्घटनामा ज्यान गुमाएको तथ्यांक ट्राफिक प्रहरीसँग छ। यो अवधिमा ६ सय ७४ जना घाइते भएका छन। तीमध्ये चार सय १७ जना गम्भीर अवस्थाका घाइते हुन्। साउनयता प्रदेशका १२ जिल्लामा चार सय चारवटा दुर्घटनामा पाँच सय ५६ वटा सवारीसाधन क्षतिग्रस्त भएका छन। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहका अनुसार यी घटनामा चालकको लापरबाही मुख्य कारण देखिएको छ।

दुर्घटनामा चालकको लापरबाही मुख्य कारण भनिए पनि त्यसको निराकरणका लागि सम्बन्धित निकायले ठोस पहल गरेको देखिँदैन। पहाडी जिल्लाहरूमा मापदण्ड नपुगेका साँघुरा र जीर्ण सडकसँगै यान्त्रिक गडबडीले पनि दुर्घटना बढेको प्रहरी अनुसन्धानले देखाउँछ। तर यातायात व्यवस्था विभागले सवारी चेकजाँच र सडक विभागले सडक मर्मत–सम्भारको कामलाई प्राथमिकता नदिएकाले दुर्घटना बढेको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलबासे बताउँछन्। सडक सुरक्षाका लागि सम्बन्धित निकायले गर्नुपर्ने न्यूनतम कामहरूसमेत गरेका छैनन्। प्रदेश प्रहरी कार्यालय दाङका डिएसपी नवराज पोखरेलका अनुसार तुलसीपुर–सल्यान, घोराही–तुलसीपुर, बेलहिया–भूमही खण्ड, बुटवल–दाउन्ने, गोरुसिङे–सन्धिखर्क, बाँके–कोहलपुर दुर्घटना बढी हुने क्षेत्र हुन्।

तर तीनै खण्डका जंगल, मोड, घुम्ती, बस्ती र बजार क्षेत्रमा पनि ट्राफिक चिन्न तथा बोर्डहरू सितिमिती भेटिँदैनन्। अधिकांश दुर्घटनामा कारण पत्ता लगाएर सचेतनाका उपाय अपनाएको देखिँदैन। सडक विभाग, ट्राफिक, नेपाल प्रहरी, यातायात व्यवस्थाजस्ता निकायबीच आपसी समन्वय पनि देखिँदैन। यी निकायका अधिकारीहरू अर्कोलाई गर्नुपर्ने काम नगरेको भनेर दोष थोपरेर आफू उम्कने गरेको पाइन्छ।

लामो दूरीको सवारीसाधनमा दुईजना चालक अनिवार्य भनिए पनि कार्यान्वयन भएको छैन। मोटरसाइकलवालाको लापरबाही निकै बढेको भनिए पनि त्यसलाइ रोक्ने कुनै ठोस कदम चालिएको छैन। ट्राफिक चेकिङ मुख्य सडक र सहरी क्षेत्रमा केन्द्रित छ। साना तथा निजी सवारीसाधनको संख्या अनुपातमा सडकको मर्मत–सम्भार र विस्तारमा ध्यान दिइएको छैन। सडक दुर्घटनामा प्रदेश सांसदले ज्यान गुमाएपछि दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भनेको प्रदेश सरकारको अभियान पनि अहिले सेलाएको छ। सडकमा टिपर आतंक उस्तै छ। गत फागुनदेखि टाइमकार्ड लागू गरेको भनिए पनि त्यसको कार्यान्वयन भएको छैन।
अर्को समाचार
पोखरीमा डुबेर २४ जनाको मृत्यु
०२ भदौ २०७९
•
४ मिनेट पाठ
पोखरीमा डुबेर २४ जनाको मृत्यु
सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरीमा डुबेर गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ। 




राजगढ गाउँपालिकामा गत बुधबार मात्र एक बालकको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भयो। उक्त गाउँपालिका–४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा सोही ठाउँका वीरेन्द्र मण्डलको छोरा १३ वर्षीय राजा मण्डलको पनि डुबेरै मृत्यु भएको  प्रहरीले जनाएको हो।

बुधबार मृत्यु भएका बालकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ। यसअघि साउन २६ गते बोदे बर्साइन नगरपालिका–८ काचनमा एक बालिकाको पोखरीमै डुबेर मृत्यु भयो। सोही ठाउँ बस्ने मीताराम दासकी छोरी छ वर्षीया नन्दनी कुमारी दासको पनि नुहाउने क्रममै मृत्यु भएको थियो।

यसैगरी साउन २४ गते जिल्लाको दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक युवकको पोखरीमा डुबेर मृत्यु भयो। छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित पोखरीमा डुबेर दुई वर्षीय दिप पण्डितको मृत्यु भएको थियो। सोही दिन विष्णुपुर गाउँपालिका–३ बस्ने ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमै डुबेर मृत्यु भयो। उनी पोखरीको मध्य भागमा फुलेको कमलको फूल टिप्न गएका थिए। 

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० को सुरुआतमै जिल्लामा दुई बालक, एक बालिका र एक युवकको डुबेर मृत्यु भएको थियो। प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ। मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा ११, २०७७/०७८ मा २२ र २०७८/७९ मा २४ जनाको डुबेर मृत्यु भएको थियो। नयाँ आर्थिक वर्षको सुरुआतमै चार जनाको मृत्युले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

तीन वर्षको अवधिमा बालबालिकाको मृत्यु अन्य कारणले भन्दा डबेरै मृत्यु हुनेको सङ्ख्या अधिक रहेको छ। तीन वर्षमा २१  बालक र १२  बालिका गरी ३३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। जस्मा सात  बालक र छ जना बालिका त पाँच वर्ष मुनिका छन्।

यसैगरी १९ देखि २५ वर्ष उमेरका छ पुरुष, २६ देखि ३५ वर्षका दुई महिला र चार पुरुष, ३६ देखि ४५ वर्षका एक महिला र दुई पुरुष, ४६ देखि ५५ वर्षका एक महिला र दुई पुरुष, ५६ देखि ६५ वर्षका तीन पुरुष तथा ६६ वर्ष माथिका तीन पुरुषको मृत्यु पनि डुबेरै भएको उल्लेख छ ।

तराई–मधेसमा पोखरीसँगै नदी, नाला, नहर, खोला, खाल्डोमा डुबेर समेत मृत्यु हुने गरेको छ। यो तीन वर्षको अवधिमा २६को पोखरीमा, १०को खाल्डोमा, सातको खोलामा, १०को नहरमा र चार जनाको नदीमा डुबेर मृत्यु भएको थियो।

गर्मी बढेसँगै पोखरीमा नुहाउन जानेकोे सङ्ख्यामा वृद्धि हुनुका साथै पोखरीधनी र अभिभावकको लापरबाहीका कारण बर्सेनि पोखरीमा डुबेर मृत्यु हुने घटना बढेको प्रहरीको भनाइ थियो। डुबेर बालबालिकाको बढी मृत्यु हुनामा अभिभावकको लापरबाही नै देखिएको प्रहरीको अनुमान छ।

प्रहरी नायब उपरीक्षक काफ्लेले अभिभावकबाट आवश्यक निगरानी हुन नसक्दा घटना वृद्धि भएको बताए। 'अभिभावक काममा जाँदा बालबालिकालाई घरमा छाडेर जानुपर्ने, बालबालिकालाई गाईवस्तु चराउन वा घाँस काट्न पठाउनुपर्ने हुन्छ,' विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका यदुनन्दन यादव भन्छन्, 'ग्रामीण बस्तीमा खानेपानी र नुहाउन पोखरीकै भर पर्नुपर्ने हुन्छ यसले गर्दा दुर्घटना बढेको हो।'

प्रहरीका अनुसार यसअघि छठपर्वमा ४२० ओटा छठघाट रहेको पोखरी, नदी तथा नहरमा प्रहरीले सुरक्षा दिएको थियो। प्रहरी नायब उपरीक्षक काफ्लेले  भने, 'गाउँबस्तीमा पर्याप्त पोखरी भएकामा तीनमा घेराबार वा  कतिपय पोखरीमा डिलसमेत नहुनाले बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ। अभिभावकले बालबालिका कता छन्, के गर्दैछन् भनेर पर्याप्त ध्यान दिनुपर्छ।'

सामुदायिक सेवा केन्द्रका लिल्लाअध्यक्ष हितनारायणलाल दासले बालबालिकालाई पोखरी, नहर, कुलोजस्ता जलाशय भएको स्थानमा एक्लै जान नदिने, पोखरीमा नुहाउनै परे ठूला मानिसको रेखदेखमा नुहाउन लगाउनेबारे अभिभावकलाई सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

डुबेर मृत्यु हुनेमा बालबालिका बढी भए पनि मादक पदार्थ खाएका, छारेरोग लागेका, पानीको गहिराइको बेवास्ता गरेका ठूला मानिसको पनि डुबेर मृत्यु हुने गरेको छ। जिल्ला प्रहरीले डुबेर मृत्यु हुने घटना वृद्धि भएको जनाउँदै अभिभावकलाई ध्यान पुर्‍याउन र निगरानी गर्न आग्रह गरेको छ। 'तराई–मधेसमा नदी, पोखरी मानिसको दैनिक जीवनसँग जोडिएको छ।'

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी किनारका भूपदेव मालीले भने, 'आयस्रोतको समेत प्रमुख आधार भएको नदी तथा  पोखरीमा ज्यान जाने क्रम बढेकाले यसको व्यवस्थापनमा राज्यले नै अग्रसर भई सुरक्षित बनाउनु पर्छ।' रासस
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस