तीनजना मृत फेला
१९ मंसिर २०७६
•
२ मिनेट पाठ
तीनजना मृत फेला
खोटाङ – खोटाङका छुट्टाछुट्टै स्थानमा तीनजनाको शव फेला परेको छ। ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको देउरालीस्थित जंगलमा सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–४ काउलेका अन्दाजी ६० वर्षीय टंकबहादुर राई, खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खु शिवालयको सामाताङ खर्कडाँडाका अन्दाजी १७ वर्षीय भीमबहादुर दर्जी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकार–५ लफ्याङका अन्दाजी ८१ वर्षीय दीर्घराज राई मृत फेला परेका हुन्।




आफन्तलाई जानकारी नदिई मंसिर १४ गतेदेखि बेपत्ता टंकबहादुरको शव मंगलबार जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। घटनाबारे जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ।

भीमबहादुरको लाश भने घरनजिकै झुन्डिएको अवस्थामा मंगलबार फेला परेको हो। सोही दिन बिहान विनाजानकारी घरबाट हिँडेका भीमबहादुरको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक खेरवारले बताए। यस्तै, मंगलबार बेलुका हराएका दीर्घराजको शव पनि बुधबार घरनजिकैको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरी निरीक्षक खेरवारले बताए।
अर्को समाचार
तीन दिनमा तीनजना मृत फेला
०९ पौष २०७६
•
२ मिनेट पाठ
तीन दिनमा तीनजना मृत फेला
ओखलढुंगा – तीन दिनको अवधिमा ओखलढुंगाका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान सिद्धिचरण नगरपालिका–५ बिप्लाटेमा काठमाडौं पेप्सीकोलाका करिब ४५ वर्षीय विष्णु खत्री मृत अवस्थामा फेला परेका हुन्। अन्डाको व्यापार गर्न आएका खत्रीको सुतेकै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ। अत्यधिक मादक पदार्थ सेवन तथा चिसोका कारण उनको ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ। सोमबार साँझ सोलुखुम्बुबाट अन्डा बिक्री गरी आफ्नै गाडीमा काठमाडौं फर्कने क्रममा ओखलढुंगाको विप्लाटेस्थित एक घरमा बास बसेका थिए। बास बसेको घरमा बेलुका केही नखाई सुतेका खत्रीलाई बिहान बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा उनी मृत फेला परेको घरधनी श्यामकुमार श्रेष्ठले बताए।




त्यस्तै सोमबार ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको लिखु नदीकिनारस्थित भित्ता खर्कमा रामेछापका एक व्यक्ति मृत फेला परेका थिए। रामेछापको उमाकुण्ड गाउँपालिका–४ का लिलबहादुर खुलाल मृत भेटिएका हुन्। गत मंसिर १८ गते आफ्नै घरबाट बेपत्ता खुलालको लास लिखु नदीकिनारमा भेटिएको हो। त्यसैगरी आइतबार खिजिदेम्बा गाउँपालिका–४ खिजिकातीमा सोही गाउँपालिका–३ का २६ वर्षीय राजु सुनुवारको लास फेला परेको प्रहरीले जनाएको छ। सुनुवारलाई मृत अवस्थामा स्थानीयले फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। काठमाडौंबाट घर फर्कने क्रममा उनको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए। तीनवटै घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपेश खड्काले जनाएका छन्।
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस