खडेरी र फौजी किरा पीडितलाई राहतको व्यवस्था गर्न आग्रह
२८ जेष्ठ २०७७
•
१ मिनेट पाठ
खडेरी र फौजी किरा पीडितलाई राहतको व्यवस्था गर्न आग्रह
प्रदेशसभा सांसद उषाकला राईले खोटाङका खडेरी र फौजी किरा पीडित नागरिकलाई विशेष राहतको व्यवस्था गर्न सरकार समक्ष आग्रह गरेकी छन् । १ नम्बर प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा बुधबार शून्य समयमा बोल्दै खोटाङकी प्रदेशसभा सांसद राईले खडेरी र फौजी किराको प्रकोपका कारण अन्नबाली उत्पादन नहुँदा भोकमरीको चपेटामा परेका नागरिकका लागि विशेष राहतको कार्यक्रम ल्याउनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन् ।  




सांसद राईले जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपीलासगढी गाउँपालिका लगायतका स्थानीय तहका नदी किनार क्षेत्रका गरिब जनता खडेरी र फौजी किराको मारमा परेको उल्लेख गरिन् । ‘एकातिर खडेरी, अर्कोतिर फौजी किराको अतिक्रमण, त्यसमाथि कोरोना भाइरसको संक्रमण । यी तीन चिजले खोटाङलाई आक्रान्त पारेको छ,’ सांसद राईले भनिन्, ‘गरिब जनता काम र माम नपाएर अत्यान्त पीडाग्रस्त हुनुहुन्छ । समस्याग्रस्त श्रमिक र गरीब, सुक्खाग्रस्त क्षेत्रका खडेरी पीडितलाई विशेष राहत कार्यक्रमको व्यवस्था गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’  

प्रदेशसभा सांसद राईले जिल्ला अस्पताल खोटाङमा दरबन्दी अनुसारको डाक्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थाका लागि सरकार समक्ष आग्रह गरेकी छन् । उनले विकास निर्माणको चटारो लागेको बेला सिमेन्टको मूल्या बढेको भन्दै मूल्य नियन्त्रणका लागि चासो दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
अर्को समाचार
मकैमा अमेरिकी फौजी किराको प्रकोप
१३ जेष्ठ २०८१
•
२ मिनेट पाठ
मकैमा अमेरिकी फौजी किराको प्रकोप
इच्छा कामना गाउँपालिका –७ स्थित भालुमाराका हरिराम गुरुङले १२ कठ्ठा जग्गामा मकै खेती गरेका छन्। तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो।




‘हाम्रो तिर विगतका वर्षमा यस्तो प्रकोप थिएन। पन्ध्र सय बढीको औषधि(विषादी) लिएर हाल्दा पनि उस्तै छ,’ उनले भने ‘गत बर्ष खडेरीले मकै भएन अहिले फौजी किराले सखाप पार्ला जस्तो छ।’ सात जनाको परिवार रहेको गुरुङको प्रमुख पेसा कृषि हो। आफुले लगाएको खेतीपातीमा रोग लाग्दा लगानी समेत नउठ्ने उनले बताए। ‘मकै छर्दादेखि थन्काउँदासम्म ५० हजार रुपैयाँ लाग्छ, अहिले मकै छर्दा र गोड्दा ३५ हजार रुपैयाँ लाइसक्यो । मकै हुने नहुने थाहा छैन’–उनले भने।

किराको प्रकोप हट्छ कि भनेर फिराडोन, थाइमेड लगायत गरी चार पटक मकैमा विषादी हालिसकेका छन्। त्यसले नभएपछि उनी गाउँपालिकाले सिफारिस गरेको विषादी प्रयोग गर्न सोचमा छन्। उनको जस्तै पीडा ६६ वर्षीय प्रेम बहादुर प्रजा, रामबहादुर गुरुङ लगायत इच्छा कामना गाउँपालिकाका सबै किसानको छ। किसानहरू आफ्नो बाली कसरी जोगाउने भन्ने अन्योलमा छन्। ‘रोग नलाग्दा खान पुग्थ्यो। यहीबाट नुन तेल समेत खरिद गर्दथ्यौँ। रोग लागेपछि के खाने कसो गर्ने भन्ने भएको छ’ प्रेम बहादुर चेपाङले भने ‘यसलाई कसरी निर्मूल गर्न सकिन्छ? हामीलाई उपचारको खाँचो छ।’

अमेरिकी फौजी किराको प्रकोपले इच्छाकामनाका किसानहरू प्रताडित भएका छन्। मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो कि भन्ने चिन्तामा छन्। गतबर्ष खडेरीले मकै सुकेर किसान पीडित भएका थिए।

मकै राम्रो उत्पादन हुने इच्छाकामनाको खेतबारी, भालुमारा, तमिन, पामडाँडा लगायतका सात वटै वडामा फौजी किरा देखिएको गाउँपालिकाका कृषि अधिकृत अशिष त्रिपाठीले जानकारी दिए। फौजी किरा देखिएपछि गाउँपालिकाले उपचार विधि सहित विषादी निःशुल्क प्रदान गर्न थालिएको उनले बताए। ‘हामीले इच्छा कामना वडा नम्बर २ को तमिन र पामडाँडा ७ नम्बर वडाको खेतबारी भालुमारामा विषादी वितरण गरिसेका छौँ। ६ नम्बर वडामा भोलि र पर्सि गर्दै छौँ,’उनले भने, ‘विषादीको समुचित प्रयोग सहित जैविक विषादीको प्रयोगका विषयमा समेत हामीले जानकारी दिएका छौँ।’

अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो। यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो। यो राति चर्न मन पराउँछ। अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको थियो। सिफारिस नगरिएको रासायनिक विषादी प्रयोग गर्दा सही विषादी पनि प्रभावहीन हुन सक्ने किट विज्ञ बताउँछन्। 

फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ। मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ। यसलाई विषादीको प्रयोग गरेर नै हटाउनुपर्ने कृषि अधिकृत त्रिपाठीले जानकारी दिए। चितवन जिल्लामा वार्षिक २६ हजार मेट्रिकटनको हाराहारीमा मकै उत्पादन हुने गरेको छ। जिल्लामा रामपुर कम्पोजिट, सिपी र श्रेष्ठ जातका मकै लगाइँदै आएको छ। 
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस