ठेक्का नलिएपछि आफैले उत्खनन् गरेर बिक्री गर्ने
३१ जेष्ठ २०७७
•
१ मिनेट पाठ
ठेक्का नलिएपछि आफैले उत्खनन् गरेर बिक्री गर्ने
नदीजन्य पदार्थको उत्खनन् गर्न धरानको खोलाहरू ठेक्का लगाउदा हरेक वर्ष झमेला हुने गरेको छ । सेटिङमा न्युन रकममा ठेक्का लगाएको तथा ठेक्का लगाएको भन्दा बढी उत्खनन् गर्दा पनि उपमहानगरपालिका चुप बसेको जस्ता आरोप लाग्दै आएको हो ।




यसपाली भने खोला उत्खननमा धरान उपमहानगरपालिकाले नयाँ अभ्यास थाल्ने भएको छ । लकडाउनको कारणले खोलाहरू ठेक्का लाग्न नसकेको र आर्थिक वर्ष पनि सकिनै लागेपछि उपमहानगरपालिका आफैले खोला उत्खनन् गर्ने निर्णय गरेको हो । धरानको सेहरा, सर्दु र पटनाली खोला ठेक्का लाग्न नसकेपछि उपमहानगर आफैले उत्खनन् गर्ने तयारी गरेको हो । यसको लागि ७ सदस्यीय अनुगमन समिति पनि कार्यपालिका बैठकले बनाएको छ ।  

हिजो सम्पन्न बैठकले खोलाको व्यवस्थापन, सहजीकरण र अनुगमनको लागि वडा नं १५ को अध्यक्ष नरेश इवारम संयोजक रहने गरि ७ सदस्यीय समिति गठन गरेको थियो । समितिमा वडा ५, ६, १७ का अध्यक्षहरू पनि छन् भने वातावरण महाशाखा, राजश्व महाशाखा र नगर प्रहरी इकाई पनि सदस्य छन् ।  

राजश्व तथा सुचना अधिकृत खगेन्द्र खतिवडाका अनुसार उपमहानगर आफैले खोला उत्खनन् गर्ने भएकोले व्यवस्थापन, सहजीकरण र अनुगमन गर्न यो समिति गठन भएको हो । ‘ठेक्का लागेन, र अब धेरै दिन छैन । त्यसैले सिधै नगरपालिकाले उत्खनन गर्ने र बिक्री गर्ने निर्णय भएको हो,’अधिकृत खतिवडाले भने,‘बिक्री नभएको नदीजन्य पदार्थ स्टक राखिनेछ ।’ विकास निर्माण कार्यमा गिट्टीढुंगालगायत पदार्थ उपमहानगरपालिका आफैलाई आवश्यक पर्छ । आर्थिक वर्ष सकिन लाग्दा अहिले सडक, ड्रेनलगायत अन्य भौतिक संरचना निर्माणको कामहरू धमाधम भइरहेको छ ।

यसअघि, सेहरा, सर्दु र पटनाली खोलाको ठेक्का माघमा खुलेको थियो । ठेक्का पाएको कम्पनीले सम्झौता गर्नुअगावै लकडाउन भएपनि करिब ३ करोडको ठेक्का रद्द गरिएको थियो । त्यसअघि नै सेउती र अधेरी खोला भने ठेक्का लागेर उत्खनन् भइरहेको छ ।
अर्को समाचार
खोला माफियाको अगाडि निरीह स्थानीय सरकार
२२ जेष्ठ २०७७
•
४ मिनेट पाठ
खोला माफियाको अगाडि निरीह स्थानीय सरकार
जितपुरसिमरा ४ मा पर्ने दुधौरा खोलाबाट दुईवटा स्काभेट प्रयोग गरि नदीजन्य पदार्थ निकालेर टिपरमा लोड गर्दै स्काभेटर ।
जिल्लाको चुरे क्षेत्रमा रहेको स्थानीय तहहरूले ठेक्का लगाएको नदी जन्य पदार्थको उत्खनन् कार्यमा ठेकेदारहरूले मनोमानी गरेको देखिए पनि उनीहरूलाई कारवाही गर्ने प्रहरी, प्रसाशन देखि स्थानीय निकाय निरीह बनेको गुसानो गरिएको छ।




खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गर्न कार्यमा स्थानीय निकायबाट एउटा स्काभेटर प्रयोग गर्ने अनुमति पाएका ठेकेदारले खोलामा आधा दर्जन स्काभेटर प्रयोग गरिदै आएका छन् । ठेकेदारहरूबाट आर्थिक लाभको लिनको लागि नाम मात्रको कारवाही गरिदा ठेकेदारहरूको मनोबल बढेको बताइएको छ।

जितपुरसिमरा उपमहानगरपालिकाबाट दुधौरा खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको सिमराको श्रेष्ठ बिल्डर्सका सञ्चालक लालबहादुर श्रेष्ठले खोलाबाट नदी जन्य पदार्थ उत्खनन्  गर्न एउटा स्काभेटर प्रयोग गर्न अनुमति लिएका छन् तर दुधौरा खोलाको तीनवटा स्थानमा आधा दर्जन स्काभेटर प्रयोग गर्दै आएका छन्।

जितपुरसिमरा उपमहानगरपालिकाका ईन्जिनियर संजिव रुपाखेतीले दुधौरा खोलाबाट नदीजन्य पदार्थ निकाल्नको लागि श्रेष्ठ बिल्डर्सलाई एउटा स्काभेटर  प्रयोग गर्न अनुमति दिए पनि ठेकेकारले बढि स्काभेटर प्रयोग गरेर आफु खुशी उत्खनन् गर्ने गरेको बताएका छन्।

ठेकेदारले आफु खुशी नदीजन्य पदार्थ उत्खनन् गराएको लिखित रुपमै जितपुरसिमरा उपमहानगरपालिका जिम्मेवार पदाधिकारीहरूलाई जानकारी गराएपनि ठेकेदारलाई कारवाही नगरिएको रुपाखेतीले बताए।

ठेकेदारहरूले एउटा स्काभेटर प्रयोग गर्नुको साटो बढी स्काभेटर प्रयोग गरेर ठेक्का सम्झौता भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरेर बिक्री र खोला छेउँमै भण्डारण समेत गर्ने गरेका छन्।

नदीजन्य पदार्थको ठेक्का सकार गरेका ठेकेदारहरु मापदण्ड बिपरीत खोलाहरू उत्खनन् गरेको देखेपनि जितपुरसिमराका प्रमुख डा. कृष्ण पौडेलले नदेखे जस्तै गरेको डुबरवानाका स्थानीयहरुले गुसानो गरेका छन्।

जितपुरसिमरा १ मा पर्ने दुधौरा खोलाबाट दुईवटा स्काभेट प्रयोग गरि नदीजन्य पदार्थ निकालेर टिपरमा लोड गर्दै स्काभेटर ।
जितपुरसिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेलले दुधौरा खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् गर्न ठेकेदारले एउटा स्काभेटरको अनुमति लिएको र एक भन्दा बढि स्काभेटर प्रयोग  गरेपछि अनुगमन गरेर कारवाही गर्ने बताएका छन्।

खोलाबाट दिउँसो नदीजन्य पदार्थ निकाल्न कागजी अनुमति पाएको भएपनि ठेकेदारहरुले राती राती समेत खेलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने गरेका छन्।

गत माघ १६ गते  बालगंगा, दुधौरा र पसाह खोलाहरुबाट ठेकेदारहरूले मापदण्ड बिपरित नदीजन्य पदार्थको उत्खनन् गरेको भन्दै जिल्ला समन्वय समिति प्रमुख सिँह र बाराका तत्कालिन प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले ठेकेदारहरुले खोलामा प्रयोग गरेको स्काभेटर र टिपरहरुलाई नियन्त्रणमा लिएर ठेकेदार र जितपुरसिमरा, कोल्हवी र निजगढ गरि तीनवटै स्थानीय निकायका प्रमुखहरूलाई मापदण्ड भित्रमा रहेर नदीजन्य पदार्थ उत्खनन् गर्न सचेत गराएर छोडिएका थियो।

पहिला सचेत गराएर छोडिएका ठेकेदारहरूले फेरी खोलाहरूबाट मापदण्ड बिपरीत नदीजन्य पदार्थको उत्खनन् गरेको गुसानो भए पनि जेठ १८ गते जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको बालगंगा, दुधौरा र पसाह खोलाहरुमा , जेठ २० गते निजगढ र कोल्हवीको  लालबकैया खोलामा समेत अनुगमन गरिएको थियो।

अनुगमनको क्रममा ठेकेदारहरूले मापदण्ड बिपरित नदी जन्य पदार्थको उत्खनन् गरेको भन्दै जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा रहेको खोलाहरूको अनुगमन समितिले जितपुरसिमरा उपमहानगरपालिकको दुधौरा, बालगंगा र पसाह खोलाको ठेकेदारलाई कारवाही स्वरुप एक/एक लाख जरिवाना गर्ने निर्णय गरेको थियो भने निजगढको लालबकैया खोलाको ठेकेदारलाई तीन लाख र कोल्हवीको लालबकैया खोलाको ठेकेदारलाई एक लाख जरिवाना गरिएको छ। ।

समितिले बालगंगा खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको  हेटौँडाको  न्यु पाथीभारा सप्लार्यस, दुधौरा खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको सिमराको श्रेष्ठ बिल्डर्स एक लाख तिराएपनि अहिले पनि मापदण्ड बिपरीत नै ती खोलाबाट नदीजन्य पदार्थ उत्खनन् भैरहेको छ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले खोलाहरूमा सहमति लिएको भन्दा बढि स्काभेटर प्रयोग गरेको पाइएमा ठेकेदारलाई कारवाही गर्ने प्रतिबद्धता गरेका छन्।

मापदण्ड बिपरीतको उत्खननले खोला क्षेत्रको वन, बस्ती  जोखिनमा पर्नुको साथै र नदीहरूले धार समेत परिवर्तन गर्ने डर भएपछि ठेकेदारहरूलाई प्रारम्भिक वातावरणीय प्रभाव प्रतिवेदन अनुसार नै खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न भनिएपनि उनीहरु अटेरी गरेपछि कारवाही गर्न तिर समिति लागेको जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँहले तर्क गरेका थिए।

जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा रहेको अनुगमन समितिमा बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित, बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदी रहेका छन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस