संक्रमित घट्दै, जोखिम बढ्दै
०२ साउन २०७७
•
४ मिनेट पाठ
संक्रमित घट्दै, जोखिम बढ्दै
भारतमा कोरोनाले भाइको मृत्यु भएपछि घर फर्केका रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षीय युवकको बुधबार वीरगन्जको अस्थायी कोरोना अस्पतालमा(गण्डक अस्पताल) मृत्यु भयो । उनको मृत्युसँगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।




बेंग्लोरमा दाजुभाइसँगै बसेर मजदुरीको काम गर्दै आएका थिए । भाइको कोरोनाका कारण उतै मृत्यु भएपछि दाजु असार २४ गत्ते घर फर्केका थिए । उनी घर नगई सीधै परोहा नगरपालिका ३ मा रहेको आधारभूत विद्यालय तेजापाकड क्वारेन्टिनमा बसेका थिए । आउदा उनमा कुनै लक्षण थिएन परोहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जलन्धरप्रसाद यादवले भने,‘असार २९ गते दिउँसो अचानक ज्वरो, खोकी र श्वास फेर्न असहज भयो । तत्कालै नारायणी अस्पताल वीरगंजका प्रमुखसँग कुरा गरेर उनलाई उतै पठयौं यादवले भने,‘भेन्टिलेटरमा उपचाररत उनको कोरोना पुष्टि भएसँगै असार ३१ गते निधन भयो ।’ रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान उनलाई आईसीयूमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो । रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान उनलाई सो अस्पतालका आईसीयूमा भर्ना गरिएको नागरायणी अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायले बताए ।  

‘कोरोना संक्रमित भाइको मृत्यु भएपछि उनी भोकभोकै बसेर निकै कमजोर भैसकेका थिए’ यादवले भने,‘ क्वारेन्टिनमा बस्दा उनमा डर र कमजोरी प्रष्टै देखिन्थ्यो । भाईजस्तै आफू पनि मर्छु भनेर उनी निकै डराएका थिए ।’ मृतक युवकमा कोरोनाको लक्षणबाहेक अन्य स्वास्थ्य समस्या देखिएको थिएन । ‘ती युवकमा कोरोना लक्षण मात्र थियो,’ उनले भने, ‘रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

प्रादेशि जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता विजय झाकाअनुसार यस प्रदेशमा कोरोनाका कारण मृतकको संख्या ५ पुगेको छ । रौतहटका एक जनाको काठमाडौंमा मृत्युको भएको थियो । बाँकी चार जनाको वीरगंजमा मृत्यु भएको उनले बताए । जसमध्ये बाराका दुई जना, रौतहटका एक जना र अर्का एक जनाको पहिचान खुल्न सकेको छैन ।  

जेठ ३० गते बारा निजगढ नगरपालिका–६ का ५ वर्षीय बालकको वीरगन्ज हेल्थ केयर हस्पिटलमा भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु थियो । निमोनीया र ज्वरोले सिकिस्त बालकको स्वाब परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएको थियो ।  

जेठ २८ गते वीरगंजको घन्टाघर नजिकै ३० वर्षीय युवक मृत भेटिए । शवलाई सुरक्षा सतर्कतासाथ नारायणी अस्पतालको शवगृहमा राखेर चिकित्सकले स्वाब संकलन गर्‍यो । प्रयोगशाला परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आयो । पहिचान नखुलेपछि जेठ ३१ गते नेपाली सेनासहितको शव व्यवस्थापन टोलीले शव व्यवस्थापन गर्‍यो ।  

जेठ ४ गते वीरगंज महानगरपालिका–१५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बारा करैया गाउँपालिका–७ का एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।  

संक्रमित घट्दै जोखिम बढ्दै
प्रदेश २ मा कोरोनाको हटस्पट जिल्ला मध्ये रौतहटको परोहा नगरपालिकामा करिब दुई हजार मानिस क्वारेन्टिनमा बसे । जसमध्ये करिब २ सय मानिस कोरोना संक्रमित भेटिए । उनीहरु सबै लक्षणबिनाका थिए । केहि हप्ताको आइसोलेसन बसाईपछि निको भएर धेरै संक्रमित घर फर्किसकेका छन । थोरै घर फर्किनका लागि नेगेटिभ रिपोर्टको प्रतीक्षा गर्दैछन् ।

बुधबार नारायाणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएका युवक बसेका रौतहतको क्वारेन्टिनमा ४५ जना छन् । जसमध्ये दुई जना संक्रमण पुष्टि भएकाहरु लक्षणबिनाका छन् । उनीहरुलाई स्थानीय आइसोलेसन केन्द्रमा राखिएको स्वास्थ्य संयोजक यादवले बताए ।  

सुरतबाट असार २४ गते आएका अर्का एक जना युवकमा पनि कडा लक्षण देखिएको उनले बताए । ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापाखालाको समस्या देखिएका उनलाई बुधबार थप उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल पठाइएको यादवले बताए । उनको पिसिआर विधिबाट गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।  

पहिलाको तुलनामा संक्रमितको संख्या घट्दै गएपछि संक्रमितहरुमा देखिएको कडाखाले लक्षणले चिन्तित बनाएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता(वरिष्ठ स्वास्थ्य निरीक्षक) विजय झाले बताए । पहिलादेखि कुनै दिर्घरोग नभएका युवकहरुमा पनि कडा लक्षण देखिने र ज्यान जाने घटनाले नयाँ ढंगबाट सोच्न बाध्य बनाएको छ, उनले भने । भारतबाट फर्किनेहरुको संख्या घटेपछि क्वारेन्टिनहरुमा पनि चाप घट्दै गएको छ । जसका कारण प्रयोगशालामा पनि नमुनाहरुको चाप कम भएको छ ।

अब समुदायीक परीक्षणतर्फ प्रदेश सरकार अघि बढ्नुपर्ने सुझाब दिएका छौं झाले भने,‘समुदायको जोखिम वर्ग समूहमा परीक्षण आवश्यक भैसकेको छ । समुदायमा जोखिम समुदाय यकीन गरेर परीक्षण अघि नबढाए संक्रमणले भयावह रुप लिन सक्ने जोखिम छ ।’ यो प्रदेश जनसांख्यीक हिसावले सघन र खुल्ला सीमाका कारण सहज आउजाउ भएकाले जोखिम बढ्दो छ । अहिलेसम्म यस प्रदेशमा ४८ हजार ६ सय स्वाब संकलन भएको छ । जसमा ३ हजार ९ सय ५३ व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ । एक हजार ९ सय १५ जना आइसोलेसनमा भर्ना छन् । दुई हजार ५ सय ३८ जना व्यक्ति कोरोना जीतेर घर फर्किसकेका छन् ।
अर्को समाचार
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
०८ चैत्र २०७८
•
१ मिनेट पाठ
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन्। अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन्।




गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन्।

'यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनु पर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ,' एक अधिकारीले भने।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस