महेश्वर चामलिङ राई, उदयपुर, भदौ २६ - गाईघाट-बेल्टार सडक खण्डमा मंगलबार विहान भएको जीप दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको छ। आधा दर्जन बढी घाइते भएका छन्। बेल्टारदेखि गाईघाटतर्फ आउँदै गरेको स १ च ७८ नं. को जीप हडियाको खैराहाझोडामा दुर्घटनामा पर्दा बेल्टार ४ का कुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घुम्ती सडकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारार्थ सदरमुकाम गाईघाट ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र उप्रेतीले बताए।
विहान ८ बजे भएको दुर्घटनामा उदयपुरकै चौदण्डीका मनोज तामाङ, खोटाङकी भारती राईलगायत आधा दर्जन घाइते भएका छन्। घाइतेहरुको गाईघाटस्थित अस्पतालमा उपचार भइरहेको छ।