ललितपुर, माघ ७- ललितपरको महालक्ष्मीस्थानमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। एकान्तकुनाबाट सातदोबाटोतर्फ गइरहेको बा २७ प ९३५४ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा नुवाकोट घर भई हाल गोङ्गबु बस्ने ३८ वर्षीय माइली तामाङलाई ठक्कर दिँदा मृत्यु भएको हो।
मोटरसाइकल चालक भक्तपुर दधिकोटका निरज कपालीलाई साधनसहित नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको सातदोबाटो प्रहरीले जनाएको छ। रासस
मोटरसाइकल चालक भक्तपुर दधिकोटका निरज कपालीलाई साधनसहित नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको सातदोबाटो प्रहरीले जनाएको छ। रासस