नेपालमा प्रतिबन्धित गरिएको औषधिसहित प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ।
मंगलबार विराटनगर–१३ स्थित सैनिक टोलबाट ३६ वर्षीय नरेश यादवलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। यादवले भारतबाट भन्सार छली गरी ल्याएर आफ्नै घरमा लुकाइ राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ।
औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि अवैधरूपमा भारतबाट ल्याइ विक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरीले यादवको घरमा छापा मारेको डिएसपी राईले बताए। ‘नेपालमा दर्ता नभएका १४ प्रकारका विभिन्न औषधि यादवको घरबाट बरामद गरेको हौं,’ डिएसपी राईले भने, ‘रेमडिसिभरलगायत विभिन्न औषधि भारतबाट अवैधरूपमा ल्याएर घरभित्र राखिएको रहेछ।’
प्रतिबन्धित औषधिसहित पक्राउ परेको यादवलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाइ थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
त्यस्तै विराटनगर–१३ स्थित हनुमान मन्दिर टोलबाट अवैधरूपमा भन्सार छली गरी ल्याइएका ६३ हजार ६ सय १० रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ताकपडा, कस्मेटिकका सामान बरामद गरेको डिएसपी राईले जनाकारी दिए। बरामद भएका सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार बुझाएको प्रहरीले जनाएको छ।