नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको औषधिसहित मोरङको रतुवामाई नगरपालिका–९ भौंडाहाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनवर्षी नगरपालिका–६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरिया र सुनवर्षी–७ का ३० वर्षीय कात्तिकचन्द दासलाई प्रतिबन्धित औषधि ट्रामाडोलसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रदेश १–०२–०४६ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट २० हजार ट्याब्लेट ट्रामाडोल बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
प्रहरी चौकी इटहराको टोलीले शंका लागेर चेक गर्दा उनीहरुको साथबाट ठूलो परिणाममा प्रतिबन्धित औषधि ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धान गरेर थप कारबाहीका लागि प्रहरीले दुवै जनालाई औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको जनाएको छ।