तनहुँ, चैत २५ - तनहुँको चोकचिसापानी र भाँनु गाविसमा शनिबार आगलागी हुँदा ४ घर जलेका नष्ट भएका छन्। चोकचिसापानीका भरत सापकोटाको घरमा विद्युत सर्ट भएपछि आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीले सापकोटाको घर जलेर पुरै नष्ट भएको छ । उनको आडैमा रहेको अर्को घरमा समेत अगालागीबाट क्षति पुगेको छ। आगलागीका कारण करिब डेढ लाख रुपैयाँ बराबरको क्षति भएको सापकोटाले बताएका छन्।
त्यसैगरी भाँनु ७ भकुनथोकमा भएको आगलागीमा रामबहादुर नेपाली र समशेर नेपालीको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ। रामबहादुरको घरबाट सुरु भएकेा आगो सल्केर छिमेकी समशेरको घरमा पुगेको थियो।