अर्घाखाँची – जीप दुर्घटनामा एक जनाको मृत्य भएको छ। सन्धिखर्कबाट गोरुसिंगेतर्फ जाँदै गरेको ना २ ज १२६४ नम्बरको सामान बोक्ने जीप र बुटवलबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ५०५२ नम्बरको यात्रुवाहक जीप नरपानीको दहखोलामा एक आपसमा ठोक्किदा चालकको घटनास्थलमै ज्यान गएको छ।दुई जना गम्भीर घाइते भएका छन्। १२६४ नम्वरका चालक दाङ जिल्लाको मैलीघार घर भएका अन्दाजी ३२ वर्षका कुशुम नेपालीको घटनास्थलमै ज्यान गएको र सोही गाडीमा सवार दुई जना घाईते भएको जनाइएको छ ।
अन्य घाईतेहरुमा दाङकै सिसैतियाका ४४ वर्षीय बुद्धिबहादर विक र तराकोटका २३ वर्षीय बोम बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ। साँघुरो बाटोमा दुवै गाडी तीव्र गतिमा भएकाले मोडमा ठोक्किएको प्रहरीले जनाएको छ। १२६४ नम्मरको अण्डा बोकेको जीप सडकदेखि ३ सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले बताए। अर्को जीपलाई कुनै क्षति भएको छैन ।