‘गृहमन्त्री ज्यू! भागरथीको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कडा कार्बाही होस्’
२९ माघ २०७७
•
२ मिनेट पाठ
‘गृहमन्त्री ज्यू! भागरथीको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कडा कार्बाही होस्’
भागरथीको बलात्कारपछि हत्यामा संलग्नका लागि कार्बाहीको मागमा ज्ञापन–पत्र पठाउँदै कानून संकायका विद्यार्थी समूह । तस्बिर : नागरिक
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा अध्ययनरत कानून संकायका विद्यार्थी समूहले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कार्बाहीको माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत बुधबार गृहमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै कानून संकायका विद्यार्थी समूहले किशोरीको क्रुर, अमानवीय एबं कायरतापूर्ण बलात्कार र हत्यामा संलग्न दोषी पहिचान गरेर कानूनी कठ्घरामा उभ्याउनका लागि ध्यानाकर्षण गराएका हुन्।  




निर्दोष किशोरीको बलात्कार एवं पासविक हत्याको विरोध, दोषीलाई कडाभन्दा कडा कार्बाही तथा पीडितलाई न्यायको मागमा गृहमन्त्रीलाई गुहार्नु परेको कानून संकायका विद्यार्थी समूहले जनाएको छ। ‘गृहमन्त्री ज्यू ! यस प्रकारको क्रुर, अमानवीय एवं कायरतापूर्ण जघन्य कसुरका दोषीलाई अविलम्ब पक्राउ गरी निजहरु उपर अनुसन्धान गरी हदैसम्मको कानूनी कार्बाहीको माग गर्दछौँ,’ कानून संकायका विद्यार्थी समूहको ज्ञापन–पत्रमा भनिएको छ, ‘यस घट्नालाई तोडमोड गर्ने, ढाकछोप गर्ने तथा यो वा त्यो बाहनामा दोषीलाई उन्मुक्ती दिने काम भएमा देशभरका विद्यार्थी कडा भन्दा कडा आन्दोलनमा उत्रने जानकारी गराउँदछौँ।’  

कानून संकायका विद्यार्थी समूहका संयोजक कृष्णा आचार्य र सचिव कविता ठटालको हस्ताक्षर रहेको ज्ञापन–पत्रमा जंगलमा बलात्कारपछि हत्या गरेर क्षतविक्षत अवस्थामा फालिएको अवस्थामा भट्टको शव फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। दोगडाकेदार गाउँपालिका–७ निवासी सनातन धर्म माबिमा कक्षा १२ मा अध्ययतरत भागरथीको माघ २१ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो। विद्यार्थी समूहले क्रुरतापूर्वक हत्या गरिएका भागरथीको परिवारलाई उचित क्षतिपुर्ति उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।  

भागरथीको बलात्कारपछिको हत्याकाण्डलाई लिएर सरकारले चाल्ने कदम र गर्ने निर्णयलाई देशको सम्पूर्ण विद्यार्थीले नियालीरहेको विद्यार्थी समूहले जनाएको छ। किशोरीको बलात्कारपछि हत्या भएको घट्नामा सरकारले चाल्ने कदमले उत्पीडित महिला समुदायलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार छर्लङ्ग हुने ज्ञापन–पत्रमा उल्लेख छ। घट्नाको घोर निन्दा र भत्र्सना गर्दै विद्यार्थी समूहले पीडितको न्यायका लागि हाल भइरहेका विरोध तथा संघर्षप्रति ऐक्यवद्धता जाहेर गरेको छ।
अर्को समाचार
नाबालिका बलात्कार कसुरमा १२ वर्ष जेल सजाय
२५ पौष २०७९
•
१ मिनेट पाठ
नाबालिका बलात्कार कसुरमा १२ वर्ष जेल सजाय
नाबालिकालाई बलात्कार गरेको कसुर जिल्ला अदालत बागलुङले एक पुरुषलाई १२ वर्ष सजाय फैसला गरेको छ। १५ वर्षीया नाबालिक किशोरीलाई अपहरण गरी बलत्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत बागलुङले जिल्लाको जैमिनी नगरपालिका—२ का ४३ वर्षीय दिलबहादुर थापालाई उक्त कैद सजायको फैसला सुनाएको हो। 




जिल्ला अदालत बागलुङका इजलाश अधिकृत गंगाधर सापकोटाका अनुसार जिल्ला न्यायाधिस डा. दिवाकर भट्टको आइतबारको इजलाले १२ वर्षको कैद सजाय तोक्दै ३० हजार रुपैयाँ पीडित पक्षलाई क्षतिपूर्ति दिन आदेश दिएको हो।

‘नाबालिक बलत्कारको मुद्दामा कसुर ठहर भएपछि १२ वर्ष कैद र ३० हजार क्षतिपूर्तिको फैसला भएको छ,’ सापकोटाले भने। गतवर्ष २०७८ को भदौ ९ गते बालिकालाई अपहरण गरी भदौ १४ गतेसम्म विभीन्न स्थानमा पु¥याएर प्रतिवादीले पटक पटक जबरजस्ती करणी गरेको अदालतले ठहर गरको छ। थापाले बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्दै परिवारले ०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए।

नाबालिका बलत्कारको मुद्दा परेपछि थापालाई प्रहरीले २०७८ भदौ २७ गते पक्राउ गरेको थियो। पक्राउ परेका थापालाई प्रहरीले जिल्ला अदालत बागलुङमा अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो। तत्कालिन जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको २०७८ कात्तिक ८ गतेको इजालाशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका उनलाई १२ वर्षे कैद सजाय फैसला भएको हो। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस