दुलही लिन हेलिकोप्टर चार्टर्ड !
११ फागुन २०७७
•
३ मिनेट पाठ
दुलही लिन हेलिकोप्टर चार्टर्ड !
हेलिकोप्टरमा दुलही सपनालाई लिएर फर्किंदै दुलाहा दिनेश । तस्बिर : मिथिलेश/नागरिक
आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।




भीड दुलाहा हेर्न नभई हेलिकोप्टर हेर्न जम्मा भएको थियो। उत्साहित स्थानीयले लहलहाउँदो मसुरोको परवाहै नगरी हेलिकोप्टर अवतरणको अनुमति दिए। आइतबार दुलाहा दिनेशसहित बेहुला पक्षका पाँचजना चढेको हेलिकोप्टर मसुरोको खेतमा अवतरण भयो र सोही दिन राति दिनेशसँग ब्रह्मपुरीकी सपना यादव वैवाहिक जीवनमा बाँधिइन्। वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दिनेशले दुलही सपनालाई सोमबार दिउँसो ४ बजे कैलाश हेलिकोप्टर सर्भिसेजकै हेलिकोप्टर चढाएर लट्टाटोल लगेका हुन्।

अर्नामा गाउँपालिकामा हेलिकोप्टर चार्टर्ड गर्ने दिनेश पहिलो व्यक्ति हुन्। दुलाहा दिनेश र उनका बुवा रामविलाससहित पाँचजना जन्ती हेलिकोप्टरमा आएका थिए। पेसाले किसान रामविलासका एक्ला छोरा हुन् दिनेश। उनी पेसाले मेडिकल प्रतिनिधि हुन्।

किसान भए पनि एक्ला छोराको विवाह सोखले गर्ने रामविलासको रहर थियो। सोख पूरा गर्न हेलिकोप्टरबाट छोराको जन्ती ल्याएको उनले बताए। छोरासहित जन्तीलाई हेलिकोप्टरमा चार्टर्ड गरेर बेहुलीको घर पुग्दा गाउँसहरमा चर्चा व्यापक भएको छ। ‘चर्चा बढेपछि त सान पनि बढ्ने नै भयो, गाउँमा सान बढेपछि अरू के नै चाहिन्छ र। गाउँले किसानको छोराको जन्ती हेलिकोप्टरमा जानु चानचुने कुरै भएन,’ स्थानीय सञ्जीव यादव भन्छन्, ‘यस गाउँमा आएको हेलिकोप्टरका जन्तीको चर्चा फैलिँदैछ। मधेसी समाजमा सानका लागि पनि धेरै काम हुँदा रहेछन्। हैसियत प्रदर्शन गर्न मानिस रथ, महँगा कारमा जन्ती आउँछन्। रामविलासले ती सबैभन्दा एक कदमअगाडि हेलिकोप्टरमा छोराको जन्ती ल्याए।’

बिहेका लागि दुलाहा दिनेशसहित जन्तीलाई बिहेघर पु¥याएर हेलिकोप्टर काठमाडौं फर्किएको थियो। सोमबार दिउँसो ४ बजे दुलाहा दुलहीलाई दुलहाको घर छोडेर हेलिकोप्टर पुनः फर्किएको छ। दुलही सपनाका बुवाको १० वर्षअघि निधन भइसकेको छ। आमाले लालनपालन गरेर हुर्काएकी सपनालाई आकाशमा उडेको देखेर आमासहित दुलही पक्ष गदगद छन्। जतातजै सपना र दिनेशकै चर्चा छ।

दुलाहाका बुवा रामविलासका अनुसार सुरुमा रथमा जन्ती जाने सोच थियो। रथ खोज्न भारतका विभिन्न स्थानमा सम्पर्क गरे। तर रथ बुक भइसकेको जानकारी पाए उनले। ‘एक ठाउँमा भेट्टाएँ तर एक दिनको २ लाखभन्दा बढी रकम माग गर्‍यो,’ उनले भने। त्यसपछि रामविलास सोच बदलेर हेलिकोप्टरतर्फ मोडिए। हेलिकोप्टर नै तीन लाख भाडामा पाएपछि उनले खुसीसाथ बुक गरे। ‘कमाउने भनेकै सन्तानको सुख र खुसीका लागि हो,’ रामविलास भन्छन्, ‘छोराबुहारीको खुसीभन्दा प्यारो मेरा लागि अरू थोक छैन।’

दुलहीको मामासमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवका अनुसार समाजमा सान देखाउन गरिने यस किसिमको तडकभडक अशोभनीय छ। ‘अनावश्यक खर्च गरेर आडम्बर प्रस्तुत गरिनुहुन्न,’ उनले भने, ‘तडकभडक रोक्न जति कोसिस गरे पनि सम्भव भएन। विवाहमा फजुल खर्च र आडम्बरले समाजमा अस्वस्थ प्रतिस्पर्धालाई बढावा मिल्छ। यस किसिमका आडम्बरको नक्कल मधेसी समाजले गर्नुहुन्न।’ उनी थप्छन्, ‘बेहुला पक्षले विवाहमा जुन हिसाबको तडकभडक देखाए, सोही अनुसार सपनाको वैवाहिक जीवनलाई सुखद बनाउन ध्यान दिऊन्। उनीहरूको वैवाहिक जीवन उदाहरणीय बन्न सकोस्।’

मधेसी समाजमा दुलही बिदाइका बेला रोदन नै रोदन हुन्छ। तर सपनाको विदाइको माहोल उत्साहपूर्ण थियो। सबैको अनुहार उज्यालिएको थियो। दुलही हँसिलो अनुहारमा सबैलाई नमस्कार गर्दै हेलिकोप्टर चढेर बिदा भएकी थिइन्। दुलाहा दिनेश र दुलही सपनाको घरको दूरी मुस्किलले चार किलोमिटर छ। एउटा चौरी पार गरेपछि दुलाहाको घर पुगिन्छ।
अर्को समाचार
हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह
१७ मंसिर २०७८
•
१ मिनेट पाठ
हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह
बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन्। जोगी बारा जिल्ला अन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन्।




सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका हुन्। बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो।

हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार रुपैयाँ तिरेर चार्टर्ड गरेका थिए। छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए। 'विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो', बेहुलाका बुवा जोगीले भने,'बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्‍यो।' उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए। छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले बताए।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए। 'हेलिकोप्टर चढ्ने इच्छा थियो', बिर्जुले भने, 'बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो।'
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस