किन टिकाउन मुस्किल छ कलाकारलाई विवाह
१० पौष २०७७
•
६ मिनेट पाठ
किन टिकाउन मुस्किल छ कलाकारलाई विवाह
हास्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी उपचार रोज्ने निधो गरेका छन्। दोस्रो विवाहको तयारीमा जुटिरहेका उनले सामाजिक सञ्जालमार्फत पूर्वपत्नी ढकालले झुटा आरोप लगाएर विभिन्न माध्यमबाट गाली बेइज्जत गरी मानसिक तनाव दिने क्रम जारी राखेको जनाउँदै कानुनी उपचार खोज्न लागेको उल्लेख गरेका हुन्। यी दुईले तीन वर्षअघि सम्बन्ध–विच्छेद गरेका २२ वर्षे लामो वैवाहिक सम्बन्धमा पूर्णबिराम लगाएका थिए।‘सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथि हुने अनावश्यक टिका–टिप्पणी र युट्युबमार्फत फोटोको दुरूपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आघात परिरहेको छ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए, ‘अब कानुनी रूपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु।’ सम्बन्ध–विच्छेद गरी तीन वर्षअघि आ–आफ्नो बाटो  




लागिसकेको अवस्थामा पूर्व पत्नी ढकालले बारम्बार गाली बेइज्जत गर्ने क्रम नरोकिएको उनले जनाएका थिए।  

‘जिम्मेवार नागरिकको नाताले अहिलेसम्म म मौन रहे,’ उनले उल्लेख गरेका थिए, ‘दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहें। तर, यो गाली बेइज्जतले मेरो परिवारलाई अनावश्यक तनाव दिइरहेको छ। सम्बन्ध–विच्छेदको आठ महिनामा आमासँग बस्न नरुचाएर अंशसहित आफूसँग बस्न मेरो घर फिर्ता आएकी छिन्।’

कोरोना भाइरस महामारीको प्रत्यक्ष मारमा परेको मनोरञ्जन क्षेत्र हाँस्य कलाकार गजुरेल र उनकी पूर्वपत्नी ढकालको विवादले फेरि तातिएको छ। यस क्षेत्रको गतिविधि ठप्प झैं भएको अवस्थामा यहाँ आवद्ध व्यक्तिहरूका कारण सधैंभर चर्चामा रहने गरेको छ। चमकधमक बढी हुने यस क्षेत्रमा आपसी अविश्वास, शंका र महवात्कांक्षीका कारण धेरैको वैवाहिक जीवनको सुखमय हुन सकेको छैन। यस क्षेत्रमा आबद्ध फिल्मकर्मी, कलाकार, मोडल र संगीतकर्मीलगायतको व्यक्तित्वहरू दर्शक तथा स्रोतामाझ चर्चित भएका कारण उनीहरूका बारे खोजीनीति हुने स्वभाविक हो। त्यसो त अन्य क्षेत्रमा आवद्ध व्यक्तित्वहरूको जीवनका कहिल्यै आरोह–अवरोह नआएका भने होइनन्।  

पछिल्लो १० वर्षमा सम्बन्ध–विच्छेद हुने प्रवृत्ति नेपाली समाजमा ह्वात्तै बढेको छ। आर्थिक वर्ष ६६/०६७ मा देशभर ५ हजार १ सय ९ सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएकोमा ७६/०७७ मा त्यो संख्या बढेर २३ हजार ३ सयभन्दा माथि पुगिसकेको छ।  

‘सम्बन्ध–विच्छेदका घटना मनोरञ्जन क्षेत्रसँगमात्र जोडिन्न,’ हाँस्य कलाकार गजुरेल भन्छन्, ‘अन्य क्षेत्रमा आवद्ध व्यक्तिहरू वैवाहिक जीवन समेत सम्बन्ध–विच्छेदमा गएर टुंगिएका छन्। म संयुक्त परिवारमा बस्छु। मेरो सामाजिक र व्यक्तिगत जीवन छ। दुई फरक व्यक्ति विवाहको बन्धनमा बाँधिएसँगै जिम्मेवारी र कम्प्रमाइज गर्ने कुरासमेत हुन्छन्। एकले अर्कालाई दोषमात्र थुपार्न लागिपरियो भने सम्बन्ध–विच्छेदको अवस्थामा पुगिने रहेछ।’ उनले विवाहले दुई व्यक्तिको परिवारसमेत जोडिने भएकाले सम्बन्ध–विच्छेदसँग परिस्थिति फरक हुने बताए।

‘दुई व्यक्तिको परिवार जोडिएसँगै एकले अर्काको सम्मान नगरेर क्षणिक आवेग, आंशका र अत्याधिक स्वतन्त्रता खोज्दा परिस्थिति डरलाग्दो हुने रहेछ,’ उनले थपे, ‘मनमुटाव र असन्तुष्टि बढ्दै गएपछि वैवाहिक सम्बन्ध टुंग्याउनु उचित हुन्छ। तर, मैले यसलाई असहज रूपमा लिएको छु।’

नेपाली आधुनिक समाजमा वैवाहिक सम्बन्ध लेनदेनको विषय बन्दै गएको छ। हाइफाइ तथा विलासी जीवनशैलीप्रतिको मोह, व्यस्तता, महत्त्वाकांक्षा, घरेलु हिंसा, मनमुटाव, आशंका, निजी सम्पत्तिको मोह, कानुनमा लचकता, विवाद, शारीरिक असन्तुष्टि र मानसिक तनावलगायतले वैवाहिक जीवनमा फाटो आइरहेका छन्।  

‘विवाह भनेको नितान्त व्यक्तिगत कुरा हो,’ निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘वैवाहिक सम्बन्धमा एकले अर्कालाई विश्वास गर्ने वातावरण हुनुपर्छ। फिल्म सुटिङको लागि अभिनेता, अभिनेत्री, फिल्मकर्मी तथा प्राविधिकहरू घर बाहिर हुने मैले यसलाई असहज रूपमा लिएको छु।’

नेपाली आधुनिक समाजमा वैवाहिक सम्बन्ध लेनदेनको विषय बन्दै गएको छ। हाइफाइ तथा विलासी जीवनशैलीप्रतिको मोह, व्यस्तता, महत्त्वाकांक्षा, घरेलु हिंसा, मनमुटाव, आशंका, निजी सम्पत्तिको मोह, कानुनमा लचकता, विवाद, शारीरिक असन्तुष्टि र मानसिक तनावलगायतले वैवाहिक जीवनमा फाटो आइरहेका छन्।  

‘विवाह भनेको नितान्त व्यक्तिगत कुरा हो,’ निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘वैवाहिक सम्बन्धमा एकले अर्कालाई विश्वास गर्ने वातावरण हुनुपर्छ। फिल्म सुटिङको लागि अभिनेता, अभिनेत्री, फिल्मकर्मी तथा प्राविधिकहरू घर बाहिर हुने अवस्थामा पार्टनरले एकले अर्कालाई विश्वास दिन सक्नुपर्ने हुन्छ वा गराउनुपर्ने हुन्छ। महत्वकांक्षा धेरै भएर वैवाहिक सम्बन्धभन्दा करिअरलाई प्राथमिकता दिने वा नदिने व्यक्तिगत धारण हो। अन्यथा वैवाहिक सम्बन्धमा आशंका र अविश्वास हुनसक्छ।’  

हलिउड तथा बलिउड फिल्म क्षेत्रमा आवद्ध फिल्मकर्मी तथा कलाकारको तुलनामा नेपाली फिल्म क्षेत्रमा सम्बन्ध–विच्छेदमा घटना कम छन्। गत वर्ष निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले तीन वर्षको वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएका थिए। उनीहरूको विसं. २०७३ असार २९ मा विवाह गरेका थिए। अफसोच गत वर्षको सोही मितिमा तेस्रो वर्षगाँठ नमनाएर अभिनेत्री पोखरेलले आफू घरेलु हिंसामा परेको भन्दै काठमाडौं जिल्ला अदालतमा सम्बन्ध–विच्छेदको लागि मुद्दा दर्ता गरेकी थिइन्। ‘विवाह गरेर श्रीमान्को घरमा प्रवेश गरेको दिनदेखि मैले व्यक्तिगतभन्दा व्यवसायिक महोलमात्र महसुस गरिरहेंको थिएँ,’ अभिनेत्री शिल्पा पोखरेलले भनिन्, ‘नयाँ परिस्थितिमा घुममिल हुन समय लागेको होला भनेर परिवारको निम्ति केन्द्रित भइरहें। श्रीमान र श्रीमतीबीचको आत्मीयपनभन्दा अभिनेत्रीको रूपमामात्र मलाई लिइयो। मचाँहि श्रीमान् र उनको परिवारसँग निकट हुन भरपुर कोशिस गरिरहेको हुन्थें।’

विवाह भएको एक महिनापछि उनले घरेलु हिंसाको महसुस गरेको अनुभव सुनाइन्। ‘विवाह भएको एक महिनामा श्रीमानबाट घरेलु हिंसा र झगडा हुन थालेपछि सहनु अलावा केही गर्न नसकिने रहेछ,’ उनले भनिन्, ‘जति साहसी महिला भए पनि समाजसँग लड्न सकिएला तर विवाहपछि श्रीमानसँग सकिने रहेनछ। फेरि हामीबीच उमेरका कारण हुने मतभेद धेरै थिए।’  

विभिन्न किसिमका आरोप लगाउन सुरु गरेकोदेखि आशंका गर्ने प्रवृत्ति हावी भएको तर्क उनले गरिन्। ‘म खुसी भएर बाँच्न चाहेको हुँदा सम्बन्ध–विच्छेद रोजेकी थिएँ’, उनले भनिन्, ‘म धेरै रोएँ, धेरै सहे तर अहिले म स्वतन्त्र छु, करिअरप्रति केन्द्रित हुन सकिरहेको छु र जीवनप्रति सकारात्मक हुन लागिपरेको छु।’ उनी पछिल्लो समय भोजपुरी फिल्म र म्युजिक भिडियोहरूको सुटिङमा व्यस्त छिन्।  

यसअघि निर्माता ओझाले अभिनेत्री रेखा थापासँगसमेत सम्बन्ध–विच्छेद गरेका थिए। अभिनेता भुवन केसीले विजया केसी र सुस्मिता केसी, धीरज राई र छुल्ठिम गुरूङ, प्रियंका कार्की र रोचक मैनाली, शिव श्रेष्ठ र गंगा श्रेष्ठ, गौरी मल्ल र प्रज्वल भण्डारी, पूजा चन्द र सरोज चन्द, अञ्जु पन्त र मनोजराज र रामकृष्ण ढकाल र नीलम ढकाललगायतले वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएका थिए। ‘विदेशको तुलनामा नेपाली मनोरञ्जन क्षेत्रमा सम्बन्ध–विच्छेदका घटना कम हुने गरेको छन्,’ निर्देशक लामा भन्छन्, ‘तै पनि कलाकारिता क्षेत्रमा आवद्धभन्दा आम मानिसले हिचकिचाहट महसुस गर्दछन्। ग्ल्यामर क्षेत्रमा आवद्ध मानिसहरू इमान्दार हुन्नन् भन्ने छाप नेपाली समाजमा परेको छ।’
अर्को समाचार
चरित्र निर्माणमा नयाँ पुस्ताको मेहनत
२० साउन २०८०
•
२ मिनेट पाठ
चरित्र निर्माणमा नयाँ पुस्ताको मेहनत
कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कलाकारले गरिरहेको मेहनतको चर्चा हुन थालेको छ।




बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाच्न थालेका छन्। ‘डिजिटल प्लेटफर्म’ हरुको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने, अध्ययन गर्ने शैली अधिकांश नयाँ पिँढीका कलाकारमा देखिन थालेको छ।

प्रायः चलचित्रमा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’ को आरोप खेपिरहेका नयाँपुस्ताका कलाकार भने मेहनती देखिने गरेका छन्। रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा देखिएका कलाकार सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, प्रमोद अग्रहरीलगायतले आफ्नो चरित्र निर्माणमा गरेको मेहनत नयाँ पुस्तामा समेत देखिएको छ।

यद्यपि उल्लेखित नामलाई बढी व्यावसायिक बनिरहेको आरोप पनि लाग्ने गरेको छ। गत वर्ष प्रदर्शन भएका चलचित्र ‘छड्के २’ मा अभिनेता अनमोल केसी ग्याङगस्टर, ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्का जुम्लाको गाउँले भूमिकामा देखिए। नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक खोजिने दुई युवापुस्ताका अभिनेताले आफ्नो भूमिकामार्फत देखाएकोे परिवर्तनको राम्रै चर्चा भयो। यद्यपि व्यावसायिक सफलता भने प्राप्त हुन् सकेन।

आफूलाई स्टारडमको छायाँबाट बाहिर आएर जुम्ली युवक बनेपछि पात्रको विविधतासँग परिचित भएको महसुश अभिनेता खड्कालाई छ। उनी सोही चलचित्रमार्फत उत्कृष्ट अभिनेताको अवार्डसमेत जित्न सफल भए। ‘नयाँ भूमिका खोज्दा प्रकाश पाएँ, चरित्रमा देखिन मैले सक्दो प्रयास गरेको थिएँ, यस्ता चलचित्रमा बारम्बार काम गर्ने मौका मिल्दैन, सदुपयोग गरेको हुँ’, अभिनेता खड्काले भने।

गत वर्ष नै प्रदर्शन भएको चलचित्र ‘झिँगेदाउ’ मा अभिनेत्री आँचल शर्माले गाउँले युवतीको भूमिका, ‘बाबरी’ मा अभिनेता धीरज मगरले पूर्वेली युवक, ‘कृष्ण लीला’ मा अभिनेता पुष्प खड्काले अटिजम पीडित युवाको भूमिका निर्वाह गरेका थिए।

नयाँ पुस्ताले चरित्र निर्माण गरिरहेको मेहनत सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताउँछन। ‘स्टारलाई हेर्न दर्शक हलसम्म आउनुहुन्छ, उनीहरुले चरित्रमा गर्ने मेहनतले लामो समयसम्म जोगाउँछ”, निर्देशक भट्टराईले भने।

प्रदर्शनरत चलचित्र ‘बगान’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री प्रमिला कार्कीले आफूलाई प्रमाणित गरेकी छिन। चलचित्रको प्रदर्शनीमा हेर्न पुगेका विशिष्ट व्यक्तिले समेत उनको अभिनय प्रशंसा गरे। ‘आफूभन्दा अग्रज कलाकारसँग अभिनय गर्दा उनीहरुको अनुभवले मलाई चरित्रमा रहन मदत गरेको थियो, पर्दामा आफ्नो काम हेर्दा खुसी भए नै साथै प्राप्त प्रतिक्रियाले मलाई आगामी यात्रा तय गर्न सहज भएको छ।’, अभिनेत्री कार्कीले भनिन।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस