नगरपालिकाका कर्मचारीमाथि कुटपिट, कारबाही गर्न कर्मचारीको माग
२५ फागुन २०७७
•
३ मिनेट पाठ
नगरपालिकाका कर्मचारीमाथि कुटपिट, कारबाही गर्न कर्मचारीको माग
सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले काराबाहीको माग गरेको छ।




घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरदेखि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमिसमेतलाई सम्पूर्ण प्रमाणसहित किटानी जाहेरी दिँदा पनि प्रहरीले अझै पक्राउ गरी कारवाही अगाडि नबढाएको भन्दै नगरपालिकाका कर्मचारीले आपत्ति जनाएका छन्।

सूनपा–२ वडा कार्यालय बालकोटले सिमेन्टको पोल लगाई तारबार घेरेर संरक्षण गरिएको कित्ता नं ३२ र ३३ को सार्वजनिक पर्ति जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन माग गर्दै नगरपालिकामा निवेदन दिएपछि प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाकाको टोली खटाएर जग्गा खाली गराई प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए।

यही फागुन १७ गते नगरपालिकाका नक्शा शाखाका इञ्जिनीयर सरिता उपाध्याय, प्रशासन शाखाका अधिकृत सुरज पौडेल, नगर प्रहरी निरीक्षक विश्वराम नगरकोटी, नगर प्रहरी सहायक निरीक्षक वीरबहादुर अधिकारी, नगर प्रहरी हवल्दारद्वय शम्भु खत्री तथा किशोर थापा तथा नगर प्रहरी रविना श्रेष्ठलाई अतिक्रमित जग्गामा बनेको घरटहरा हटाउन खोज्दा कुटपिट गरी लछारपछार गरेका थिए।  

नगरपालिकाले उक्त घरटहरा हटाउन पटक–पटक सूचना जारी गरेको र सोही क्षेत्रमा गएर भन्दासमेत अटेर गरेपछि नगरपालिकाको टोली टहरा भत्काउन गएका कर्मचारीलाई कुटपिट भएपछि प्रहरीलाई खबर गर्दासमेत प्रहरी ढिलो आएर सुरक्षासमेत नदिएको कर्मचारीको गुनासो छ।

नगरपालिकाको टोलीले पटक–पटक दिएको सूचनाको अटेर गरेपछि नगरपालिकाको आदेशमा टहरा भत्काउन गएको बताउँदै कुटपिटबाट घाइते भएका अधिकृत पौडेलले अतिक्रमण गर्ने व्यक्तिले एउटा टहराको वार्षिक एक लाख ५० हजार भाडामा लिएको सम्झौता कागजसमेत पाइएको भन्दै सार्वजनिक जग्गा अतिक्रमण गरी भाडामा लगाउनेविरुद्ध कारवाही गर्नुपर्ने बताए।

शाखा अधिकृत पौडेलले भने, 'अतिक्रमण गरी बनाइएका १५ टहरामध्ये चार टहरा हटाइनसक्दै जग्गा भाडामा लगाई भाडा खाने भनिएका मुख्य व्यक्ति राजु विष्ट, नारायणसिं सिलवाल, टहरो बनाउने झङ्कनाथ लम्साल र लेखप्रसाद चौलागाईँ तथा विनोद विष्टसमेतका व्यक्तिले एक्कासि सरकारी कर्मचारीलाई कुटपिट गरी लछारपछार पारे, मेरो टाउकोसमेत फुट्यो'

कर्मचारी तथा सुरक्षाकर्मीमाथि हातपात गरी, कर्मचारीको कठालो समाती कुटपिट र लछारपछार गरी सरकारी काम कारवाही गर्न नदिएको भन्दै उनले सरकारी पोशाकमा खटिएका कर्मचारीले हात फर्काउन नमिल्दा एकोहोरो कुटाई खान बाध्य भएको बताए।

सरकारी काममा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीमाथि हातपात गर्ने व्यक्तिलाई कानूनी कारवाही अगाडि बढाउन नगरपालिकाका पीडित कर्मचारीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरमा किटानी जाहेरी दर्ता गराए पनि आजसम्म कुनै कारवाही अगाडि नबढाएको भन्दै नगरपालिकाका कर्मचारीले प्रहरी प्रशासनको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकै आदेशमा कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको प्रहरीबाटै जवाफ आएको नगरपालिकाका कर्मचारीको गुनासो छ। कर्मचारीले दिएको किटानी जाहेरीमा कानूनअनुसार कारवाही गरी कर्मचारीको उपचारका लागि लागेको रकम क्षतिपूर्ति भराउन र कुटपिटमा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन्। महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले घटनाबारे अनुसन्धान भइरहेको बताए।

सरकारी पर्ति जग्गालाई साविक बालकोट गाविसबाट संरक्षणका लागि छ फिट अग्लो सिमेन्टको पर्खाललले घेरा गरी काँडेतारबार लगाई घेरिएको अवस्थामा रहेको भए पनि संरक्षण गरिएको सरकारी जग्गामा गाडिएका सिमेन्टको पोलसमेत भाँची केही व्यक्तिले घरटहरा बनाएको अवस्था रहेको नगरपालिकाको भनाइ छ।

कर्मचारी कुटपिट गर्ने अतिक्रमणकारीलाई कारवाही र अतिक्रमण भएका टहरा भत्काउन प्रहरीबाट थप सुरक्षाको व्यवस्था नभए काम गर्ने कर्मचारीको मनोबल घट्ने र अतिक्रमणकारीको मनोबल बढ्ने भन्दै प्रहरी प्रशासन गम्भीर हुनुपर्ने कर्मचारीको भनाइ छ। रासस
अर्को समाचार
भक्तपुरमा नियमविपरीत शिक्षक सरुवा
१७ मंसिर २०७८
•
३ मिनेट पाठ
भक्तपुरमा नियमविपरीत शिक्षक सरुवा
भक्तपुरमा नियमविपरीत शिक्षक सरुवा गरिएको छ। सूर्यविनायक नगरपालिकाले शिक्षक दरबन्दी मिलानको नाममा आफैले बनाएको नियम समेत उल्लंघन गरी शिक्षक सरुवा गरेको हो।




नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरुमध्ये भूवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद छुस्याकी, गणेश मावि सिपाडोलका प्रधानाध्यापक सुभद्रा लघु र सोही विद्यालयका सहायक प्रधानाध्यापकलाई मात्र नभएर सिरुटार माविकी एक शिक्षिका तथा ज्योति मावि, गुण्डुका एक शिक्षकलाई समेत नियमविपरीत सरुवा गरेको पाइएको छ।

सरुवा गरिएका शिक्षकमध्ये भूवनेश्वरी माविमा प्रधानाध्यापक कृष्णप्रसाद छुस्याकीलाई शान्ति निकेतन माविमा, गणेश माविका प्रधानाध्यापक सुभद्रा लघुलाई भूवनेश्वरी माविमा सरुवा गरिएको नगर शिक्षा शाखाले जनाएको छ।

‘हामीलाई विना जानकारी सरुवाको पत्र ठम्याएको छ’, एक प्रधानाध्यापकले भने, ‘दरबन्दी मिलानको क्रममा कुराकानी हुँदा प्राथमिक तहको कुरामा मात्र सहमति भएकोमा हामीलाई पनि त्यही घानमा मुछेका छन्।’

उनले प्रधानाध्यापकहरुलाई नगरपालिकाले दिएको पत्रमा प्रधानानध्यापकको पद समेत उल्लेख नगरी माध्यमिक शिक्षक भनी मात्र सम्बोधन गरेको बताए। ‘नगरपालिकाले पठाएको पत्रमै हामीलाई घटुवा गरी पठाएको छ, जुन न्यायसंगत पनि छैन।’ उनीहरुले आफूहरुमाथि नगरपालिकाले अन्याय गरेको गुनासो गरेका छन्।

सूर्यविनायक नगरपालिकाले २०७५ सालमा प्रकाशित गरेको नगरपालिका शिक्षा नियमावलीको ५० को परिच्छेदको बुंदा नं. २ मा शिक्षक सरुवा सम्बन्धी व्यवस्थामा ‘शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिनेछ।’ भन्ने बुंदा उल्लेख गरिएको छ। सो वुंदा विपरीत केही शिक्षकहरुलाई शैक्षिक सत्रको मध्यतिर सरुवा गरेको हो।

 ‘नियमावलीमा त्यस्तो व्यवस्था भए पनि हामीले शिक्षक दरबन्दी मिलानको कार्यविधिको आधारमा सरुवा गरेका हौं, मिलानको क्रममा कोहीलाई पुष्ट्याइँ दिइरहनु पर्ने आवश्यकता छैन।’
त्यस्तै सोही परिच्छेदको वुंदा नं. ५ मा ‘स्थायी नियुक्ति भएको एक वर्ष नपुगेको शिक्षक र अनिवार्य अवकाश हुन एक वर्ष वा सो भन्दा कम अवधि बाँकी रहेको शिक्षकलाई एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरिने छैन’ भन्ने वाक्यांश उल्लेख गरेको छ। सो वाक्यांश विपरीत पनि नगरपालिकाले केही समयमै अवकाश हुने केही शिक्षकहरुको पनि सरुवा गरेको छ।

नगरपालिकाले भने सो कार्यलाई दरबन्दी मिलानकै क्रममा गरिएको काम भएको दाबी गरेको छ। नगरपालिकाको शिक्षा शाखा प्रमुख सरस्वती कोइरालाले दरबन्दी मिलानको निर्णयमै माध्यमिक तहका शिक्षकलाई पनि सरुवा गर्ने निर्णय भएको जानकारी दिइन्।

उनले सो कार्यलाई सरुवा नभई शिक्षक हेरफेरका रुपमा बुझ्न अनुरोध गरिन्। भनिन्, ‘विद्यालयको हितलाई हेरी हेरफेर गरिएको हो, यसलाई नियमित प्रक्रियाका रुपमा लिनुपर्यो’, शाखा प्रमुख कोइरालाले भनिन्।

उनले नगरपालिकाको शिक्षा नियमावलीमा ‘शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिनेछ।’ भन्ने बुंदा रहेको स्वीकार गर्दै सरुवाको क्रम चल्दै गर्दा शैक्षिक सत्रको मध्यतिर हुन आएको दाबी गरिन्।

उनले सरुवामा परेका शिक्षकलाई अन्याय नभएको र उनीहरुले विद्यालयमा राम्रो गरेको कारण एक विद्यालयबाट अर्को विद्यालयमा सारिएको दोहोर्याउँदै भनिन्, ‘नियमावलीमा त्यस्तो व्यवस्था भए पनि हामीले शिक्षक दरबन्दी मिलानको कार्यविधिको आधारमा सरुवा गरेका हौं, मिलानको क्रममा कोहीलाई पुष्ट्याइँ दिइरहनु पर्ने आवश्यकता छैन।’

नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख, वडा नं. ८ का वडाध्यक्ष एवं गणेश मावि सिपाडोलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण थापामगरले भने राम्रा शिक्षक र राम्रो नेतृत्व क्षमता भएका प्रधाध्यापकको आवश्यकता अन्यत्र पनि भएकाले शिक्षामा सुधार ल्याउनका लागि शिक्षकलाई हेरफेरि गरिएको बताए।
बिहानको घन्टी
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस