सुदूरपश्चिममा दोश्रो लहरको कोरानाको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । सुदूरपश्चिममा संक्रमणले शनिवार १५ जनाको ज्यान गएको छ । श्वास्थ्य निर्देशनालयका अनुसार शनिवार कोराना संक्रमणले कैलालीमा ८ जनाको ज्यान गएको छ । यसैगरि कंचनपुरमा २, बझाङमा २, बैतडी १, अछाम १ र दार्चुलमा १ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिममा कोरानाको संक्रमणले बिहिवार, शुक्रवार र शनिवार गरि ३ दिनमा मात्र ४५ जनाको ज्यान गएको छ । श्वास्थ्य निर्देशनालयका अनुसार कोरानाको संक्रमणले बिहिवार १७ जना र शुक्रवार १३ जनाको ज्यान गएको थियो । सुदुरपश्चिममा १८ सय ८१ को परिक्षण गर्दा शनिवार ५ सय ५६ नयाँ संक्रमित देखिएका छन । सुदूरपश्चिममा ६ हजार ५ सय ७९ सक्रिय संक्रमित रहेका छन ।
कोरोनाको दोश्रो लहरको संक्रमणले बैशाखको दोश्रो साता देखि मृत्यु हुने क्रम बढेको हो । गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको र २०७७ जेठ १८ गते पहिलो मृत्यु भएको सुदूरपश्चिममा पहिलो लहरको कोरानाले ५७ जनाको मात्र मृत्यु भएको थियो । कोरानाको दोश्रो लहरको संक्रमणले बैशाख महिनामा १ सय ३३ जनाको मृत्यु भएको छ । पछिल्लो ८ दिनमा मात्र १ सय जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिममा दोश्रो लहरको कोरानाको संक्रमणले श्वास फेर्न गाह्रो हुने, नियोमिनया हुने, अक्सिजनको सर्पोट चाहिने जटिल प्रकृती बिरामीको संख्या बढेको छ । अक्सिजनको चरम अभाव भएर अक्सिजन नपाएर ज्यान गुमाउने अवस्था भएको छ । सुदूरपश्चिमका सेती प्रादेशिक अस्पतालमा संक्रमितको चाप अनुसार अक्सिजन पुगाउन धेरै समस्या भएको छ । अक्सिजनको अभावले समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.हेमराज पोण्डेयले बताएका छन । खाली सिलिण्डर समेत अभाव भएकाले पोखरा, चितवन लगायत अन्यत्रवाट भरेर पनि ल्याउन सकिने अवस्था नभएर संक्रमितको चाप अनुसार अक्सिजन पुर्ती गर्न गाह्रो भएको उनी बताउछन । ‘४ सय खाली सिलिण्डर मात्र भएमा पोखरा, चितवनवाट अक्सिजन ल्याएर अक्सिजनको अहिले उत्पन्न समस्या समाधान गर्न सकिन्थ्यो’उनले भने । यसैगरि महाकाली प्रादेशिक अस्पतालमा पनि अक्सिजनको अभाव छ । सुदूरपश्चिमका पहाडी अक्सिजनको अझ बढी समस्या छ ।