निषेधाज्ञा थप गर्नेबारे सहमति, सार्वजनिक गाडी सञ्चालनबारेको निर्णय भोलि १० बजे हुने
१३ असार २०७८
•
१ मिनेट पाठ
निषेधाज्ञा थप गर्नेबारे सहमति, सार्वजनिक गाडी सञ्चालनबारेको निर्णय भोलि १० बजे हुने
उपत्यकामा जारी निषेधाज्ञाका विषयमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच बैठक भएको छ। बैठक भए पनि त्यस विषयमा कुनै निर्णय नभएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले बताए।  




निषेधाज्ञा थप गर्ने कि नगर्ने र निषेधाज्ञाको मोडालिटीबारे भएको संयुक्त बैठकले निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा सहमति भए पनि निर्णय भोलिमात्र हुने उनले बताए। ‘निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा एकमत भएका छौं, मोडालिटीसहित निर्णय हामी भोलि गर्छौं’ उनले भने, ‘भोलि साढे ८ बजे बैठक बसेर १० बजे निर्णय सार्वजनिक गर्ने गरी आजको बैठक सकिएको छ।’

उनले बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयलाई लिएर भोलि नै निर्णय हुने पनि बताए। ‘अहिलेकै जस्तो निषेधाज्ञाको मोडालिटी भयो भयो सार्वजनिक गाडी चल्दैन, लुज लकडाउन भयो भने गाडी जोरबिजोरमा चल्न सक्छ।’
अर्को समाचार
मास्क लगाउन अटेर गर्नेलाई कारबाही
२६ पौष २०७८
•
१ मिनेट पाठ
मास्क लगाउन अटेर गर्नेलाई कारबाही
मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमण न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सो निर्णय गरेको हो।




प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मास्क लगाउन अटेर गर्नेलाई कानून बमोजिम कारबाही गर्ने बताइन्। उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उत्तः निर्णय गरिएको बताउँदै निर्णयको कार्यान्वयनका लागि अनुगमन समेत थालिएको बताइन्। ‘मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरेका छौं, त्यसको अनुगमन समेत भइरहेको छ।’ उनले भनिन्।

यसैगरी मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने, सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाई गर्ने, घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय समेत निर्णय भएको छ।

यसैगरी बैठकले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई समेत प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

भक्तपुरमा हाल १४० सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ पुरुष र एक महिला अस्पतालमा उपचाररत छन्। यहाँ ७२ हजार ६६१ जनाको परीक्षण गरिएकोमा १६ हजार ४४६ पुरुष र १४ हजार १६ जना महिलासहित ३० हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा कोरोना संक्रमणका कारण १३२ महिला र २२४ पुरुष गरी कुल ३५६ जनाको मृत्यु भइसकेको छ।

भक्तपुरमा पछिल्ला केही दिन यता दैनिक संक्रमण दर बृद्धि भइरहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। मंसिर अन्तिम साता संक्रमण दर ४ प्रतिशत रहेको भक्तपुरमा पुसको पहिलो साता १०, दोस्रो साता १५, तेस्रो साता २० र शनिबार २८ प्रतिशत संक्रमण दर रहेको भक्तपुर अस्पतालका मेसु डा. सुमित्रा गौतमले बताइन्।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस