बाढी पहिरोले उत्तरी गोरखाका सर्वसाधारणलाई सास्ती
२४ असार २०७८
•
४ मिनेट पाठ
बाढी पहिरोले उत्तरी गोरखाका सर्वसाधारणलाई सास्ती
लगातारको वर्षातपछि बाढी पहिरोले १५ दिनदेखि उत्तरी गोरखा आउजाउ गर्ने बाटो टुटेको छ। सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकामा पैदल हिड्ने बाटो दर्जनौँ ठाउँमा भत्किएपछि स्थानीय ज्यानका बाजी राखेर आउजाउ गर्न बाध्य छन्।




सामागाउँदेखि सिर्दिबास आउँदा नामरुङदेखि गप खण्डमा पैदलबाटो बूढीगण्डकीमा भासिएको छ। गपबाट बिही फेदीसम्म आउँदा तीन, चार ठाउँमा खुट्टा टेक्ने ठाउँ नै नभएको वडा नम्बर ४ का वडा अध्यक्ष पेमाडुण्डुप लामाले बताए। कतै बूढीगण्डकीमा हेलिएर त कतै हात खुट्टा टेकेर हिड्नुपर्ने उनले बताए।  

सिर्दिबासबाट माछाखोलासम्म पनि तीन/चार ठाउँमा पैदल हिड्ने बाटो नै नभएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए। ‘वडाबाट उपभोक्ता गाउँपालिकाको केन्द्र आउने अवस्था छैन’ उनले भने ‘हामीलाई टेलिफोन, इन्टरनेट नहुँदा धेरै समस्या भयो।’ वर्षात् नहुँदा पनि चुमनुब्री गाउँपालिकाको केन्द्रमा इन्टरनेटको राम्रो सुविधा थिएन।

‘एक ठाउँमा होइन, कयौँ ठाउँमा पैदल हिँड्ने अवस्था पनि छैन’ चुमनुब्री गाउँपालिका ४ नामरुङका स्थानीय लाक्पाडुण्डुप लामाले भने ‘म त हेलिकप्टर चढेर माछाखोला आएँ, मसँगै १५/१८ जना मानिस पैदल हिड्ने बाटो नहुँदा हेलिकप्टरमा आयौँ ।’ सामाग्री ढुवानी गर्न गएको हेलिकप्टरमा माछाखोला झरेका उनी सदरमुकामको कार्यालय आउनुपर्ने थियो। धार्चे गाउँपालिकाको माछाखोलादेखि सदरमुकाम आउने सडक पनि ठाउँठाउँमा पहिरिएकाले फेरि हेलिकप्टरमा आरुघाट गाउँपालिकाको मंगलटार आएको उनले बताए। ‘मंगलटारबाट रातीराती गाडीमा गोरखा बजार आएँ’ लामाले भने। सदरमुकामका कार्यालयले उपभोक्ता मार्फत संचालन गरेको विकास निर्माणका विभिन्न कामको भुक्तानी, गाउँपालिकाको कामको भुक्तानी लिन आउन समस्या भएको उनले बताए।  

‘जसरी पनि आउनु त पर्यो, काम लगाएकालाई भुक्तानी दिनु बाँकी छ’ लामाले भने ‘गाउँपालिकाको केन्द्र सम्म आउन र सदरमुकाम आउन सामागाउँ, छेकम्पारकालाई उस्तै सास्ती छ।’ गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा भुक्तानी गर्न गाउँपालिकाबाट नसकेपछि सदरमुकाम आउनुपर्ने बाध्यता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए। ‘हामीले गाउँपालिकाको केन्द्रबाट नियमित सेवा दिन सक्ने अवस्था नै भएन’ उनले भने।

‘उत्तरी गोरखामा निषेधाज्ञाको दुई महिना खाद्यान्न ढुवानी भएन, अहिले बाटै छैन’

निषेधाज्ञाका कारण दुई महिनादेखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आउजाउ ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको छ। कोरोना संक्रमणको डरले बन्द गरिएको खच्चढबाट खाद्यान्न ढुवानी अहिले वर्षातले बाटो बन्द हुँदा रोकिएको स्थानीयले बताएका छन्।  

‘स्थानीय बजारमा पनि अहिले खाद्यान्न छैन’ चुमनुब्री ४ का लाक्पाडुण्डुप लामाले भने ‘बाटो पनि नहुने हो भने अब खाने कुराको हाम्रो क्षेत्रमा अभाव हुने भयो।’ चामल, नुन, तेल स्थानीय बजारमा अभाव हुन थालेको उनले बताए। तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री र सँगैको धार्चे गाउँपालिकालाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनुदानमा चामल बिक्री गर्ने गर्छ। धार्चेको माछाखोला र चुमनुब्रीको सिर्दिबासका डिपोबाट अनुदानको चामल बिक्री हुँदै आएको छ।  

नेपाल सरकारले सिर्दिबास डिपोका लागि तीन हजार पाँच सय र माछाखोला डिपोका लागि पाँच सय क्विलन्टल चामल यो वर्ष लैजाने योजना बनाएको थियो। तर अहिलेसम्म सिर्दिबास डिपोमा दुई हजार सात सय सात क्लिन्टल पठाइएको छ। योमध्ये पनि करिब पाँच सय क्लिवन्ट डिपोमा पुगेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका गोरखा शाखा प्रमुख नवीन बस्नेतले पछिल्लोपटक जेठ २६ गते कार्यालयले सदरमुकामबाट खाद्यान्न पठाएको बताए। डिपोमा अहिलेसम्म करिब दुई हजार एक सय क्विन्टल मात्रै पुगेको छ। अहिले सिर्दिबास डिपोमा करिब दुई सय क्लिवन्टल मात्रै चामल छ।  

माछाखोला डिपोमा पाँच सय क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा दुई सय क्विन्टल बाँकी छ। सदरमुकामस्थित गोदामबाट चलानी भएको तीन सयमध्ये पनि एक सय भन्दा बढी अझै पुग्न बाँकी छ। यहाँ पाँच सात क्लिवन्टल मात्रै चामल बाँकी छ। ‘केही परिमाण त हामीले स्टक राख्नुपर्ने हुन्छ’ शाखा कार्यालय गोरखाका प्रमुख बस्नेतले भने ‘बाटो नहुँदा ढुवानी गर्न अहिले संभव भएन।’ माछाखोलाका लागि चुमकाङ निर्माण सेवा र सिर्दिबासका लागि प्रगती निर्माण सेवाले खाद्यान्न ढुवानीको जिम्मा लिएका हुन्।  

निर्माण कम्पनीसँग असार मसान्तभित्र ढुवानी गर्ने सम्भौता छ।  निषेधाज्ञा र बाटो देखाएर उनीहरुले ढुवानी गर्ने अवस्था छैन। हेलिकप्टरबाट ढुवानीका लागि गृह मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग समन्वय भइरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।
अर्को समाचार
कोशीमा बाढी पहिरो: मृतकका परिवारलाई एक लाख दिने निर्णय
०४ असार २०८०
•
१ मिनेट पाठ
कोशीमा बाढी पहिरो: मृतकका परिवारलाई एक लाख दिने निर्णय
बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई  कोशी प्रदेश सरकारले १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।




सोमबार बसेको कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले प्रतिमृतकको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।

मन्त्रीपरिषद्को बैठकले बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचारका लागि ५० हजार रुपैयाँ सम्म उपचार खर्च दिने, प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि आबश्यक व्यवस्थापन गर्नेलगायतका निर्णय गरेको मुख्य मन्त्रीका प्रेस संयोजक महेन्द्र विष्टले जानकारी दिए।

केहि दिन देखिको बर्षाका कारण कोशी प्रदेशको पहाडी जिल्लामा ८ जनाको मृत्यु भइसकेको छ। यस्तै ९ जना घाइते भएका छन् भने २८ जना वेपत्ता भएका छन्।  
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ सेकेन्ड अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
यो पनि पढौँ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस