काठमाडौं– प्रहरी प्रधान कार्यालयले ९८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रहरी संगठनमा १५ महिनायता सरुवा राेकिएको थियो। कारबाहीमा परेका र कार्यक्षमता सन्तोषजनक नदेखिएका कार्यालय प्रमुखको स्थानमा काजमा पठाएर काम चलाउँदै आएको प्रहरी प्रधान कार्यालयलले डिएसपीबाट सरुवा प्रक्रिया सुरु गरेको हो।
बुधबार बेलुका सार्वजनिक सरुवा सूचीमा उपत्यकाका अधिकांश वृत्तका प्रहरी प्रमुख फेरिएका छन्। महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा जिल्ला प्रहरी कार्यालय सिराहाका रमेशकुमार तामाङकाे सरुवा भएको छ। बानेश्वरमा रहेका रेवती ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ। काजमा आएका राजकुमार सिलवालको दरबन्दी दरबारमार्ग वृत्तमै कायम गरिएको छ।
आर्थिक गतिविधिमाथि प्रश्न उठाउँदै दरबारमार्गबाट हेडक्वार्टर तानिएका चन्द्रकुबेर खापुङको सरुवा अपराध अनुसन्धान विभागमा भएको छ। स्वयम्भुमा पदमबहादुर विष्टको सरुवा भएको छ। त्यहाँ यसअघि दयानिधि ज्ञवाली प्रमुख थिए, उनको अञ्चल प्रहरी कार्यालय धवलागिरीमा सरुवा भएको छ।
काजमा आएका वीरेन्द्रबहादुर शाहीको दरबन्दी लैनचौर कायम भएको छ। लैनचौरबाट तीन महिनाअघि प्रधान कार्यालय तानिएका शाहीकाे दरबन्दी सुरक्षा महाशाखामा कायम गरिएको छ। महाराजगन्ज वृत्तका प्रमुख रेवती ढकाल जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका छन्। उनको स्थानमा सानुराम भट्टराई आएका छन्। थानकोट वृत्तमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सुदर्शन कोइराला, ठिमी वृत्तमा भीमकिरण बोगटीको सरुवा भएको छ।
काठमाडौंका वृत्तमध्ये बालाजु, कालीमाटी, बौद्ध, गौशाला, कमलपोखरी, सिंहदरबार वृत्तका प्रमुख फेरिएनन्। जिल्ला प्रहरी कार्यालयहरुमा सरुवा हुनेमा अनुपमशमसेर जवरा इलाम, प्रकाश मल्ल धादिङ, प्रेमबहादुर बस्नेत बाग्लुङ, राजेन्द्रबाबु रेग्मी मनाङ, दिपक पोखरेल पाँचथर, रामेश्वरप्रसाद यादव बझाङ, बासुदेव खतिवडा भोजपुर, माधवप्रसाद श्रेष्ठ दैलेख, महेन्द्रकुमार श्रेष्ठ पर्वत, मधुसुदन लुइँटेल रामेछाप, डम्बरबहादुर विक ओखलढुंगा, कमल थापा संखुवासभा र बुद्धिराज गुरुङ स्याङजामा सरुवा भएको छ।
यसैगरी, राजेन्द्रप्रसाद श्रेष्ठ बैतडी, लक्ष्मण गुरुङ कालिकोट, भीम ढकाल रौतहट, रमेशकुमार बस्नेत सिराहा, सुदिपराज भण्डारी सुनसरी, सुशीलसिंह राठौर बाँके, प्रभु ढकाल मोरङ, शान्तिराम कोइराला चितवन, हेमकुमार थापा नवलपरासी, दिपककुमार बस्नेत डोटी र जनक भट्टराई काभ्रेमा सरुवा भएको छ।
इलाका प्रहरी कार्यालयमध्ये बिनोद शर्मा इटहरी, जनकबहादुर शाही कोहलपुर, टिकाबहादुर कार्की रत्ननगर, चक्रराज जोशी तुल्सीपुर, सरोज पौडेल कटारी, राजेन्द्रप्रसाद अर्याल टिकापुर, नेत्रमणि गिरी चन्द्रनिगाहपुर,सञ्जयबहादुर राउत अनारमणिमा सरुवा भएको छ।
डिल्लीराम पन्त क्षेत्रीय प्रहरी कार्यालय पोखरा, हृदय थापा प्रबन्ध शाखा, भुवनेश्वर तिवारी सुरक्षा महाशाखा, सञ्जिव शर्मा दास दंगा नियन्त्रण गण दुबही, लक्ष्मण गिरी क्षेप्रका विराटनगर, शन्तोष खड्का र विनोद घिमिरे विमानस्थल सुरक्षा गार्ड, सूर्यबहादुर केसी अञ्चल प्रहरी कार्यालय धनगढीमा सरुवा भएको छ।