प्रहरी ऐन संशोधन तयारी
३१ जेष्ठ २०७१
•
७ मिनेट पाठ
प्रहरी ऐन संशोधन तयारी
काठमाडौं- गृहमन्त्रालयले प्रहरी ऐनको सेवा अवधिसम्बन्धी प्रावधान संशोधन गर्न गृहकार्य सुरु गरेको छ। ऐनमा प्रहरीको अवकाश र पदावधिसम्बन्धी व्यवस्था समेट्न गृहमन्त्रालयको कानुन महाशाखाले समिति गठन गरेर प्रहरी ऐन, २०१२ संशोधन प्रक्रिया अगाडि बढाएको हो।
प्रहरी नियमावलीमै रहेको अवकाशलगायतका महŒवपूर्ण व्यवस्था मन्त्रिपरिषदले चाहेअनुसार बारम्बार संशोधन गर्नाले विवाद हुँदै आएको छ।अवकाशसम्बन्धी विवाद बारम्बार अदालतमा पुगेपछि पछिल्लो समय सर्वोच्चले त्यससम्बन्धी व्यवस्था प्रहरी ऐनमै राख्न सरकारको नाममा आदेश जारी गरेको थियो। सोही आदेशपछि गृहले ऐन संशोधनसम्बन्धी गृहकार्य अगाडि बढाउन कानुन महाशाखाका प्रमुख धनराज ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ। 'लामो समयदेखि ऐन संशोधन नभएकाले सबै पक्षको पुनरावलोकनका लागि समिति गठन भएको छ,' ज्ञवालीले भने, 'अदालतबाट समेत आदेश आएकाले समितिले ऐनको सबै पक्षको अवलोकन गर्नेछ।'
२०१२ सालमा प्रहरी संगठन गठनसँगै प्रहरी ऐन बनेको थियो। प्रहरी भर्ना, छनोट, बढुवासँगै अवकाशबारे महŒवपूर्ण प्रावधान समेटिएकाले नियमावली बारम्बार संशोधन हुने गरेको छ। तर, प्रहरी ऐन जस्ताको तस्तै छ। 
नियमावलीमा रहेको अवकाशको अवधि सरकारले आफ्नो इच्छाअनुसार बारम्बार परिर्वतन गर्दा संगठनको दैनिक कार्यसञ्चालन र संगठनका सदस्यको वृत्तिविकास प्रभावित हुने गरेको छ। 
सरकारले चाहे नियमावली सहजै संशोधन गर्नसक्ने भएकाले संगठन र संगठनका सदस्यको वृत्तिविकाससँग जोडिएका महŒवपूर्ण विषय ऐनमै समेट्न संगठनका सदस्यहरूले लबिङ गर्दै आएका थिए। यसअघिको ऐनमा सेवा अवधि ३० वर्ष भए पनि सरकारले चाहे २ वर्ष थप्न सक्ने प्रावधान सबैभन्दा धेरै दुरुपयोग हुने गरेको थियो। कृष्णबहादुर महरा गृहमन्त्री भएका बेला उक्त प्रावधान हटाएर ३० वर्षे बनाइएको थियो।
सेवा अवधि ३० वर्षमा कायम गरेपछि संगठनको नेतृत्वमा पुग्नेहरूले पदावधि ४ वर्ष तोकिए पनि पूरा अवधि काम गर्न नपाउने अवस्था आएपछि फेरि ३२ वर्षमै पुर्या उन बारम्बार लबिङ हुँदै आएको छ। संगठनको नेतृत्वमा पुग्नेले समय थप्न र नेतृत्वमा पुग्ने लाइनमा रहेकाले रोक्न खोज्ने प्रतिस्पर्धाले संगठनका सदस्यहरू बारम्बार विवादमा तानिने गरेका छन्। 
एआइजी रमेश श्रेष्ठलगायत अवकाश पाउनुअघि सेवा अवधि बढाएर ३२ वर्ष बनाउन सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले अवकाशसम्बन्धी प्रावधान प्रहरी नियमावलीमा नराखी ऐनमै समेट्न सरकारको नाममा आदेश दिएको थियो। अदालतको सोही आदेशका आधारमा गृहले ऐन संशोधनको गृहकार्य सुरु गरेको स्रातले जनाएको छ। 
जानकार अधिकारीका अनुसार २०६८ सालमा प्रहरी प्रधान कार्यालयले प्रहरी ऐन संशोधनको गृहकार्य अगाडि बढाउँदै मस्यौदासमेत तयार पारेको थियो। उक्त मस्यौदामा प्रहरी तथा प्रहरी संगठनको जिम्मेवारी, परिचालनको अधिकार, संगठनका सदस्यको वृत्तिविकासलगायतका व्यवस्था ऐनमै राखिएको थियो। 
'ऐनको मस्यौदा गृह हुँदै कानुन मन्त्रालयसम्म पुगेको थियो,' स्रोतले भन्यो, 'त्यही बेला प्रधानमन्त्री बाबुराम भट्टराईले संसद विघटन गरेपछि मस्यौदा गृहमै फर्किएको थियो।'
प्रहरीसम्बन्धी जानकार अधिकारीका अनुसार प्रहरीमा अवकाशसम्बन्धी प्रावधान सबैभन्दा विवादित छ। अवकाशका लागि निजामतीमा उमेरहद र नेपाली सेनामा उमेर र पदावधिलाई मान्यता दिइए पनि प्रहरीमा भने पदावधि, सेवाअवधि र उमेर गरी तीनवटा व्यवस्था गरिएकाले अन्याय भएको संगठनका सदस्यहरूले टिप्पणी गर्दै आएका छन्। प्रहरीमा ५८ वर्ष उमेर पुगेका, पदावधि ५ वर्षदेखि ४ वर्षसम्म र संगठनमा प्रवेश गरेको ३० वर्ष टेकेको आधारमा अवकाश पाउने प्रावधान हटाएर पदावधि र उमेरहदमात्रै राख्नुपर्ने उनीहरूको जोड छ। 
पछिल्लो समय सेवाअवधि ३० वर्ष कायम भएपछि प्रहरी प्रमुखको पदावधि ४ वर्ष भए पनि ३० वर्षे सेवा अवधिको प्रावधानका कारण पूरा समय प्रहरी नेतृत्व गर्न कसैले सक्दैनन्। 
३० वर्षे सेवा अवधि लागू भएपछिकाले ६ महिनादेखि १३ महिनासम्म मात्रै प्रहरी प्रमुख बन्न पाएका थिए। अहिलेका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल ३ वर्ष ३ महिनापछि अवकाश पाउँछन्।
स्रोतअनुसार ऐन संशोधनको गृहकार्य सुरु भएपछि ३० वर्षे सेवा अवधि हटाउन लबिङ सुरु भइसकेको छ। 'छोटो समयका लागि मात्रै प्रहरी प्रमुख हुँदा संगठनको वृत्तिविकास पूर्ण रूपले प्रभावित भइरहेको छ,' एक वरिष्ठ प्रहरी अधिकारीले भने, 'प्रहरी प्रमुखमा नियुक्त भएको व्यक्तिले पदावधिका आधारमा अवकाश पाउने प्रावधान अनिवार्य छ।'
अर्को समाचार
प्रहरी प्रमुखको अधिकार खोस्ने तयारी
२९ चैत्र २०७८
•
५ मिनेट पाठ
प्रहरी प्रमुखको अधिकार खोस्ने तयारी
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको अधिकारलाई निजामती कर्मचारीमा केन्द्रित गर्नेगरी नियमावली संशोधनको अन्तिम तयारी गरेको छ। गृह मन्त्रालयले प्रहरी (एघारौं संशोधन) नियमावली, २०७८ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७८ को संशोधन तयारी गरेको हो। सैद्धान्तिक सहमतिका लागि तयार पारिएका मस्यौदा अर्थ मन्त्रालयमा पुगेका छन्।

प्रहरी ऐन, २०१२ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी प्रहरी नियमावलीका १० र सशस्त्र प्रहरी ऐन २०५८ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी १५ प्रावधान संशोधन गर्नेगरी मस्यौदा बनेको गृह मन्त्रालय स्रोतले जनाएको छ। मस्यौदामा दुवै प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) को अधिकारलाई कटौती गरी निजामती कर्मचारीमा केन्द्रित गर्ने प्रस्ताव गरिएको छ।

संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण, वैदेशिक अध्ययनका लागि प्रतिस्पर्धा गर्दा प्रहरी र सशस्त्रका कर्मचारीले आ–आफ्ना आइजिपीबाट पूर्वस्वीकृति लिनुपर्नेमा गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्ने, बढुवाको कार्यसम्पादन तथा मूल्यांकनको अंकमा आइजिपीको अधिकारलाई कटौती गरी गृहको समितिबाट निर्धारण गर्नुपर्नेजस्ता धेरै प्रावधान हटाएर प्रहरी संगठनको प्रमुखलाई नाम मात्रको कमान्डर बनाउन खोजिएको छ। यसले गर्दा सुरक्षा संगठनमा भद्रगोल मात्र होइन, चेन अफ कमान्ड नै संगठनबाट निजामतीमा सर्ने अवस्था आउने देखिएको छ। साथै नियमावली संशोधन गरेर सशस्त्र प्रहरीको विभूषणको अंक कटौती गर्नसमेत प्रस्ताव गरिएको छ।

विभूषणको अंक काटिँदा सशस्त्र प्रहरीले गरेको कामको अवमूल्यन भएको भन्दै संगठनभित्रै असन्तुष्टिसमेत उत्पन्न भएको छ। सरकारले पदक वितरणको व्यवस्थापन र मूल्यांकन गर्ने संयन्त्र बनाउन पहल गर्नुको साटो पदकको नम्बर नै हटाउन लागेको बताइएको छ। ‘पदक दिने संयन्त्र बलियो बनाउनुको साटो पदकको नम्बर हटाएर सुरक्षाकर्मीको मनोबलमाथि प्रहार गर्‍यो यसले राम्रो सन्देश दिएको छैन,’ एक प्रहरी अधिकारीले भने।  

संशोधनका लागि तयारी गरिएको नियमावलीमा प्रहरी प्रमुखका अधिकार कटौती गर्न नहुने धारणा सुरक्षाविदहरूको छ। ‘अहिलेको संशोधित नियमावली मैले हेर्न पाएको छैन तर प्रहरी संगठनलाई कमजोर बनाउने र आइजिपीको अधिकार कटौती भए संगठन प्रमुखले राम्रोसँग काम गर्न पाउँदैनन् र कर्मचारीबाट पनि चेन अफ कमान्ड उल्लंघन हुन सक्छ, त्यसकारण संगठन प्रमुखलाई बलियो बनाउनुपर्छ, अधिकार कटौती गर्नुहुँदैन,’ पूर्व गृहसचिव एवं सुरक्षाविद् डा. गोविन्द कुसुमले भने।

प्रहरी संगठनलाई स्वायत्त बनाउनुपर्ने आवाज उठिरहेका बेला गृह मन्त्रालय भने प्रहरी प्रमुखको अधिकार कटौती गरी त्यसलाई मन्त्रालयका कर्मचारीमुखी बनाउन खोजेको भन्दै दुवै संगठनका प्रहरी अधिकृतहरू असन्तुष्ट छन्। सुरक्षाविद कुसुमले पनि प्रहरी सुरक्षा निकायलाई सरकारले स्वायत्त अंगका रूपमा लैजानुपर्नेमा राजनीतिक हस्तक्षेप हुनेगरी नियमावली परिवर्तन गर्न नहुने बताए।  

प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पिसिसी) लाई निकम्मा बनाउँदै सहसचिव संयोजक रहेको समितिले ओएन्डएम गर्ने व्यवस्था अहिलेको मस्यौदामा उल्लेख गरिएको छ। प्रहरी संगठनभित्र नीति निर्माणको सबैभन्दा महत्वपूर्ण अंग पिसिसीलाई मानिन्छ। प्रहरी नियमावली वा प्रहरीको आन्तरिक नीति निर्माण पिसिसी बैठकले गर्ने गरेको छ। पिसिसीमा एसएसपीसम्मका अधिकारीहरूको सहभागिता हुन्छ। अहिलेको मस्यौदामा प्रहरी निरीक्षकदेखि अतिरिक्त महानिरीक्षकसम्मको वार्षिक कार्यसम्पादन मूल्यांकनको एक प्रति गृह मन्त्रालयमा पठाउनुपर्ने प्रावधान थपिएको छ। जबकि, आन्तरिक मूल्यांकनको नम्बर प्रहरी कर्मचारी प्रशासन शाखा र लोकसेवा आयोगमा मात्रै राखिन्छ।  

सशस्त्र प्रहरीमा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म बढुवा हुन चार वर्ष पदावधि पूरा गरेको हुनुपर्ने प्रावधान हटाएर एसएसपीलाई तीन र एसपीसम्मलाई चारवर्षे कायम गर्ने प्रस्ताव मस्यौदामा छ। सशस्त्रका कर्मचारीले विभूषणबापत बढुवामा पाउने २ अंक कटौती गरी जोखिमपूर्ण र भौगोलिक क्षेत्रअन्तर्गत बसेर काम गरेबापत पाउने ८ अंकमा थप गरी १० पुर्‍याउने प्रस्ताव छ।

मस्यौदा मन्त्रिपरिषद्बाट हुबहु पारित भयो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपीको अधिकार कटौती गरी संगठनको चेन अफ कमान्ड निजामतितिर सर्नेछ, जसले गर्दा सुरक्षा संयन्त्रको मर्ममै प्रहार हुने अवस्था आउनेछ। नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले अहिलेको नियमावली परिवर्तनले प्रहरी संगठनलाई निकम्मा बनाउने बताउँछन्। संगठन प्रमुखलाई बलियो बनाउनुपर्नेमा नियमावली नै परिवर्तन गरेर कमजोर बनाउने हो भने संगठन प्रमुखले काम गराउन नसक्ने, निमित्त पात्र मात्रै हुने भएकाले सुरक्षा संगठन ध्वस्त हुने उनको भनाइ छ। ‘अहिले नै प्रहरी कर्मचारी सरुवाबढुवाका लागि संगठन प्रमुखकोमा भन्दा नेताको घरदैलोमा पुग्ने अवस्था छ। झन् यो नियमावली संशोधनले प्रहरी कर्मचारीलाई संगठन प्रमुखप्रति उत्तरदायी बनाउनुपर्नेमा निजामती कर्मचारीतिर उत्तरदायी बनाउँछ। त्यसले गर्दा शान्तिसुरक्षामा समेत गम्भीर असर पर्नेछ,’ पूर्वडिआइजी मल्लले भने।  

प्रहरीको मूल नियमावलीको नियम ५ को उपनियम (३) मा रहेको ‘उपनियम (२) बमोजिमको समितिको सिफारिसका आधारमा प्रहरी प्रधान कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको मूल्यांकन गरी मन्त्रालयमा पठाउनुपर्नेछ र मन्त्रालयले’ भन्ने शब्दावलीको सट्टा ‘उपनियम (२) बमोजिमको समितिको सिफारिसका आधारमा मन्त्रलायले मूल्यांकन गरी,’ भन्ने शब्दावली राखिएको छ। मूल नियमावलीको नियमा ९ को उपनियम (१२) मा रहेको ‘प्रतिशत निर्धारण’ भन्ने शब्दावलीको झिकेर ‘पद संख्या’ भन्ने शब्दावली राखिएको छ। गृहले तयार गरेको मस्यौदामा उपनियम (१३) पछि (१४) र (१५) उपनियम थपिएको उल्लेख छ। त्यसमा ‘नेपाल प्रहरीमा कुनै पद रिक्त रहेमा सोको जानकारी सात दिनभित्र मन्त्रालयमा पठाउनु पर्ने’ र (१५) ‘कुनै पद सिर्जना वा रिक्त भएको मितिले एक वर्षभित्र पदपूर्तिको प्रक्रिया प्रारम्भ नभए सो पद स्वतः खारेज हुने,’ उल्लेख छ।

त्यस्तै मूल नियमावलीको २६ को उपनियम (१) मा रहेको ‘तीन महिनाभित्र’ भन्ने शब्दावलीको सट्टा ‘पैतीस दिनभित्र’ भन्ने राखिएको छ। नियम ३० को उपनियम (३) पछि उपनियम (४) थपिएको छ। जसमा (४) उपनियम (२) को खण्ड (ज) बमोजिम बढुवा समितिले प्रदान गर्ने ७.५ अंकलाई शतप्रतिशत मानी अंक विभाजन गरी बढुवा समितिले अंक प्रदान गर्ने उल्लेख गरिएको छ। जसमा प्रहरी महानिरीक्षक आफैंले भैपरि बिदामा बस्न नपाउने समेत उल्लेख छ। जसले गर्दा प्रहरी प्रमुख मन्त्रालयका कर्मचारीको दबाबमा रहनुपर्ने अवस्थाको सिर्जना गरिएको पूर्वप्रहरी अधिकारीले बताएका छन्। उनीहरूले यसको संकेत ठिक नभएको र प्रहरी संगठनको सुरुवाती चरणमै मन्त्रालयका सानादेखि ठूला तहसम्मका कर्मचारी हाबी हुँदा प्रहरी संगठन हाँक्न नसकिने उनीहरूको धारणा छ।

प्रहरी नियमावलीका १० र सशस्त्रका १५ प्रावधान संशोधनको मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको छ। तर गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले यो विषयमा आफू जानकार नभएको बताए। ‘प्रहरीका धेरैवटा काम हुन्छन सबै याद छैन,’ सहसचिव पोखरेल भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस