प्रहरी कार्यालय नजिकै सकेट बम
१५ साउन २०७१
•
१ मिनेट पाठ
प्रहरी कार्यालय नजिकै सकेट बम
गुल्मी - जिल्ला प्रहरी कार्यालय नजिकै कृषि विकास कार्यालयकोपछाडि ठूलो सकेट बम फेला परेको छ। रेसुंगा नगरपालिका–९ का गोकर्ण भुजेलको बारीमा बिहीबार बिहान उक्त बम फेला परेको प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए।तत्कालीन युद्धकालमा नेपाल प्रहरीले नै राखेको सकेट बम अहिले फेला परेको उनको भनाई छ। 'हाम्रै पुलिसले राखेको बम हो, खै किन ननिकालेको रैछ', उनले भने 'डिस्पोजका लागि नेपाली सेनाको टोली आउँदै छ।' भुजेलले बारी खन्ने बेलामा तार बम फेला परेपछि प्रहरीलाई खबर गरेका हुन्। तत्कालीन समयमा तार भेटिएपछि उनले प्रहरीलाई पनि खबर गरेको बताए। तर उक्त समयमा प्रहरीले बम ननिकालेकोले फेरी भेटिएको उनको भनाई छ।


अर्को समाचार
एमाओवादी कार्यालयमा ३ सकेट बम, कार्यालय प्रहरी नियन्त्रणमा
२२ असार २०६९
•
३ मिनेट पाठ
एमाओवादी कार्यालयमा ३ सकेट बम, कार्यालय प्रहरी नियन्त्रणमा
चाँदनी हमाल,चितवन,असार २२-एनेकपा माओवादी र नेकपा-माओवादीका कार्यकर्ताबिच झडप हुँदा गोली चलेपछि प्रहरीको सुरक्षामा रहेको पार्टीकार्यालयमा बम फेला परेको छ। भरतपुर ७ कृष्णपुरस्थित पार्टी कार्यालयमा सकेट बम फेला परेपछि प्रहरी पार्टी कार्यालय नियन्त्रणमा लिएको छ।
एमाओवादी पार्टीकार्यालया तीनवटा पुरानो सकेट बम प्रहरीले फेला परेको हो। कार्यलय परिसरमै रहेको फोहर फाल्ने ठाउँमा अलपत्र फ्याकिएका सकेट बम सुरक्षामा खटिएका प्रहरी टोलीले फेला परेको थियो।  शुक्रबार दिउसो प्रहरी टोलीले सकेट बम देखेपछि भरतपुर स्थित समशेरदल गण भरतपुरमा डिस्पोजका लागि खबर गरेको थियो।




सेनाको बम डिस्पोजल टोलीले भरतपुरकै बसेनीधापमा लगेर सकेट बम डिस्पोज गरेको दलका गणपति ज्योतिन्द महतले जानकरी दिए। उनका अनुसार तत्कालै प्रयोग गर्न नमिल्ने र खिया लागेको अवस्थामा बम भेटिएको थियो। तर सर्वसाधारणले चलाएर आगोमा हाल्दा पड्कन पनि सक्ने उनले जानकारी दिए।

यसअघि कार्यालय स्वामित्व आफ्नो पक्षमा लिने क्रममा दुई माओवादी कार्यकर्ताको झडपमा हुँदा गोली चलेको थियो। गोली लागी २ घाइते भएका थिए। अहिले सोही कार्यालय परिसरमै बम फेला परेपछि थप त्रास फैलिएको सुरक्षामा खटिएका प्रहरीहरुले बताएका छन्। भित्रै पनि अन्य हतियार र बम पो छ कि भन्ने शंका उत्पन्न भएको छ।

कार्यालयमा बम भेटिएको विषय आफुले सुनेपनि वास्तविकता थाहा नपाएको एनेकपा माओवादीका जिल्ला सहईन्चार्ज घनश्याम दाहाल बताउछन्। आफु काठमाण्डौ रहेर फर्कदै गरेकाले थाहा नपाएको उनले बताए। सो विषयमा छानबिन चलिरहेपनि पुष्टी भने भैनसकेको स्रोतले जनायो। दुई माओवादीको विवादकैबीच बम फेला परेपछि कार्यालयमै क्याम्प राखेर प्रहरीले पार्टीकार्यालय आफ्नो नियन्त्रण्मा सुरक्षा दिन थालेको छ। दुबै माओवादीले कार्यालय आफ्नो भनि दाबी गर्दै झगडा थालेपछि स्थानियले समेत असुरक्षित महसुस गर्न थालेका छन्। स्थानिय र कार्यालय दुबैका सुरक्षाका लागि प्रहरी बल नै तैनाथ गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस